26 Jun 2013
सडक दुर्घटनामा तीनको मृत्यु सातजना घाइते
प्रज्ज्वल छेत्री
कालेबुङ, 26 जून।
सिक्किम एवं कालेबुङको लाइफलाइन राष्ट्रिय राजमार्ग 31(एA) मा आज भएको दुइवटा अलग-अलग सडक दुर्घटनामा 3 जनाको मृत्यु अनि 7 जना घाइते भनेका छन्। पहिलो घटना राष्ट्रिय राजमार्ग 31(एA)को रम्बी पुलिस पोस्ट अन्तर्गत 21 माइल हनुमान झोडामा भएको हो। मंगलबार रातीको समय दार्जीलिङदेखि सिलीगुडीतर्फ गाइरहेको मारुती वाहन (डब्ल्यूबी 77-5092) मूल सडकदेखि तीन सय फीट तल झरेको कारण गाडीमा सवार तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो। कालेबुङ क्षेत्रमा हिजो राती घनघोर वर्षा भएको थियो जसको कारणले घटना घटेको अनुमान छ। मृत्यु हुनेहरूमा गाडीमा सवार तीनजना दार्जीलिङ निवासी हुन्। मृत्यु हुनेहरूमा आलुबारी दार्जीलिङ निवासी नीमा छिरिङ येल्मो (36), जोरबंगला सिन्चेल रोड निवासी मणि कुमार राई (30) एवं 11 माइल नयॉंबस्तीका सन्तोष घताराज (48) रहेका छन्। आज उक्त तीनवटा शव घटनास्थलबाट पुलिसले कठीन प्रयासपछि उद्दार गरेर पोष्टमोर्टमको निम्ति कालेबुङ अस्पतालमा पठाएको छ। यसरी नै, राजमार्गकै सेवक पुलिस पोष्ट अन्तर्गत बाघपुल नजिक सिलगडीदेखि सिक्किम जॉंदैगरेको एक यात्री वाहन मैक्स एसके 01 जे-1443 का चालकद्वारा नियन्त्रण हराउँदा गाडी टिस्टा नदीमा झरेको कारण 7 जना घाइते बनेका छन्। उक्त घटना बिहान करीब 9 बजी भएको बताइको छ। घटनाको सूचना पाउनेबित्तिकै पुलिसले घाइतेहरूलाई उद्दार गरेर सिलगडीको एक नीजि नर्सिङ होममा पठाएको छ। राजमार्गमा ग्रेफद्वारा सडक बढाउने कार्य भइरहेको कारण बाहन चालहरूले धेरै असुविधा भोग्न परिरहेको बताएको छ। भित्ता काट्ने कामको कारण सडकको दुइतर्फ नै बाहनहरू जाम लाग्ने गरका छन्। यसका साथै बाटो खोलिनेबित्तैकै हतार-हतार गर्दै गाडी हॉंक्दा दुर्घनाको सम्भावना अझ प्रवल बन्ने गरेको छ।
Related Posts:
एलडीबीको लागी कैयौं लोभलाग्दा योजना र सहुलियतहरू कालेबुङ 3 सेप्टेम्बर(प्रदीप)ः- लेप्चाहरूको ‘भाग्यविधाता’ बनेर पहाड चढेकी मुख्यमंत्री ममता व्यानर्जीले पनि यो जातिका मानिसहरूलाई निराश पारिनन। लेप्चाहरूको आशाअनुरुप मुख्यमंत्रीले कैयौं लोभलाग्दा योजना र सहुलियतहरूको घोषणा गरे… Read More
मुख्यमन्त्रीले गरे आन्दोलनको आलोचना कालेबुङ 3 सेप्टेम्बर(प्रदीप)ः- ‘रोशनी चांद से होता हैं , सितारों से नहीं मोह… Read More
Amra Bangali rallies demanding Gurung’s arrest Siliguri 2 Sep 2013 Supporters of local outfit Amra Bangali today conducted a rally demanding the arrest of Gorkha Janamukti Morcha chief Bimal Gurung and the cancellation of the GTA deal terming it unconsti… Read More
BANDH ‘TOTAL’ IN HILLS GJAC delegation meets Joshi in Delhi Darjeeling 2 Sep 2013 Darjeeling town wore a desolated look today on the first day of the Gorkhaland Joint Action Committee-led ‘ghar bhitra janta’ (people remaining indoors) agitation even as chief minister Ma… Read More
Mamata arrives to receive ‘Kingstoom Dartim’ honour PRADIP LOHAGUN KALIMPONG 2 Sep 2013 The Kalimpong section of the Lepcha community will on Tuesday honour chief minister Mamata Banerjee with the ‘Kingstoom Dartim’ (bestower of fortune) title. The CM arrived… Read More
0 comments:
Post a Comment