28 Jun 2013
जीटीएको करोडौंको परिकल्पना र विकास पर्खिरहेको कालेबुङ
कालेबुङ, 27 जून।
कालेबुङको सुन्दरीकरण र ढॉंचागत विकासमा जीटीएले करोडौं रुपिँयाको योजना बनाइसकेको छ। गत वर्षको नोभेम्बर महिनामा कालेबुङ भ्रमणमा आएका जीटीए प्रमुख विमल गुरुङले यस्ता आशय प्रकट गर्दै केही वर्षभित्रमा नै कालेबुङको रुप परिवर्तन गरिदिने घोषणा गरेकाले कालेबुङबासीले नयॉं कालेबुङको परिकल्पना गर्नथालेका छन्। उनका घोषणाहरूमध्ये केही अघिबाटै शुरु भइसकेको छ भने हुनलागेको धेरै परियोजनाहरूको निम्ति राशीको अनुमोदन प्रक्रिया जारी रहेको विभागीय अधिकारीहरूले बताएका छन्। यद्यपि, कतिवटा योजना शिलान्यास भएको महिनौं वितिसक्दा समेत निर्माण कार्य अघि बढ्न नसकेको पनि देखिएको छ। गुरुङअनुसार, कालेबुङलाई सबै दृष्टिकोणबाट उन्नत र बिकसित बनाउने जीटीएको योजना छ। जीटीए पहाडका चारवटा मुख्य क्षेत्रहरु दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकलाई ढॉंचागत रुपले बिकसित गर्न चाहन्छ। जीटीए क्षेत्रको विकास र पूर्वाधार निर्माणको निम्ति नोभेम्बर महिनामा नै जीटीएले 6 सय करोडको परियोजनाहरु सरकारलाई पठाएको बताएको थियो। कालेबुङमा पेयजल, शिक्षा, स्वास्थ्य, सडक, डम्पिङ ग्राउण्ड, मोटर स्ट्याण्डका समस्याहरुलाई जीटीएले चरणबद्ध रुपले समाधान गर्दै लाने जीटीए प्रमुखले वचन दिएपनि धेरैवटा काम शुरु हुन सकेको छैन। यद्यपि, गुरुङको घोषणाअनुसार, जीटीएबाट यहॉंको धेरैवटा समस्या समाधान हुने आशामा मानिसहरू रहेका छन्। शहरभित्र अवस्थित म्युनिसिपल जुनियर बेसिक स्कूलको जीर्णोद्धार, बाघधारा क्षेत्रमा एउटा सामुदायिक भवन अनि व्यवस्थित कारपार्किङ स्थलको निर्माण, हाटबजार र गोसखानको पुनर्निर्माण र व्यवस्थापनको कार्यलाई तिनले प्राथमिकताको सुचीमा राखेका छन। गुरुङद्वारा दायित्व प्रदान गरिएका सभासदहरुले यसको निम्ति दिल्लीका शहर योजनाकार पीआर मेहतालाई कालेबुङमा निम्ताएर त्यसै समयदेखि स्थलगत निरीक्षणको कार्य शुरु गरेको भएपनि अहिलेसम्म अधिकांश काम अघि बढ्न सकेको छैन। कालेबुङमा शिक्षा र पर्यटन उद्योगलाई आयको मजबूत स्रोत बनाउनसक्ने गरी जीटीएले पूर्वाधारहरुको निर्माण र बिकास गर्ने उनको प्रतिश्रुती हुँदाहुँदै पनि यस दिशामा पनि भनेजस्तो कार्य नभएको जनगुनासो रहेको छ। जीटीए पर्यटन विभागका कार्यकारी निर्देशक सोनाम भोटियाले बताएअनुसार, कालेबुङमा नयॉं पूर्वाधारहरूको निर्माण अनि विकासमूलक परियोजनाहरूको निम्ति जीटीएले लगभग 66 करोड रुपिँया खर्च गर्ने तय छ। गत अप्रेल महिनामा नोभेल्टी परिसरमा आयोजित विभागीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले विस्तृत रिपोर्ट पेश गरेका थिए। जसमा मॉं सन्तोषी भेहिकल पार्किङ कम्प्लेक्स को निम्ति 17 करोड रुपिया, त्यहॉं विस्तापित हुनसक्ने लगभग 50 परिवारको व्यवस्थापानको निम्ति अझ दुइचार करोड रुपिँया बढाइने, कफेरको सरकारी लज डॉंफे-मुनालको आधुनिकीकरणको निम्ति एक करोड सात लाख, गोरुबथानस्थित दालिनगढीको पुनर्निर्माण गर्न 90 लाख, चेलखोलाको सुन्दरीकरणको निम्ति 75 लाख, लाभानजिक रहेको पर्यटनस्थल रिकीसुमको पूर्वाधार निर्माणको निम्ति 76 लाख, डेलो टुरिष्ट लजको बिजुलीसजावटको निम्ति 14 लाख रुपियॉं आदि जीटीएले अनुमोदन गरिसकेको उनको भनाइ थियो। विभागीय तथ्याङ्कअनुसार, रेलीमा पर्यटन विकासको पूर्वाधार निर्माण गर्न वाटर किङ्गडमको निम्ति आठ करोडको बजेट छुट्टाइएको छ भने लाभाको नोकडॉंडा, कालेबुङ र चित्रेको पर्यटन स्वागत केन्द्र(टीआरसी), टिस्टानजिक त्रिवेणीको विभागीय लज, लाभाको छाङ्गे फल्स, मूलखर्क आदि स्थलहरुको पूर्वाधार विकास, आधुनिकीकरण, सुन्दरीकरण र मरम्मतसम्भारको निम्ति जीटीएले करोडौं रुपियॉं खर्च गर्ने भएको हो। जीटीएले कालेबुङको निम्ति यति धेरै परिकल्पनाहरूको घोषणा गरेको धेरै समय वितिसक्दा समेत अधिकांश कार्य अघि बढ्न नसकेकोले जीटीएले कालेबुङको रुप रिवर्तन गर्ने कुरामा पनि सन्देह छ।
Related Posts:
Doc blamed for boy deathDarjeeling, Aug. 6: An orphanage in Darjeeling has filed a case of alleged negligence against a doctor of Darjeeling District Hospital, blaming him for the death of one of its boarders, a 15-year-old boy.Anuja Ghalay, the in-… Read More
वाहनहरुको हडताल जारी7 अगस्त (कालेबुङ):- ट्रक मालिक अनि सरकारी राशन आपूर्ति गर्नेठेकेदारहरुले आफूहरुसँग अन्याय गरेको आरोप लगाउँदै सिक्किम राज्यमाएफसीआईको राशन बोक्ने ट्रक चालकहरुले आज नौ दिन पनि वाहनहरुको हडताल जारीराखेका छन।जनमुक्ति हिमालयन राजम… Read More
Sikkim molest & rape arrestsGangtok, Aug. 5: Sikkim police yesterday arrested two men, one for allegedly raping a hearing-impaired woman, and the other for alleged molestation of a lady with the same disability.The first complaint came from Melli where … Read More
sikkim youth in indefinite agitation against black moneyRANGPO-6TH AUGUST 12Second lot of 10 Sikkim youth has left for Delhi today to participate in the indefinite agitation against black money and corruption organised by bharat swabhiman trust at ramlila maidan .between the speci… Read More
Nathu-la permit stopped againNIRMAL MANGARGangtok, Aug. 3: The permits to visit popular tourists destinations like Changu Lake, Baba Mandir and Nathu-la have been halted for another two weeks after the Sikkim tourism department and the Border Roads Organ… Read More
0 comments:
Post a Comment