29 Jun 2013
तराई-डुवर्स अन्तर्भुक्तिको अडानमा मोर्चा र विश्वास गर्न नसकिरहेको विपक्ष
प्रज्ज्वल छेत्री
कालेबुङ, 28 जून।
गोर्खा जनमुक्ति मोर्चाले तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्छ भन्ने कुरा अहिले पनि विपक्षी दलहरूले विश्वास गर्न सकिरहेको छैन। किनभने, तराई-डुवर्स अन्तभुक्ति नभई नै मोर्चा जीटीए सम्झौतामा जानु, सम्झौतामा गएपछि पनि फ्याक्ट फाइण्डिङ कमिटीमा भर परेर जीटीए चुनाउ लड्नु, तराई-डुवर्सले जनसमर्थन दिइसकेर पनि जनप्रतिनिधिहरूले मूद्दामाथि इमान्दारितापूर्वक सरकारलाई दवाब दिन नसक्नु आदि कारणहरू नै मोर्चामाथि विपक्षीको विश्वास नरहनुको कारण देखिएको छ। क्रामाकपाका केन्द्रिय अध्यक्ष आरबी राईले यस्ता आशयको आरोप लगाउँदै शुरुदेखि नै मोर्चाले दिएको वचनहरू पूरा नगरकोले यसचोटि पनि तराई-डुवर्स छोड्दैनौं भन्ने मोर्चा अध्यक्षको भनाइ झुटो रहेको आरोप लगापछि आज अन्य विपक्षी खेमाबाट पनि यस्तै प्रतिक्रिया आउन शुरु भएको छ। अन्तर्भुक्तिकै मुद्दा लिएर तराई-डुवर्समा पञ्चायतको प्रचार गरिरहेको समयमा विपक्ष खेमाबाट दलको इमान्दारितामाथि यस्तो शंका गरिनु मोर्चाको निम्ति शुभसङ्केत नरहेको जानकारहरू बताउँछन्। मोर्चाले तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्छ भन्ने कुरा अपत्यारिलो बताउँदै मोर्चाले डुवर्सबासीलाई फेरिपनि धोकामा राखिरहेको आरोप गोर्खालीगले लगाएको छ। दलका महासचिव प्रताप खातीअनुसार, मोर्चाको कुनै पनि वचन विश्वासयोग्य छैन। बारम्बार गोर्खाहरूलाई धोका दिने गरेको उदाहरण नै मोर्चाको पर्याय बनिसकेको छ। चौकीमा बस्ने हतारको कारण नै मोर्चाले अघिबाटै तराई-डवुर्स छोडेको दावी गर्दै मोर्चा अध्यक्ष स्वंय नै कुनै पनि मुद्दामाथि इमान्दार नरहेको आरोप उनले लगाए। श्यामल सेन कमिटीमा मोर्चाका नेतृत्वहरू हुँदाहुँदै पनि अहिले आएर श्यामल सेन कमिटीले बद्मासी गर्यो भनेर मोर्चा प्रवक्ताले बयान दिनु लज्जास्पद रहेको उनको भनाइ छ। ‘गोर्खा जनमुक्ति मोर्चाले कुनै पनि अवस्थामा तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्न सक्दैन’-उनले भने, ‘पञ्चायत चुनाउको नाममा फेरिपनि मोर्चाले डुवर्सवासीको जन-भावनासित खेलभाड गर्दैछ।’
अर्कोतिर, गोर्खाल्याण्ड टास्ट फोर्स मोर्चाले पञ्चायत चुनाउ जिते पनि त्यसले अन्तर्भुक्तिको मागमा कुनै सहयोग नपुर्याउने तर्क राख्छ। गोटाफोका महासचिव मुनिस तामाङ्गले भने, जीटीएको सिमाङ्कनको निम्ति पञ्चायत चुनाउ कुनै रेफरेण्डम होइन। यो चुनाउ मात्र पञ्चायत आरक्षणको निम्ति हो। के सरकारले अथवा कुनै सम्झौताले भनेको भनेको छ कि पञ्चायत चुनाउले सिमा निर्धारण गर्ने भनेर?-उनले प्रश्न गर्दै मोर्चाको दावी निराधार रहेको बताए। पिपल्स् फोरम पनि मोर्चाले जीटीएमा तराई-डुवर्स अन्तर्भुक्त गर्छ भन्ने कुरामा विश्वास गर्ने पक्षमा छैन। फोरमका महासचिव प्रवीण गुरुङअनुसार, जीटीएको त्रिपक्षीय सम्झौतामा नै मोर्चाले तराई-डुवर्स छोडिसकेको हो। तराई-डुवर्स अन्तर्भुक्तिको मागमा गठित त्यसताकको श्यामल सेन कमिटीको निर्णय नै अन्तिम हुने भनेर सम्झौतामा हस्ताक्षर गरिसकेपछि नवगठित फ्याक्ट भेरिफिकेशन कमिटी केवल औपचारिकता पूरा गर्नको निम्ति मात्र गठन गरिएको गुरुङले बताए। यसैले मोर्चाले जीटीए सम्झौता नै रद्द गरेको खण्डमा मात्र तराई-डुवर्सको अन्तर्भुक्ति सम्भव हुनसक्ने उनको तर्क छ। ‘वास्तवमा पञ्चायत चुनाउअवधी मोर्चाले तराई-डुवसलाई अन्तर्भुक्त गर्ने वचन दिन्छ भने डवुर्सबासीले पनि जीटीए रद्द गरेर आए मात्र हामी जनसमर्थन दिँछौं भन्नुपर्ने हो’-उनले भने। मोर्चाले तराई-डुवर्सबासीसित फेरिपनि झुटको राजनाति गरिरहेको आरोप उनले लगाएका छन्।
Related Posts:
Last round relief from north Bengal Reasons for a peaceful poll July 25: Polling in the four north Bengal districts was peaceful overall, a respite from the earlier three phases of elections. Incidents of bombing were few, no incident of mob violence and few complaints of booth jammin… Read More
Dooars decider for Gurung today Plains test of Morcha’s statehood campaign Darjeeling, July 24: The Dooars vote, to be cast tomorrow, would be the first indicator of the success of Bimal Gurung’s campaign for Gorkhaland outside the hills after the GTA’s formation. Gurung stayed and campaigned … Read More
Morcha at Shinde door VIVEK CHHETRI … Read More
शहीद कप फुटबल खेल कालेबुङ,24 जुलाई: कालेबुङको मेला ग्राउण्डमा हाल सम्पन्न भइरहेको शहीद कप फुटबल खेलले यहाँका फूटबल प्रेमी दर्शकहरुलाई उचित मनोरञ्जन दिइरहेको छ। जम्मा 17 वटा टोलीले उक्त प्रतियोगितामा भाग लिएको छ। यस शहीद कप फुटबल प्रत… Read More
CM violence blame on multi-phase poll ARNAB GANGULY … Read More
0 comments:
Post a Comment