24 Jun 2013
बाइक चोरी गरेको आरोपमा दुइ विध्यार्थी पक्राउ
कालेबुङ, 24 जून।
बाइक चोरी गरेको आरोपमा कालेबुङ पुलिसले यहॉंको एक प्रतिष्ठित स्कूलमा पढ्दैगरेका दुइजना विद्यार्थीलाई रङ्गे हात पक्राउ गरेको छ। घटनाक्रमअनुसार, यहॉंको एक नीजि नर्सिङ होमको नजिक 10 माइल परिसरमा 79-1999 नम्बर भएको सीबीजेड बाइक पार्क गरेर राखिएको थियो। मध्यराती करीब 12 बजी दुइ विद्यार्थी मिलेर न्यूट्रलमा नै बाइक कुदाएर 16 किलोमिटेर टाटा राष्ट्रिय राजमार्ग स्थित टिस्टा पुलसम्म् पुर्याइसकेका थिए। तर यसैबीच बाइकको मालिक अरुण प्रधानले चोरीको खबर कालेबुङ थानामा सूचित गरेको थियो। फलस्वरुप, कालेबुङ थानाबाट टिस्टा पुसिल पोष्टमा सूचित गरेलगत्तै पुलिसले राजमार्ग क्षेत्रमा चेकिङ गर्न शुरु गर्दा दुवै आरोपी पुसिलको पञ्जामा परेका हुन्। पुलिस सूत्रअनुसार, दुइ विद्यार्थीले टिस्टा छेउछाउकै बाइक गिरोहलाई चोरीको बाइक सुम्पेर पैसा लिने कोशिशमा थिए। तर समयमा नै पुलिसले सतर्कता अप्नाएको कारण उनीहरूको कोशिश सफल हुन सकेन। सानै उमेर मा नै धेर पैसा कमाउने सोँचाइले नै आज उनीहरूलाई डुबाएको छ। पक्रा परेका आरोपी विद्यार्थीहरूमा आसिफ गुरुङ (18) अनि इसमाइल राई(18) रहेको बताइएको छ। पक्रा परेका दुइ विद्यार्थी आरोपीलाई आज न्यायलयमा पेश गरिएको थियो जहॉंबाट उनीहरूलाई दुइदिनको पुलिस रिमाण्डमा पठाइएको छ।
Related Posts:
दुइवाटा शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ11 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहर संलग्न क्षेत्रबाट 39 बर्षीय महिला अनि 45 बर्षीय पुरुषको शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि यो मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ। हिजो दार्जीलिङ शहरनजिक लोचनगरको एउटा झोड… Read More
National leaders of Marwari yuva manch in SikkimRANGPO-12TH APRIL12All India Marwari yuvaa manch national president Mr. lalit Gandhi along with his four members teams named Mr. atul jhawar national vice president,mr sanjay Sharma prantiya president paschim bangal and dr sa… Read More
Gurung in Nepal award dilemma - Morcha puts bailout ball in Centre’s court, seeks consentVIVEK CHHETRIGurungDarjeeling, April 11: A Nepal-based culture group’s decision to felicitate Bimal Gurung in Kathmandu has put the Gorkha Janmukti Morcha in a spot as the party’s statehood agitation had centred on a separate… Read More
मोर्चाविरोधी शक्तिहरु संगठित र आक्रमक बन्न थालेका छन11अप्रेल(कालेबुङ):- जीटीएमा तराई डूवर्सका मौजाहरुको अन्तर्भुक्तिको विरोधमा यी क्षेत्रका मोर्चाविरोधी शक्तिहरु संगठित र आक्रमक बन्न थालेका छन। तराई डूवर्सका मोर्चाबिरोधी छब्बीसवटा संगठनहरुको संयुक्त मञ्च जोइन्ट एक्शन कमिटिले ह… Read More
Inter Milan tips await 4 - Sikkim boys to get soccer training in calcuttaNIRMAL MANGARPlayers of Martam Secondary School who emerged winners in the tournament in Gangtok on Tuesday. (Prabin Khaling)Gangtok, April 11: Four Under-15 boys from Sikkim have been chosen for football training under the t… Read More
0 comments:
Post a Comment