Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

22 Jan 2015

नर्सहरूकै भरमा प्राथमिक स्वास्थ्य केन्द्र

कालेबुङ, 21 जनवरी।(छेवाङ योञ्जन) जीर्णा अवस्थामा रहेको मनसोङ सिन्कोना बगानको प्राथमिक स्वास्थ्य केन्द्रलाई आज क्षेत्रका फुटबल क्लबले राहत सामग्री प्रदान गरेको छ। डाक्टरसमेत नरहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर क्षेत्रका सचेत युवाहरूले 10 वटा म्याट्रेस प्रदान गरेका छन्। मनसोङ प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था दिनप्रतिदिन सोचनीय बन्दै गइरहेको छ। जसको कारण केन्द्रमा बिमारीहरूलाई सुत्नका निम्ति खाटसमेतको उचित व्यवस्था छैन। केन्द्रको यसै समस्यालाई ध्यानमा राख्दै आज मनसोङ फूलबल क्लबले म्याट्रेस प्रदान गर्दै केन्द्रमा उपचारका निम्ति आउने बिमारीहरूलाई सह्योग पुऱ्याउने प्रयास गरेका छन्।
केन्द्रलाई म्याट्रेस प्रदान गर्न फुटबल क्लबका सहल्लाकार गञ्जु लामा, सिन्कोना बगानका सह-व्यवस्थापक डीडी मोक्तान, हू-क्यर्सका संयोजक एरोन योञ्जनलगायत क्लबका प्रतिनिधिहरू अनि सदस्यहरू राहत सामाग्रीकोसाथमा उक्त केन्द्रमा पुगेका थिए। उपस्थित प्रतिनिधिहरूले केन्द्रका नर्स लक्खीडोमा शेर्पाको हातमा राहत सामग्री प्रदान गरेका छन्। केन्द्रलाई राहत सामग्री बितरण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै क्लबका सहल्लाकार गञ्जु लामाले उक्त केन्द्रमा क्षेत्रका पाँचवाट कमानहरूबाट उपचारका निम्ति मानिसहरू आउने बताउँदै बिगत छ महिना अघिदेखि केन्द्रमा डाकटर नहुनुमा चिन्ता प्रकट गरेका छन्। तिनले भने - "केन्द्रको चिन्ताजनक अवस्था देखेर नै आज मनसोङ फुटबल क्लबले यसरी तोसकहरू बितरण गरेको हो।" मनसोङको उक्त केन्द्र हाल केवल नर्सहरूको भरमा मात्र सञ्चालन भइरहेको थाहा लागेको छ। केन्द्रमा आवश्यक ओषधिहरूको पनि उत्तिकै खाचो रहेको बताउँदै लामाले सिन्कोना बगानका युनियनले यस विषयमा पहल चाल्न सक्ने विचार व्यक्त गरेका छन्। यता, केन्द्रका नर्स लक्खीडोमा शेर्पाले क्लबले केन्द्र प्रति पुऱ्याएको सह्योगको स्वागत जनाउँदै अबउसो बिमारीहरूले घरैबाट ओछ्यान ल्याउनु पर्ने समस्याको हल भएको बताइन्। मनसोङ स्वास्थ्य केन्द्रमा बिमारीहरूले ओढने गरेको पात्लो बल्याङकेट देखेर नै क्षेत्रका वेरोजगार युवाहरूले केन्द्रलाई सही सह्योग पुऱ्याएकोमा नर्स शेर्पाले युवाहरू प्रति आभार प्रकट गरिन्। स्वस्थ्य केन्द्रको प्रमुख समस्याबारे बोल्दै नर्स लक्खीडोमा शेर्पाले केन्द्रमा आएका बिमारीहरूलाई आफूहरूको रिक्समा नै औषधि प्रदान गरिरहेकी बताइन्। तिनले भनिन् - "अस्पतालमा प्रथम त डाक्टरको उपस्थिति हुनुपर्ने हो तर, यो केन्द्रमा केवल हामी नर्शहरू मात्र छौ। बिमारीको बिजोग देखि-देखि डाक्टरको प्रतिक्षा गर्न सक्दैनौ त्यसैले हामी आफ्नो रिक्समा नै बिमारीहरूलाई दवाई दिनुपर्छ।" बिगत ढेड वर्ष अघिदेखि उक्त अस्पतालमा डाक्टर नभएको खुलासा पनि नर्स शेर्पाबाट पत्तो लागेको छ। मिडियाले मनसोङ केन्द्रको नाङ्गो तस्वीर देखाउनु पर्ने बताउँदै तिनी भन्छन् - "डाक्टर मात्रै होइन केन्द्रमा दवाइहरूको पनि सर्टेज छ। कमानमा मजदूरी गर्नेहरूले दवाइ पनि किन्न सक्दैनन्। यस्तो अवस्थामा हामी कर्मचारीहरूबाट नै आर्थ सङ्ग्रह गरी औषधिको चाजो मिलाउने गरेका छौ।" मनसोङको उक्त केन्द्र व्यवस्थित साथै उचित ढंगमा सञ्चालित भए यसले क्षेत्रका कुल पाँचवटा कमानहरूका मानिसहरूलाई फाइदा पुग्ने हुन्छ। तर, स्वास्थ्य केन्द्रको अवस्था सोचनिय रहेको कारण मनसोङ संलग्न क्षेत्रका मानिसहरूलाई उपचारका निम्ति कालेबुङ महकुमा अस्पतालमा नै आउनु पर्ने वाध्यता छ। उक्त केन्द्रमा बिमारीहरू राख्ने क्षमता हुँदा-हुँदै पनि उचित सुविधा नहुँदा हाल नर्सहरू केन्दरमा बिमारी राख्न असमर्थ बनेका छन्। गम्भीर अवस्थामा बिमारीहरूलाई कालेबुङ ल्याउनका निम्ति केन्द्रमा एम्बुलेन्स समेतको सुविधा छैन। नर्सहरू अनि कर्मचारीको अभावमा पनि क्षेत्रमा स्वस्थ्य सेवा पुऱ्याइरहेको उक्त केन्द्रको जीर्णोद्वार हुनुपर्ने कुरा मनसोङवासीले पनि बोध गर्न थालेका छन्। सम्बन्धित विभागबाट धेरैचोटी केन्द्रको निरिक्षण गरिएता पनि मनसोङको उक्त केन्द्रले भने आजसम्म पनि काजुली फेरेको छैन। यसैले चाहे केन्द्रका नर्स होस, उपचाराधीन बिमारी होस, वा मनसोङवासी सबैले नै यतिखेर विभागको मुख हेरिरहेका छन्।

15 Jan 2015

माघे संक्रान्ति, घट्दो तरूलको बजार

कालेबुङ, 14 जनवरी।(छेवाङ योञ्जन) माघे संक्रान्तिको दिन गोर्खा समुदायमा तरुल खाने संस्कार रहेका कारण कालेबुङको बजारमा तरूलको माग बढ्दो छ। आज बुधबारको कालेबुङको हाटमा मागे संक्रान्तिलाई केन्द्र गर्दै कालेबुङ संल्ग्न बस्तीहरूबाट ल्याएका अनेकौँ प्रजातिका तरूलहरूको बजार बढ्दो थियो। कालेबुङको पारसहाटमा सँधै बस्तीका सब्जीहरू बेचबिखन गर्ने 15 माईल निवासी अमृतमाया राई अनुसार उनले यसपल्ट प्रायः सबै प्रकारका तरूलहरू बिक्रीमा राखेका छन्। बनतरूल 100 रुपियाँ प्रतिकिलो, घरतरूल 50 रुपियाँ, सिमलतरूल 30 रुपियाँ, पिडाँलु 60 रुपियाँ लगायतका मूल्यमा तरूलहरू बिक्री भइरहेको छ।
यद्यपि तरूलको बजार बितेका केही वर्षहरू यता घट्दो रहेको उनको भनाइ छ। आफ्नो संस्कार र संस्कृति आजका युवा पीडिले विस्तारै भूल्दै गएका कारण पनि तरूलको बजार घट्दो रहको हुनसक्ने उनको अनुमान छ। यद्यपि आज ठूला-साना लगायतका फूटपातसम्मका सब्जी दोकानहरू तरूलको किनबेच गर्नेहरूको सङ्ख्या धेरै थियो। गोर्खा एवं हिन्दु समुदायमा यसको धार्मिक अनि सांस्कृतिक पक्ष रहेको छ। स्थानीय एक पण्डित गणेश खतिवडा अनुसार ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी गरी उत्तरायण हुने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो। यसैले माघे संक्रान्तिलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यसै दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास रहेको खतिवडाले बताए। केही ठाउँहरूमा आज नै मकर संक्रान्ति पालन गरिएको भएपनि आज अपह्रान्न 12 बजीदेखि मात्र सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले बिहिबार नै मकर संक्रान्ति पालन गर्नुपर्ने उनको सझाउ रहेको छ। माघे संक्रान्ति पर्वमा यहाँको टिस्टा-त्रिवेणीमा स्नान गरी पूजाआजा गर्नेहरूको सङख्या पनि अहिले घट्दो छ भने केही वर्षदेखि मागे संक्रान्तिमा त्रिवेणीमा लाग्ने मेला पनि आयोजना हुन छोडेको छ। मकर संक्रान्तिका दिन नदीको किनारमा गएर स्नान गरेपछि दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ।

14 Jan 2015

जीटीए सञ्चालन गर्न मोर्चा असफल भएको दावी

कालेबुङ, 13 जनवरी। जीटीए सञ्चालन गर्न गोर्खा जनमुक्ति मोर्चा असफल भएको हिल तृणमूल युवा कङ्ग्रेसले दावी गरेको छ। आज एक भेटमा हिल तृणमूलका युवा अध्यक्ष भूपेन्द्र लेप्चाले यस्ता दावी गरेका हुन्। एक प्रश्नको उत्तरमा उनले भने, जीटीएलाई 90 प्रतिशत अधिकार दिएको छ। तर जीटीएलाई सञ्चालन गर्न नसकेर राज्य सरकारलाई दोष दिनु व्यवस्था सञ्चालनमा देखिएको असफलता हो।
जीटीएमा सरकारको बारम्बार हस्तक्षेप भइरहेको गोर्खा जनमुक्ति मोर्चाको आरोपको प्रतिक्रिया दिँदै उनले उल्टै जीटीएलाई पूर्ण स्वायत्तता दिएर पनि पहाडका कुनै समस्याहरू समाधान गर्न नसकेको बताएका छन्। उनी अनुसार पहाडमा अहिले बेरोजगारी, अस्थायी कर्मचारीहरूको स्थायीकरण साथै चिया अनि सिन्कोना बगानका श्रमिकहरूको पर्च-पट्टा मूल समस्याहरू हुन्। तर यी समस्याहरूको सामाधानको दिशमा क्षेत्रीय व्यवस्थाले कुनै काम गरेको छैन। बरू उल्टै अस्थायी कर्मचारीहरूलाई बिनाकारण स्थान्तरण एवं राजनैतिक शिकार बनाएर नोकरी समेत गुमाउनुपर्ने स्थिति सृजना गरेको लेप्चाले आरोप लगाए। यी समस्याहरूलाई क्षेत्रीय व्यवस्थाले समाधान गर्ने दिशमा पहल नगरेपनि हिल तृणमूलले भने यसपल्ट पनि राज्यकी मुख्यमन्त्रीसित यसबारे आवाज उठाउने बताएका छन्। यसअवधि उनले कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीको 2016 को चुनाउ नलड्ने घोषणामाथि पनि प्रतिक्रिया जाहेर गरेका छन्। उनले भने, अलग राज्यका निम्ति भनेर नै पहाडबाट तीनजना विधायक अनि एकजना सासंदले चुनाउ जितेका हुन्। तर अहिले आएर 2016 को चुनाउ नलड्ने घोषणा गर्नु जनतासितको घोका हो। चुनाउ नलड्ने घोषणा गर्नको साटो डा. छेत्रीले पहिलेबाट नै राजिनामा दिएको असल हुने लेप्चाले सुझाउ दिएका छन्।

4 Jan 2015

असाह्य नानीहरूका बाबु हुन् "कुनाल"

छेवाङ योञ्जन 
पहाड़का युवाहरू केवल आधुनिक फेसन अनि शुख-सुविधाहरूमा मात्रै लोभिन्दैनन् भन्ने कुरा कुनाल घतानीले प्रस्ट पारेका छन्। यहाँको इष्टमेन रोड निवासी कुनाल बाइकको सौखिन थिए। एक कोरी उम्मेर पचाइसकेका कुनालले एकदिन इन्फिल्ड बाइक किन्ने सपना सजाएका थिए । साधरण परिवारका छोरा कुनालको जिम अनि साउण्ड सिस्टमको आफ्नै व्यवसाय छ।
यसै व्यवसायबाट निक्लेको  मुनाफाले तिनले 2013 मा इन्फिल्ड बाइक किन्ने योजना बनाएका थिए। डुवर्सको ओदलाबारीमा सेकेन्डहेण्ड इनफिल्ड छ भन्ने तिनले सुइको पनि पाएका थिए। सुइको पाउनसाथ ओदलाबारी पुगेका कुनालले इनफिल्ड होइन आफूसँग स-साना केटाकेटीहरू साथमा लिएर आएका थिए। हाल 24 वर्षीय कुनाल 11 जना आर्थिकरूपले विपन्न परिवारका नानीहरूका बाबु बनेका छन्। सुख-सुविधा अनि हाइ-फाइ जीवन रूचाउने अधुनिक युवाहरूका निम्ति कुनाल आँखाको छारो हुन ।
" म जुन दिन बाइक किन्न ओदलाबारी पुगे। बाइकको दाम फिक्स गरी पर्किने बाले केही नानीहरू खेलीरहेको भेटाए"  कुनाल भन्छन् "मलाइ अचम्भ लाग्यो। अनि सोधे तिनीहरूको पढाइबारे" । आखिरमा नानीहरूको प्रश्नले कुनाललाई भावुक बनायो अनि तिनले नानीहरूलाई उचित शिशा प्रदान गर्ने सोच बनाए। तिनको साथमा रहेका नानीहरू मध्ये कतिका आमा-बाबा छैनन्। कतिका अविभावक छन् तर, नशालुपर्दार्थ सेवन गर्नाले नानीहरूलाई शिक्षा प्रदान गर्नेबारे सोच्दैनन्। कतिपय नानीहरू घरेलु काम-काजमा सङ्गल्गन पनि थिए। नानीहरूले कुनाललाई यस्तै प्रकारको उत्तदिएका थिए। यसैले  आज कुनालको साथमा ति नानीहरूले शिक्षा आर्जन गरिरहेका छन्। कुनालले नानाहरूलाई  शिक्षा-दिक्षा सितै गाँस-बासको व्यवस्था मिलाउने ठानेपछि उनले डुवर्स भेकबाट 11 जना नानीहरू लिएर कालेबुङ आएका हुन्। ति नानाहरूलाई कालेबुङको इस्टमेनरोडमा अस्थित आफ्ना घरमा राखेर तिनले एक वर्षदेखि पढाइरहेका छन्। आफ्ना घरका परिवरका सदस्यलाई मात्र शिक्षा दिनु भरण-पोषण गर्नु एउटा सामान्य परिवारका निम्ति निक्कै ठूलो चुनौति हुन्छ। तर कुनालले आफू सामान्य परिवारमै रहेर पनि परिवारका सदस्याहरूसाथै यी नानीहरूलाई शिक्षित बनाउने संकल्प गरेका छन्। तिनी भन्छन् - नानीहरूलाई उचित शिक्षा दिनु भन्दा धेर महत्तवको थिएन,  मेरो बाइकमा हिड्ने सपना। म जसरी पनि यी नानीहरूलाई उचित शिक्षा प्रदान गर्नेछु।"  कुनालको कुनै सरकारी नोकरी छैन।  नत तिनी सम्पन्न परिवारका छोरा नै हुन्। एउटा साधारण परिवारका कलेज पढिरहेका विद्यार्थी हुन् कुनाल। तिनले जीम सञ्चालन गर्नछन् अनि साउन्ड सिस्टमको माध्मयबाट आर्थिक आय आर्जन गर्छन्। यसैबाट थाह हुन्छ ति नानीहरूलाई शिक्षासाथै बास-गाँस अनि कपाँसको व्यवस्था मिलाउनु कुनाललाई कतिको चुनौती पूर्णछ।  तरै पनि तिनले परिवारका अन्य सदस्यहरूको सह्योगमा नानीहरूलाई यहाँका विभिन्न अङ्ग्रेजी माध्यमको विद्यालयहरूमा पढाइरहेका छन्। "जतिसक्दो नानीहरूलाई राम्रो शिक्षा दिने मेरो सपना छ"  तिनी भन्छन् "मेरो जीवननै इयीहरूमाथि खर्चिदिन्छु।"  तर, कुनै पनि प्रकारको कठिनाइहरूसँग हार नमान्ने कुनाललाई धेरैवटा असुविधाहरू छन्। कुनालको घरको साघुरो कोठा नानीहरूलाई पर्याप्त हुन छोडेको छ। एउटै कोठामा राखेको दुइवटा पलङ्गहरूमाथि नानीहरूले रात बिताउनु परिरहेको छ। यसैले कुनालले घरको केही तलतिर एउटा ठूलो घर निर्माण गर्ने योजना बनाएका छन्। तिनको योजनाको घड़ेडी पनि खड़ा भइसकेको छ। तर, घर निर्माण कार्य पुराभने भएको छैन। "खै कसरी स्पोल्सरहरू खोज्नु मलाई त केही आइडिया नै छैन। तर, सिलगढीको सिटिजन वेलफेयर सोसाइटीले भने प्रत्येक महिनानै मलाई आर्थीक सह्योग गरिरहन्छ।"  कुनाललाई यी नानीहरूको देखरेकका निम्ति परिवारको पनि प्रस्त सहयोग छ। आमा अनि बहिनी भएर खाना सितै नानीहरूलाई घरमा पढाइने काम पनि गरिन्छ।  कुनालको घरमा 3 वर्षदेखि 13 वर्षसम्मका नानीहरू छन्। शुरुका अक्षर समेत चिन्न नसक्ने ति नानीहरूलाई केवल विद्याल्यको भरमा मात्र होइन घरमा पनि पढाइनु पर्ने अनिवार्यतालाई कुनालले राम्रोसँग बुझेका छन्। यसैले तिनको परिवारका सदस्याहरूले नानीहरूको देखरेखसँग-सँगै घरेलु शिक्षाका निम्ति पनि सह्योग पऱ्याइरहेका छन्। कुनालले गरिरहेको यस काम पक्कै पनि सरहानीय मान्न  सकिन्छ।  अब तिनले यी नानीहरूलाई आधाबिचैमा छोड्न पनि सक्दैनन्। सँधैभरी नानीहरूलाई आफूसितै राख्ने अटोट गरेका कुनाललाई पनि आगामी दिनका चुनोतिहरू कठिन हुने कुरा राम्ररी अवगत छ। यदि कुनै पनि सङघ-सङ्स्था, व्यक्ति विशेष आदिले कुनाललाई सहयोग पुऱ्याए नानीहरूले उज्ज्वल भविष्य पाउनेछन्। सामाज सरकोरका दिशामा कुनालले गरिरहेको कार्य सम्पूर्ण युवाहरूका निम्ति पक्कै पनि  प्रेरेणाको स्रोत हो।