Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Jun 2013

बी एस ए-द्वार दुइ नानीहरु उद्धार

कालेबुङ 24 जुन। बालश्रम र तस्करीविरुद्ध काम गरिरहेको गैरसरकारी संगठन बाल सुरक्षा अभियान (बीएसए)-ले सिक्किममा बालमजदूरका रुपमा प्रयोग भइरहेका दुइ नानीहरूलाई कालेबुङबाट उद्धार गरेको छ। सिक्किम नम्बरको वाहनमा यी नानीहरूलाई बीएसए कार्यकर्ताहरूले देखेपछि शंकाको आधारमा छानबीन गर्दा यी नानीहरू उद्धार भएका हुन। कालेबुङमा अध्ययनको सिलसिलामा आफ्ना नानीहरू लिएर आएका रम्फूका लाक्पा किपा भोटियाको वाहनमा यी बालमजदूरहरूलाई देखिए पछि कालेबुङ पुलिसको सहयोग लिएर नानीहरूलाई उद्धार गरिएको थियो। राजा उराँव (12-परिवर्तित नाम) अनि सीमा मुण्डा (9-परिवर्तित नाम) नाम भएका यी बालकबालिकाहरू जलपाईगुडी डूवर्सको राङगामाटी अनि अन्तुपाडाको वासिन्दा रहेको जानकारी पाइएको छ। लाक्पा किपा भोटिया अनि तिनका आफन्त अम्बिका सिलवालले यी नानीहरूलाई आफ्ना घरमा राखेको बीएसए कार्यकर्ता तेजकुमार थापाले जनाए। दुवै महिलाका श्रीमानहरू सिक्किमको सम्मानजनक सरकारी सेवामा रहेको थापाले थप बताएका छन। बालमजदूरहरू उद्धार भएको घटनाबारे सिक्किम सरकारको चाइल्ड वेल्फेयर कमिटि (सीडब्ल्युसी)-लाई सूचित गरिएको अनि सोही कमिटिले अघिल्लो कार्वाही तय गर्ने तिनले जनाएका छन। उद्धार भएका नानीहरूलाई यहाँको आठमाइलस्थित बीएसएको पुनर्वास केन्द्रमा राखिएको छ।

0 comments: