Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Jun 2013

बाइक चोरी गरेको आरोपमा दुइ विध्यार्थी पक्राउ

कालेबुङ, 24 जून। बाइक चोरी गरेको आरोपमा कालेबुङ पुलिसले यहॉंको एक प्रतिष्ठित स्कूलमा पढ्‌दैगरेका दुइजना विद्यार्थीलाई रङ्गे हात पक्राउ गरेको छ। घटनाक्रमअनुसार, यहॉंको एक नीजि नर्सिङ होमको नजिक 10 माइल परिसरमा 79-1999 नम्बर भएको सीबीजेड बाइक पार्क गरेर राखिएको थियो। मध्यराती करीब 12 बजी दुइ विद्यार्थी मिलेर न्यूट्रलमा नै बाइक कुदाएर 16 किलोमिटेर टाटा राष्ट्रिय राजमार्ग स्थित टिस्टा पुलसम्म्‌ पुर्‍याइसकेका थिए। तर यसैबीच बाइकको मालिक अरुण प्रधानले चोरीको खबर कालेबुङ थानामा सूचित गरेको थियो। फलस्वरुप, कालेबुङ थानाबाट टिस्टा पुसिल पोष्टमा सूचित गरेलगत्तै पुलिसले राजमार्ग क्षेत्रमा चेकिङ गर्न शुरु गर्दा दुवै आरोपी पुसिलको पञ्जामा परेका हुन्‌। पुलिस सूत्रअनुसार, दुइ विद्यार्थीले टिस्टा छेउछाउकै बाइक गिरोहलाई चोरीको बाइक सुम्पेर पैसा लिने कोशिशमा थिए। तर समयमा नै पुलिसले सतर्कता अप्नाएको कारण उनीहरूको कोशिश सफल हुन सकेन। सानै उमेर मा नै धेर पैसा कमाउने सोँचाइले नै आज उनीहरूलाई डुबाएको छ। पक्रा परेका आरोपी विद्यार्थीहरूमा आसिफ गुरुङ (18) अनि इसमाइल राई(18) रहेको बताइएको छ। पक्रा परेका दुइ विद्यार्थी आरोपीलाई आज न्यायलयमा पेश गरिएको थियो जहॉंबाट उनीहरूलाई दुइदिनको पुलिस रिमाण्डमा पठाइएको छ।

0 comments: