Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jun 2013

छेवाङ हमलाकाण्डमा अझ एक आरोपी पक्राउ

कालेबुङ, 28 जून। छेवाङ भोटिया हमलाकाण्डमा थप एकजना आरोपी कुनाल प्रधानलाई कालेबुङ पुलिसले पक्राउ गरेको छ। गत मार्चमा भएको तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डको आरोपमा ठाकुरबारी निवासी कुणाल प्रधानलाई पुलिसले पक्राउ गरेको हो। आज तिनलाई यहॉंको एसीजेएम कोर्टमा पेश गरिएको थियो। कोर्टले उनलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। आरोपी प्रधानविरूद केहीदिन अघि नै वारण्ट जारी भएको थियो भने छेवाङ हमलाकाण्डबाहेक अन्य पुराना मामिलाहरूका पनि तिनी आरोपी रहेको बताइएको छ। अधिकांश मामिलाहरूमा तिनीविरुद्ध गैरजमानती वारण्ट जारी गरिएको छ।

0 comments: