Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

26 Jun 2013

जिल्लाध्यक्ष देविका सुब्बाको वाहन तोडफोडकाण्डका मुख्य आरोपी कालेबुङबाट पक्राउ

कालेबुङ, 26 जून। पश्चिम सिक्किमका जिल्लाध्यक्ष देविका सुब्बाको वाहन तोडफोडकाण्डका मुख्य आरोपी अजित राई कालेबुङबाट पक्रा परेका छन। वाहन तोडफोडको घटनापछि तिनी यहॉं एकजना आफन्तको घरमा शरण लिएर बसेका थिए। सिक्किमको जोरथाङ निवासी 20 वर्षीय अजित राईलाई सिक्किम पुलिसले यहॉंको 11 माइल क्षेत्रबाट पक्राउ गरेको हो। गोप्य सूइँकोको आधारमा अभियान चलाएर जोरथाङ थानाका एसआई प्रकाश प्रधानको दलले आज बिहान साढे आठ बजी यहॉंको डा. ग्राह्म्स होम्स 11 माइल क्षेत्रबाट आरोपी राईलाई पक्राउ गरेको थियो। उनी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का सक्रिय कार्यकर्ता रहेको थाहा लागेको छ। गत 24 जूनका दिन जोरथाङ बजारमा पश्चिम जिलाअध्यक्ष देविका सुब्बाको वाहन तोडफोड गरिएको घटनामा यी 20 बर्षीय युवक मुख्य आरोपी रहेको जोरथाङ थानाका अधिकारी प्रकाश प्रधानले बताए। जोरथाङ पुलिसको दलले कालेबुङ पुलिसलाई आज बिहान सूचित गरेपछि आरोपी युवकलाई पक्राउ गरेको हो। तिनलाई आज बिहान यहॉंको एसीजेएम कोर्टमा ट्रान्जिट रिमाण्डको निम्ति पेश गरिएको थियो। तिनीविरुद्ध पीसीपीपी-1984 कानूनको धारा तीन अन्तर्गत मामिला दर्ता गरिएको छ। सिक्किमको पुलिसको ट्रान्जिट रिमाण्डको आवेदन स्वीकार गर्दै कोर्टले अनुमति दिएपछि आरोपी युवकलाई सिक्किम लगिएको छ।

0 comments: