Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

26 Jun 2013

ओल्ड सेल्टर्स अफ्‌ सिक्किमले माफी नमागे मुद्दा दार्ता गर्ने गोर्खालीगको चेताउनी

प्रज्ज्वल छेत्री कालेबुङ, 26 जून। ओल्ड सेल्टर्स अफ्‌ सिक्किमले नेपालीहरूलाई विदेशी भने आरोप लगाको खबर प्रकाशमा आएपछि यता दार्जीलिङबाट पनि क्रमिक रुपमा विरोध हुन शुरु भएको छ। पिपल्स्‌ फोरमपछि आज अखिल भारतीय गोर्खालीगले पनि समाचारको खण्डन गर्दै उक्त व्यापारी सङ्गठनले माफी माग्नुपर्ने चेताउनी दिएको छ। ‘यदि सङ्गठनले माफी नमागे हामी मुद्दा दर्ता गर्नेछौं’-दलका महासचिव प्रताप खातीले भने। गोर्खाहरूमाथि लागेको यो लाञ्छना सिक्किमका नेपालीहरूको निम्ति मात्र नभएर भारतभरीका नेपालीहरूको राष्टियतामाथि उठाएको प्रश्न चिन्ह रहेको जनाउँदै खातीले ती व्यापारी र संगठनले विनासर्त माफी माग्नुपर्ने नत्र यसको विरोधमा भारतभरीका नेपालीहरूले मुद्दा हाल्ने चेतावनी दिएका छने्‌ ‘सिक्किमका नेपालीहरूमाथि यस्तो आरोप लाग्नु भनेको सम्पूर्ण भारतेली नेपालीलाई लाञ्छना लगाइनु होे’-उनले भने। उनले अझ भनेअनुसार, यो भारतभरिका नेपालीभाषीहरूको स्वभिमानमाथि भएको हमला हो। यो अत्यन्तै तुच्छ मानसीकताको काम हो। सिक्किम राज्य जहॉं एक नेपालीभाषी मुख्यमन्त्री छन्‌। नेपालीभाषी मुख्यमन्त्री भएको सिक्किममा 40 वर्ष लागिसकेको छ। आफ्नै ठॉंउमा आएर व्यापार गरेर, यहॉंका सम्प्रदायलाई विदेशी भन्ने आँट उनीहरूले कसरी पॉंउदैछन्‌? भनी उनले प्रश्न गरेका छन्‌। आज जुन 9 जना व्यापारीहरूले नेपालीहरूमाथि विदेशीको आरोप लगाए यो भारतेली नेपालीहरूको देशप्रतिको वफादारी, त्याग बलिदानकोे अवमूल्यन रहेको उनले बताए। देशको विकास र निर्माणमा नेपालीभाषी गोर्खाहरूले गरेको योगदानमाथि प्रश्न उठाउने काम भइरहेको भन्दै वर्तमान सिक्किम सरकार कमजोर हुनु नहुने सुझाउ उनले राखेका छन्‌।

0 comments: