Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

27 Jun 2013

चेग्रामा स्वस्थ्य जाँच शिविर

तकलिङ 27 जुन : पश्चिम बंगाल भोलेन्टरस हेत्थ एशोसिएसन अधिन्सथ रहेको गैर-सरकारी संस्था नेपाली गर्लस सोसियल सर्भिस सेन्टरले मंगलबार चेग्रामा एउटा स्वस्थ्य जाँच शिविरको आयोजना गरेको थियो। तकदाह खण्ड विकास अन्तगर्त पर्ने तकलिङ ग्राम पञ्चायत II को चेग्रामा रहेको ट्राइबल हस्टेलमा भएको उक्त स्वस्थ्य जाँच शिविर पासाङ छिरिङ लप्चाको नेतृत्वमा सम्पन्न भएको थियो। शिविरमा तकलिङ प्राथमिक स्वस्थ्य केन्द्रबाटा प्रभारी बी बी सरकार अनि सहयोगी प्रेम छिरिङ तामाङ उपस्थित बनेका थिए। विषेश गरि यस शिविरमा क्षेत्रका विध्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको संस्थाका कार्यकर्ता मिकल प्रधानले जानकारी दिएका छन्। शिविरमा चेग्रा प्राथमिक पाठशाला अनि अप्पर चेग्रा शिशु शिक्षक केन्द्रका कूल 69 जना विध्यार्थीहरुले साररिक जाँच गराए भने क्षेत्रका व्यवृद्ध मानिसहरुल पनि शिविरको लाभ उठाउन सरिक बनेका थिए। मानिसहरुले सुगर टेस्ट, प्रेसर लगायत सामान्य बिमारहरु पनि उक्त शिविरमा जाँच गराएका थिए। शिविरमा उपस्थित बनेका मानिसहरुलाई संस्थाले निशुल्करुपमा औषधीहरु पनि उपल्बद गराएको थियो। गैर-सरकारी संस्था नेपाली गर्लस सोसियल सर्भिस सेन्टरले तकलिङ संल्गल क्षेत्रहरुमा धेरैवटा सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ। मंगलबार निशुल्करुपमा आयोजना गरेको उक्त शिविरबाटा पनि क्षेत्रका विध्यार्थी लगायत मानिसहरुले उचित लाभ उठाउन सकेको कार्यकर्ता प्रधानले जनाएका छन्।

0 comments: