Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Jun 2013

पुलिसको अभियानमा अवैद्य मदमदिरा उद्धार

कालेबुङ 24 जुन। कालेबुङ पुलिसले अवैद्य मदमदिराको ओसारपसारविरुद्ध अभियान चलाउँदै आज एउटा वाहनको तलाशी गरेर धेरै मात्रामा अवैद्य मदिरा उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा पुलिस टोलीले अभियान चलाएर 33 कार्टून वियर अनि 6 कार्टून रम उद्धार गरेको छ। आज अपरान्ह यहाँको सातदोबाटो क्षेत्रमा डब्ल्युबी 74-एए-7941 नम्बर भएको रातो अल्टोबाट यी मदिराहरू उद्धार भएको थियो। पुलिसले ती मदिरासँगै वाहन चालक तारा परियारलाई पनि नियञ्त्रणमा लिएको छ। तिनी यहाँको तीनमाइल क्षेत्रका वासिन्दा हुन्। पुलिसले जफत गरेका मदिरा सिक्किमबाट ल्याइएको बताइएको छ। आरोपी चालकविरुद्ध बेङ्गल एक्सर्साइज एक्टको धारा 46अन्तर्गत मामिला दर्ता गरिएको छ।

0 comments: