Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

8 Aug 2013

अनिश्चितकालीन पहाड़ बन्दमा क्रामाकपाको सडक कार्यक्रम


कालेबुङ 8 अगष्ट।
पहाड़मा छुट्टै राज्यको मुद्धा लिएर राजनीति गर्ने दल अनि संघ-संस्थाहरु धेरैवटा रहेतापनि यसचोटी केवल क्रामाकपाले मात्र सडक कार्यक्रमहरु गरेर छुट्टै राज्यको मुद्धलाई मोर्चा संग-संगै अघि बढ़ाइ रहेको छ।
कंग्रेस कार्यकारी समितिले तेलङ्गनालाई राज्य बनाउने निर्णय लिएपछि देशको विभिन्न प्रान्तहरुमा छुट्टै राज्यको मागगरिरहेका राजनीतिक दल अनि संघ-संस्थाहरु सक्रिय बनेको छ। तर, दार्जीलिङ पहाडमा भने गोर्खा जनमुक्ति मोर्चा अनि क्रामाकपा यी दुइवटा दलहरुले मात्र छुट्टै राज्यको आन्दोलनलाई अघिबढ़ाइ रहेका छन्। हुनत क्रामाकपा अनि गोजमुमो विपरीत ध्रुबका दलहरुहुन तर मुद्धा एउटै भएको कारण हाल यी दलहरुले फरक-फरक प्रकारको सडक कार्यक्रमहरु गरिरहेका छन्। छुट्टै राज्यको मागमा यहाँको सत्तासिन दल मोर्चाले सम्पूर्ण पहाड़ नै बन्द गरेको छ भने यसै विच क्रामाकपाले पनि दैनिकरुपमा विभिन्न स्थानहरुमा धरणा प्रदर्शन, पोष्टरिङ र जुलूश निकाल्ने कार्य जारी राखेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्धा प्रति केन्द्रीय नेतृत्वहरुको ध्यान केन्द्रीत गर्न क्रामाकपा नेताहरुले दिल्लीमा पनि सडक कार्यक्रहरु गरिरहेका छन्। पहाडॅ देखि दिल्लिसम्म गोर्खाल्याण्डको आवजलाई तिब्र पार्दै सडकमा उत्रिएको क्रामाकपाले
31 एराष्ट्रिय राममार्ग टिस्टामा पनि छुट्टै राज्यको मागमा राँके जुलुस निकालेको छ। क्रामाकपा टिस्टा शाखाको आयोजनमा सम्पन्न उक्त राँके जुलुसमा क्षेत्रका मानिसहरुको धेरै सहभागिता रहेको थियो। यस अवसरमा क्रामाकपा पार्टी कार्यकर्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मागमा जोडदार नाराबाजी लगाए। केन्द्र सरकारले छुट्टै तेलेंगना राज्य गठन गर्ने प्रतिबद्धता देखाउँदा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई किनारीकरण गरिएकोमा क्रामाकपाले जोडदार बिरोध प्रदर्शन पनि गरेको थियो। यसको साथै अहिलेघरी दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने मानिसहरुलाई मा, माटी रा मानुसको नारा लगाउँने ममता ब्यानर्जीको सरकारले पुलिस र सीआरपीको बलमा आन्दोलनलाई दबाउँन पाउँदैन भन्दै जोडदार नारबाजी समते लगाएको थियो। सीआरपी र पुलिस प्रशासन हाय हाय !, बङगाल सरकार मूर्दावाद ! गोर्खाल्याण्ड जिन्दावादआदि नाराहरु लगाउँदै क्रामाकपा कार्यकर्ताहरुले राँको बालेर प्रदर्शन गरेको थियो। यस अवधी सम्पूर्ण गोर्खाल्याण्ड माग्ने दलहरु एक हौ भन्ने आह्वान पनि क्रामाकपा पार्टीले गरेको थियो। बिभिन्न नारबाजी गर्दै टिस्टा बजारको परिभ्रमण पछि उक्त जुलुस टिस्टा पुरानो पुलमा आएर समापन भएको थियो। यस अवसरमा क्रामाकपा हाईवे शाखाका अध्यक्ष सन्तोष प्रधानले गोजमुमो पार्टीले जीटीए त्यागेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँनुपर्ने माग गर्दै सरकारले गोर्खाल्याण्डको आन्दोलनलाई पुलिसको बलमा दबाउँने षडयंत्र गरिरहेको आरोप लगाए।

0 comments: