Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

8 Aug 2013

आन्दोलन गणातान्त्रीक हुनुपर्छ - आरपी डकाल


कालेबुङ 8 अगष्ट
छुट्टै राज्य गोर्खाल्याण्डको मागमा दार्जीलिङ पहाड़मा चरिरहेको आन्दोलन अवधि क्षेत्रमा शान्तिश्रंखला कायम राख्न राज्य सरकारले प्रशासनिक सुरक्षा-व्यवस्था कठोर बनाए तापनि मोर्चाको आन्दोलनमा भने लचिलोपना देखापरेको छैन। दार्जीलिङ पहाड़मा अनिश्चितकालीन पहाड़ बन्दले आज छैटौ दिन पुरा गरेको छ। छुट्टै राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले अनिश्चितकालीन पहाड़ बन्दको घोषणा गरेपछि सम्पूर्ण पहाड़ हाल अचल रहेको छ। यसै अवधि मोर्चा नेतृत्वहरुको एउटा टोली दिल्ली भ्रमणमा रहेको छ भने केन्द्रीय नेतृत्वहरुबाट पनि मोर्चाले खासै सन्तोषजनक आशवसनहरु पाउन सकिरहेको छैन। मोर्चा नेतृत्वहरुको भनाइ अनुसार, छुट्टै राज्य गोर्खाल्याण्डको मुद्धा प्रति केन्द्र सरकारले सकारात्मक आशवसन नदिएसम्म दार्जीलिङ पहाड़मा अनिश्चितकालीन बन्दको यथावत नै रहने स्मभवना प्रबल बनेको छ। मोर्चा अध्यक्ष विमल गुरुङको निर्देशमा मोर्चा कार्यकर्ताहरुले अनिश्चितकालीन बन्दलाई शान्तिप्रिय ढ़ंगमा पालन गरिरहेका छन भने बन्दको अवधि विभिन्न भातृसंगठनहरुले छुट्टै राज्यको मागमा शहरमा जुलूश अनि धरणा प्रदर्शन गर्ने कार्य जारि राखेको छ। पहाड़ बन्दको आज छैटौदिन कालेबुङ शहरमा जनमुक्ति युनाइटेड लेबर वेलफयर अर्गनाइजेशनले जुलूश अनि धरणा कार्यक्रमको आयोजना गरेको थियो। उक्त संगठन मोर्चाको मजदूर एकाइको संगठन हो। आजको जुलूश अनि धरणा कार्यक्रममा कालेबुङका विभिन्न स्थानहरु लगायत कमान क्षेत्रका सयौको संख्यामा मजदूरहरु उपस्थित बनेका थिए। जनमुक्ति युनाइटेड लेबर वेलफयर अर्गनाइजेशनको जुलूश यहाँको डम्बरचोकबाट शुरु भेको थियो। जुलूशले कालेबुङ शहर परिक्रमा गरि महकुमा अधिकारीको कार्यलय पुगेर धरणा पर्दशनमा परिणत भएको थियो। धरणा पर्दशनमा उपस्थित बनेका संगठनका कार्यकर्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मागमा विभिन्न प्रकारको नारा-बाजी लगाए। जुलूश अनि धरणा कार्यक्रम पछि डम्बरचोकमा मोर्चा कालेबुङ महकुमा समितिले एउटा पदसभाको आयोजना गरेको थियो। पदसभामा जीटीए सभासद निमा तामाङ, सीपी पौडयाल, जनमुक्ति युनाइटेड लेबर वेलफयर अर्गनाइजेशनका अध्यक्ष डीबी प्रधान, कालेबुङ सरकारी महाविधालयका प्राचार्य आरपी डकाल, विध्यार्थी मोर्चा नेता दिप थापा आदी उपस्थित थिए। पदसभलाई सम्बोधन गर्दै प्रचार्य आरपी डकालले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति चलिरहेको आन्दोलनलाई पूर्णरुपले गणातान्त्रीक अनि शान्तिमय ढ़ंगमा अघि बढ़ाउनु पर्ने बताए। तिनले हाल दिल्लीका शिर्ष नेतृत्वहरुले देशमा सानो राज्यहरु गठन गरिनु पर्ने विचारहरु बनाइरहेको बताउँदै छुट्टै राज्य गोर्खाल्याण्ड पनि आवश्यै हुने बताएका छन। उक्त पदसभालाई सभासद सीपी पौडयाल अनि संगठनका अध्य डीबी प्रधानले पनि सम्बोधन गरेका थिए। अर्कोतिर, मोर्चाको अनिश्चितकालीन पहाड बन्दको आज छैटौ दिन पनि कालेबुङ शहर शान्ति नै रहेको छ। शहरमा शान्तिश्रंखला कायम राख्न पुलिस प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको छ। 

0 comments: