Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

4 Aug 2013

गोर्खाल्याण्ड आन्दोलनले बनाएको सहिदहरु र मङ्गल सिङ्गको वलिदान


कालेबुङ 4  अगस्त। सिब्सु काण्डका शहीदहरू बिमला राई, निता खवास अनि विक्की लामाको शाहदतको लगभग दुइबर्ष पछि यतिबेला फेरि पहाडका राज्यप्रेमी जनतालाई मंगलसिंह राजपुतको आत्मबलिदानले उचालेको छ। गोर्खाल्याण्डको निम्ति प्राणको आहुति दिएर शहीद घोषित भएका कालेबुङे युवक मंगलसिंह राजपुतको बलिदानले अहिले सम्पूर्ण पहाडवासीहरूलाई  शोकित मात्र होइन आन्दोलित पनि बनाएको छ। तिनको मृत्युको घटनाले जनतामा जति बिषाद छाएको छ, राज्यप्राप्तिको जिजीविषा पनि त्यति नै जगाएको छ। तिनको पार्थिव शरीर आज ल्याइपुर्याबउँदा कालेबुङवासीले तिनको जयगानसँगै गोर्खाल्याण्डको आवाजले शहर थर्कमान पारिसकेका थिए। मोर्चाले उच्च सम्मानकासाथ मंगलसिंग राजपुतको शव कालेबुङ ल्याइपुर्याकइएको छ। आज बिहान सिलगढी मेडिकल कलेजमा पोष्टमार्टम गर्ने कार्य पूरा भएपछि राजपुतको पार्थिव शरीर आज साँझ कालेबुङको डा ग्राह्म्स होम्सस्थित निवासमा ल्याइएको छ। मेडिकल कलेजबाट तिनको शव लिन सभासदहरू रमेश आले, काजिम छिरिङ भोटिया, सीपी पौड्याल, दावा लेप्चा, मोर्चा नेता विजय सुन्दास आदि उपस्थित थिए। तिनको शव कालेबुङ ल्याइएको खबर फैलिएपछि मानिसहरूले स्वतस्फूतः सडकमा ओलेर गोर्खाल्याण्डको पक्षमा नाराबाजी लगाउन थालेका थिए। शहीद मंगलसिंग राजपूत अमर रहोस ,वी वान्ट गोर्खाल्याण्डको गगनभेदी नाराले आज कालेबुङ शहर गुञ्जयमान भएको थियो। सालुगढादेखि राजमार्गको 31एको कालीझोडा हुँदै ठाँउ ठाउँमै तिनलाई खदा र श्रद्धाञ्जलि प्रकट गर्ने मानिसहरूको समूह सडककिनारमा थियो भने कालेबुङ आइपुग्दा नपुग्दा यो भीड जनसमुन्द्रमा परिणत भएको थियो। कालेबुङको मेनरोडमा हजारौक़ो संख्यामा राज्यप्रेमी जनता मंगलसिहको अंतिम दर्शन गर्न बसेका थिए। तिनलाई उच्च नागरिक सम्मानका साथ साँझमा निजी निवास पुर्याजइएको छ भने भोलि तिनको अन्तिम संस्कार गरिने छ। तिनको शवयात्रामा सम्पूर्ण पहाडबाट मानिसहरू सहभागी हुन आउने कुरालाई ध्यानमा राख्दै मोर्चाले भोलि सवारीसाधनहरूको चलाचलमा छूट दिएको छ।


को हुन् मंगलसिंह?

मेरो दिदी भोटाङको फुन्छोलिङमा काम गर्थिन। त्यसैबेला यो केटालाई तिनको आमा बाबाले दिदीको घरमा ल्याएर छोडीराखेछन। पछि दिदी पनि डेलिभरी अवस्थामा बितेको खबर आयो हामी कालेबुङबाट दिदीको शव लिन गयौँ। त्यस समय सानो फुच्चे यो केटालाई पनि हामीले यतै ल्याएर आयौँयो कथनको कालेबुङम मंगल सिंहका अभिभावक निमा वाङ्दी भोटियाको। यसरी आइपुगेका थिए मंगलसिंह कालेबुङ। मङगलसिह राजपुत उर्फ मंगले कालेबुङ आउँदा चार पाँचवर्षका वर्षका थिए। सन 1976 को कुरा हो कालेबुङका स्व छिरिङ छोडेन भोटिया भोटाङको फुन्छोलिङमा काम गर्थे। त्यसै समय मङगलसिंह राजपुतलाई तिनका आमा बाबाले भोटियाको घरमा ल्याएर राखिदिएको स्व छिरिङ छोडेन भोटियाको भाई निमा वाङदी भोटिया बताउँछन। तिनको आमा बाबाको पत्तो थिएन। जसको कारण स्व छिरिङ छोडेन भोटियाको शवसँगै राजपुतलाई पनि निमा वाङ्दीले त्योबेला कालेबुङमा लिएर आएका थिए। दुःख त साह्रै लागेको छ तर मैले हुर्काएको केटो आज माटोको निम्ति शहीद भएको घटनाले गर्व पनि  लागेको छ। हामी मर्दा सामान्य घटना होला तर हाम्रो मङगलेको नाउँ अब गोर्खाल्याण्डको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछनिमा वाङ्दी
भोटियाले आज भने। मंगलसिंह मूल रुपले कहाँ
वासिन्दा हुन अनि तिनका परिवार र शाखासन्तान कहाँ छन भन्ने कुराबारे खासै कसैलाई
जानकारी छैन। तर कालेबुङको माटोमा रमेका मङ्गले यही माटोको संघर्षमा शहीद बने। 86-को गोर्खाल्याण्ड आन्दोलनमा मज्जाले नै होम्मिएका मङ्गलसिंहले नब्बेको शुरुआती बर्षमा होम्सकी एक युवती मञ्जु राजपुतसँग विवाह गरी गृहस्थीजीवन शुरु गरेका हुन। गोरामुमोमा सामेल भएर जागेको तिनको माटोप्रेम गोजमुमोसम्म आइपुग्दा पनि जारी रह्यो। मोर्चाको गठन अघि गोरामुमो(सी) हुँदा पनि तिनले अलग राज्यको आवाजलाई बुलन्द गरि नै रहे। गोर्खाल्याण्डको सच्चा सिपाही हूँ। म यसको निम्ति ज्यान दिन पनि तयार छु भनी रहन्थे तिनी।  पतिवियोगको घटनाले यतिबेला मङ्गल सिंहकी स्वास्नी मञ्जु राजपुत पनि कम मर्माहत छैनन। तर जाँदाजाँदै मङ्गल सिंहले शहीदको पत्निको गहकिलो सम्मान पनि तिनलाई सुम्पेर गएका छन। लोग्ने गुमाएर धेरै दुखी छु। तर शहिदकी स्वास्नी हुनमा गर्व पनि अनुभव गरिरहेकी छुराजपुतकी श्रीमती मञ्जुले भनिन, “गोर्खाल्याण्डले मात्र तिनको बलिदनको कदर हुनेछ। गोर्खाल्याण्ड भएको दिन मेरो पतिको आत्माले शान्ति पाउनेछ

0 comments: