Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Sept 2013

5 जना मोर्चा कार्यकर्ताहरु बेल मुक्त

कासेबुङ 12 सेप्टम्बर:
पहाड़वासीले तीब्ररुपमा प्रतिवाद गरिरहेको भए पनि पुलिसले मोर्चा नेता अनि कार्यकर्ताहरुलाई पक्राउ गर्न भने छोड़ेको छैन। आन्दोलन अवधि प्रशासनिक अनुमती बिना जुलूस, धरणा अनि नाराबाजी गर्नेहरु विरुध पुलिसले मुद्दा हाल्ने क्रम जारी राखेको छ। यसै क्रममा गत 8 सेप्टम्बरको दिन जलढका क्षेत्रमा नानीहरु लिएर प्रसासनिक अनुमती बिनानै जुलूस निकालेको आरोपमा क्षेत्रका 7 जना मोर्चा कार्यकर्ताहरुको नाममा पुलिसले मुद्दा दर्ता गरेको थियो। 7 जना मध्ये 5 आरोपीहरु झोलुंग हाई स्कूलका शिक्षक दीनानाथ शर्मा , जलदका निम्न बुनियादी पाठसालाका शिक्षक प्रताप कटेल ,बिंदु निवासी चन्द्र बहादुर तमांग ,परेन निवासी गणेश शर्मा अनि गोपाल गुरुंगले आज कालेबुङ न्यायलयमा भुल स्वीकार्दै आत्मसम्पर्ण गरेका थिए। यी आरोपीहरु बिरुध पुलिसले आइपीसीको धारा १४३/५०६ अन्तगर्त मुद्दा गर्दा गरेको छ। आरोपीहरुलाई आज यहाँको एसीजीएम कोर्टमा प्रस्तुत गरे पछि बेल मुक्त गरेको छ।

0 comments: