Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Sept 2013

प्रतिवादस्वरुप राज्यस्तरीय फुटबल नखेल्ने भयो एस. यु. एम. इन्सटिट्युसन

कालेबुङ 12 सेप्टम्बर : वर्तमान राज्य सरकारले पहाड़प्रति गरिरहेको दमननीतिको विरोध जनाउँदै यहाँका एस. यु. एम. इन्सटिट्युसनको फुटबल टोलीले राज्यस्तरीय फुटबल प्रतियोगिताको बहिष्कार गरेको छ। आज एउटा प्रेस विज्ञ्याप्ती जारी गरि विध्यालय कतृपक्षले पहाड़मा चलिरहेको छुट्टै राज्यको आन्दोलनलाई समर्थन गर्दै अनि राज्य सरकारको दुर्नीतिको विरोध जनाउँदै यसचोटी सम्पन्न हुने बिसी रोय मेमोरियल फुटबल प्रतियोगितामा भाग नलिने जनाएको छ। राज्य सरकारको शिक्षा विभाग(शारीरिक शिक्षा) ले प्रतेक वर्ष आयोजना गर्ने बिसी रोय मेमोरियल फुटबल प्रतियोगितामा एस. यु. एम. इन्सटिट्युसनले यस पर्ष भाग लिने छैन। गत पर्ष उपविजेताको रूपमा रहेको एसयुएमआईको फुटबल दलले यस वर्ष हुगली जिल्लामा 13 सेप्टेम्बरदेखि 16 सेप्टेम्बरसम्म आयोजित हुने राज्यस्तरीय बिसी रोय मेमोरियल कपमा सोझै क्वार्टर फाइनलमा प्रवेश पाएको थियो तर विधालय पक्षले प्रतिवाद स्वरुप उक्त खेलमा भाग नलिने निर्णय लिएको छ।

0 comments: