Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Sept 2013

राशीन तीनदिन पाउँछ

कालेबुङ 13 सेप्टम्बर : खाध्य सर्वाहार विभाग कालेबुङ महकुमा समितिले 14 देखि 16 सेप्टम्बरसम्म जनसाधरणलाई राशीन वितरण गरिनु पर्ने सूचना जारी गरेको छ। कालेबुङ नगरपालीका क्षेत्र अनि खण्ड-1 र  खण्ड-2का सरकारी राशन दोकानहरुले आगमी शनिबारदेखि सोमबारसम्म बन्दको कारण थातीमा रहेको राशनहरु जनसाधरणलाई वितरण गर्नुपर्ने घोषणा जारी गरेको छ। कालेबुङको खाध्य सर्वाहार विभागबाट प्राप्त भएको जानकारी अनुसार एपीएल वर्गलाई चामल 2 किलो 4सय ग्राम प्रदान गरिने छ भने आटा प्रतिव्यक्ति 1 किलो दिइने छ। बीपीएल वर्गकाहरुलाई चामल 1 किलो, गहु अढ़ाई किलो अनि आटा 5 सय ग्राम प्रदान गरिने छ। सरकारको अन्नपुर्ण योजना अन्तर्गत 2 किलो चामल अनि 1 किलो 5 सय ग्राम गहु प्रदान गरिने भएको छ भने एएवाइ योजना अनुसार वृद्धहरुलाई 10 किलो चामल पनि प्रदान गरिने अधिकारी ध्रुर्व बराईलीले जनाएका छन्।

0 comments: