Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Sept 2013

अब माटोको निम्ति लड़ने छौ - शैनिक मोर्चा

कालेबुङ 8 सेप्टमेबर(छेवाङ योञ्जन) :
जीटीएका डेप्युटी चिफ एक्ज्युकेटीभ एवम पुर्व सैनिक/अर्ध-सैनिक मोर्चा अध्यक्ष रमेश आलेले पनि आज कालेबुङमा सम्पन्न भएको दलको पथसभाबाट राज्य सरकारको दमननीतिको आलोचना गरेका छन्। यहाँको डम्बरचोक परिसरमा आज सम्पन्न भएको पथसभालाई सम्बोधन गर्दै आलेले पश्चिम बंगाल सरकारले हाल पहाड़ प्रति गरिरहेको जाति विभाजनको नीति सफल नहुने दावी गरेका छन्। आज पहाड़भरि नै पुर्व सैनिकहरुले कालो पट्टी बाँदेर राज्य सरकारको कुटनीतिको विरोध गरेको जनाउँदै तिनले आफ्नो सम्बोधनमा राज्य प्राप्तिको आन्दोलनमा भूतपुर्व सैनिकहरु कहिले पनि पछि नपर्ने बताए। जवानीमा देशको सिमानामा लड़यौ तिनले भने अब माटोको निम्ति लड़ने छौ। मोर्चा नेताहरुलाई पुलिसले पक्राउ गरिरहेको घटनाको पनि तिनले खण्डन गरेका छन्। देशको संविधानको धारा अनुरुप पहाड़मा छुट्टै राज्यको मांग उठिरहेको बताउँदै तिनले जीटीए समझैतामा पनि यस मुद्दालाई अलग राखेको दावी गरेका छन्। जीटीएको खेस्रामा छुट्टै राज्यको मांग जारी रहने छ भनेर उल्लेख गरेका छौ तिनले समझौता खेस्रा देखाउँदै पथसभालाई सम्बोधन गरे। उक्त पथसभालाई सम्बोधन गर्दै मोर्चा नेता सामुएल गुरुङले सैनिक मोर्चाले आन्दोलनमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै भुत-पुर्व सैनिकहरु आन्दोलनमा सदै अघि आउनु पर्ने आह्वान गरेका छन्। पहाड़मा उठेको छुट्टै राज्यको आन्दोलनलाई विफल पार्न सरकारले विभिन्न प्रकारको चाल चलिरहेको बताउँदै तिनले लेप्चा समुदायको प्रयोग गरेर मुख्यमन्त्रीले पहाड़मा जाति मास्ने काम गरिरहेको आरोप लगाएका छन्। डुवर्स विकास परिषद गठन गरेर विधायकलाई तृणमूलमा सामेल गराउने मुख्यमन्त्रीले एलडीसीलाई षड़्यन्त्रको रुपमा लिइरहेको तिनको भनाइ छ। कुनै पनि समय राज्य अनि केन्द्र सरकारमाझ समझौता भए एलडीसी बेकार हुन्छ तिनले भने। मुख्यमन्त्राको कालेबुङ भ्रमण पछि तृणमूल कंग्रेसका नेताहरुले हाल पहाड़सम्बन्धी झुटो प्रचार गरिरहेको बताउँदै लेप्चा समुदायका प्रतिनिधिहरुले तृणमूल नेताहरुले जारी गरेको बयानबारे स्पष्टीकरण दिनु पर्ने बताएका छन्। मुकुल रोयले पहाड़का लेप्चाहरु तृणमूल समर्थक रहेको बताउँदै लेप्चाहरुले छुट्टै राज्यको विरोध गरिरहेको कुरा राष्ट्रीय स्तरको मिडियाहरुमा आएको हुनाले अब समुदायका प्रतिनिधिहरुले यस बारे स्पष्टीकरण दिनु पर्ने तिनले माग गरेका छन्। पक्रा परेका मोर्चा नेताहरु विरुध सरकारले विभिन्न प्रकारको आधारहिन मुद्दाहरु लगाइ रहेको आरोप लगाउँदै तिनले आन्दोलनमा संलग्न भएको आशंकमा कालेबुङका व्यापारीहरुलाई पक्राउ गरेको घटनाको पनि विरोध जनाएका छन्। आजको पथसभालाई पुर्वसैनिक मोर्चाका केके सुब्बाले पनि सम्बोधन गरेका थिए। डम्बरचोक परिसरमा पथसभा गर्न अघि सैनिक मोर्चाले एउटा मौन जुलूसको आयोजना गरेको थियो। बंगाल सरकारको दमननीतिको विरोध जनाउऩ आज जुलूसमा सामेल भएका सैनिक मोर्चाका सदस्याहरुले काटो पट्टी बाँदेका थिए। कालो पट्टी बाँदेर विरोध प्रदर्शन गर्दै पुर्व सैनिकहरुले यहाँको डम्बरचोकबाट मौन जुलूस निकालेका छिए। आज सम्पन्न भएको जुलूस अनि पथसभामा सैनिक मोर्चाका सदस्याहरुलगायत मोर्चा समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

0 comments: