Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Sept 2013

कालेबुङका नयन शार्कीले संयुक्त राष्ट्र संघमा वार्त राख्ने

कालेबुङ 7 सेप्टम्बर:  बाल सुरक्षा अभियानका 16 वर्षीय किशोर नयन शार्कीले संयुक्त राष्ट्रीय संघको 68औ महा-सभामा वार्त राख्ने अवसर प्राप्त गरेका छन्। बाल्यकाल देखि नै विविध समस्याहरुको सामना गर्दै किशोर अवस्थामा आइपुगेका नयन शार्कीले आगमी 17देखि 30 सेप्टम्बरसम्म न्युयर्कमा सम्पन्न हुने समयुक्त राष्ट्र संघको 68औ महा-सभामा खाध्य अधिकारमाथि वार्त प्रस्तुत गर्ने छन्। तिनलाई यो अवसर युनिष्को(UNESCO)को ब्यानरमा दिल्लीमा सम्पन्न भएको नाइन इस माइन नामक कार्यक्रमबाट प्राप्त भएको हो। बाल अधिकार बारे नानीहरुलाई जानकारी गराउन युनिष्को(UNESCO)ले दिल्लीमा आयोजना गरेको एउटा कार्यशालामा आफूलाई सक्षम बनाए बापत भारतबाट संयुक्त राष्ट्र संघमा जाने नानीहरुको एउटा टोलीमा तिनले आफूलाई सामेल गराएका हुन्।  संयुक्त राष्ट्र संघको महा-सभामा आफूलाई उभ्याउने किशोर नयन शार्की कालेबुङ आँठ माइल निवासी हुन्। शाररिक अवस्था ठिक नहुँदा बाल्यकालदेखि नै तिनी क्लुनी सिसटर्सहरुको देखरेखमा थिए। यहाँको अतिशा रोड़ स्थित सन्त जोन स्कूलबाट तिनले प्राथमिक स्तरको शिक्षा लिएका थिए। सन्त जेभिर पेदोङ विधालयबाट दशौ श्रेणीको परिक्षा उतर्णीय गरि हाल तिनी यहाँको तोपखानामा अवस्थित सीएसटी विधालयको 11औ श्रेणीमा अध्ययनरत छन्। संघको महा-सभामा तिनले देशको सरकारले प्रतेक नानीहरुलाई 6% शिक्षा अनि 5% स्वस्थयमा प्रथमिक्ता दिइनु पर्ने विषयमा वार्त राख्ने छन्। उक्त मुद्दासंगै नानीहरुले महा-सभामा आफूले जीवनमा भोगेका समस्याहरु पनि वार्तमा प्रस्तुत गर्नेछन्। क्लुनी सिसटर्सहरुको पहलमा कालेबुङमा बाल सुरक्षा अभियानले नानीहरुको अधिकार अनि सुरक्षाको निम्ति सक्रियरुपमा कार्य गर्दै आइरहेको छ भने आज बीएसए मार्फत नै नयन शार्कीले न्युयर्क पुगेर संयुक्त राष्ट्र संघको महा-सभामा बाल अघिकार बारे भाषण दिने अवसर पाएका छन्। बीएसए-का अधिकारी तेजकुमार थापाले आज एउटा प्रेस विज्ञ्याप्ती जारी गरि कालेबुङका एकजना किशोर नयन शार्कीले बाल अधिकारको कुरा अन्तराष्ट्रीय स्तरमा उठाउने जानकारी गराएका हुन्।

0 comments: