Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Sept 2013

आन्दोलन प्रति विद्यार्थीहरुका धारणा

कालेबुङ 10 सेप्टम्बर:
छुट्टै राज्यको चाहना लिएर नारा लगाउँदै यसरी पदयात्रमा हिड़्दा शरीर दुखेको पनि पत्तो पाइँदैन रहेछ, खुब आनन्द लाग्यो दार्जीलिङको हर्मोनटेज निवासी 17 वर्षीय रभजाज राईले आज कालेबुङका पत्रकारहरुलाई यस प्रकार आफ्नो अनुभाव व्यक्त गरे। तिनी 9 सेप्टम्बरको दिन दार्जीलिङको बाटा अघिदेखि शुरु भएको विद्यार्थी मोर्चाको पदयात्रमा सामेल भएर आज कालेबुङ आइपुगेका थिए। आन्दोलनलाई दवाउन सरकारले मोर्चा नेतृत्वहरुलाई पक्राउ गर्न थाले पछि यस चोटी छुट्टै राज्यको समर्थनमा पहाड़मा जनआन्दोलन नै देखा परेको छ। पहाड़का अधिकांशा दलहरु एउटै मञ्चमा आएर आन्दोलनलाई अघि बढ़ाउने रणनीतिहरु तयार पार्दैछन भने क्षेत्रीय स्तरमा मोर्चाका विभिन्न भातृ संगठनहरुलगायत आम जनताले पनि यस चोटीको आन्दोलनलाई भरपूर सहयोग गरिरहेका छन्। आन्दोलनले तीब्ररुप लिँदा बन्दको कारण पहाड़को शिक्षा व्यवस्था अस्तव्यस्त छ। तर, यता विद्यार्थीहरु भने शिक्षाको वास्तै नगरी आन्दोलनमा होमिएका छन्। हाम्रो आफ्नै राज्य बनेपछि हामी दिलोज्यानले पढ़ने छौ तर यो समय राज्य प्राप्तिको संघर्षमा आफ्नो योगदान दिनु हो विमोको पदयात्रका सहयात्री रोशन छेत्रीले पनि यसरी आन्दोलन प्रति विद्यार्थीहरुको योगदान रहेको बताए। विद्यार्थी मोर्चा प्रतिनिधिहरु लिशिस जैशी, भाष्कर राई, सत्यम लामा, सञ्जीब सुब्बा, श्रवण राईको न्तृत्वमा छुट्टै राज्य गोर्खाल्याण्डको नारा लगाउँदै आज 75 जना विध्यार्थीहरु कालेबुङ आइपुगेका थिए। छुट्टै राज्यको मांगमा दार्जीलिङबाट कालेबुङसम्म पैदल हिड़ने यी विध्यार्थीहरु दशौ अनि एघह्रौ श्रेणीमा अध्ययनरत छन्। बोर्ड परिक्षाको तयारी गर्ने समयमा यी विध्यार्थीहरुले राज्यको मांग गर्दै दार्जीलिङबाट आफूखुशी पैदल हिड़ने निर्णय लिएका थिए। बन्दबाट दुइदिन छुट हुँदा पदयात्र निकाल्नु पर्छ भन्ने विद्यार्थी मोर्चाको कुनै प्रकारको योजना थिएन विमोका संस्थापक सचिव भाष्कर राईले भने विद्यार्थीहरुले स्वयम हिड़ने निर्णय लिए पछि हामीले साथ दिएका हौ। पहाड़मा पटक-पटक उठिरहने छुट्टै राज्यको आन्दोलनले केही हदसम्म विद्यार्थीहरुलाई पनि प्रभावीत पारेको उनीहरुको यसप्रकारको कार्यक्रमहरुले स्पष्ट हुँदछ। शिक्षा व्यवस्थाको विकासको कुरा गर्ने सरकारले छुट्टै राज्यको मांगमा विद्यार्थीहरुले गरिरहेको आन्दोलन प्रति पनि ध्यानदिनु पर्ने आवश्यक देखिन्छ। राज्य भित्र चल्ने व्यवस्थाले हाम्रो चाहना पुरा हुँदैन, पहाड़मा शिक्षित अनि योग्य व्यक्तिहरु छन् तर सबै वेरोजगार सचिव भाष्कर राईले भने छुट्टै राज्य भए हाम्रो सपना साकार हुन्छ। दार्जीलिङका विभिन्न विधालय अनि महाविधालयहरुमा अध्ययनरत यी विद्यार्थीहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा पहाड़वासीलाई जगरुक गराउन नै पैदल यात्रा शुरु गरेका थिए। राज्यको मांगमा नारा लगाउँदै अघि बढ़ीरहेको हाम्रो यात्रालाई बाटो-बाटोमा मानिसहरुले स्वागत जनाए, उनीहरुले हामीलाई पिउने पानीको व्यवस्था पनि गरिदिएका थिए तिनले भने। दार्जीलिङ बजारको मुटु मानिने बाटा अघिबाट शुरु भएको विद्यार्थीहरुको पैदल यात्रा जोरबंग्लो, छ माइल, पेशोक, टिस्टा हुँदै आज कालेबुङ आइपुगेको थियो। कालेबुङका विमो प्रतिनिधिहरुले पैदल यात्रीहरुलाई स्थानिय पार्टी कार्यलयमा खदा अर्पण गरि स्वागत जनाएका थिए। विमो नेता दीप थापा, दिपेन थापा, शमिर सुन्दास, लगायत मोर्चा महकुमा समितिका नेतृत्वहरुले पैदल यात्रीहरुलाई सम्बोधन गर्दै आन्दोलनमा विद्यार्थीहरुले पुर्याएको योगदान व्यर्थै नजाने बताए। गलामा बधाईको खदा लिएर आज नै विद्यार्थीहरु कालेबुङबाट दार्जीलिङ प्रस्थान भए।

0 comments: