6 Mar 2012
Home »
News
» युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ
युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ
6 मार्च (कालेबुङ):-गोर्खा जनमुक्ति युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ। युवा मोर्चाले आइतबार मिरिकमा सम्बन्धित पक्षका प्रतिनिधिहरुसँग एउटा बैठकको आयोजना गरी यसबारे छलफल गरेको छ। मिरिकको टूरिष्ट लजमा सम्पन्न सो बैठकमा गोजमुमोको मिरिक शाखाका अध्यक्ष फूबी राई, नगरपालिका अध्यक्ष श्रीमती माला सुब्बा, मिरिक कलेजका प्राचार्य डा आनन्द खडका, मिरिक थानाका प्रतिनिधि मानस दासलगायत विभिन्न शैक्षिक संस्थानका प्रतिनिधिहरु सहभागी थिए। बैठकमा क्षेत्रमा चलिरहेको नशालु पदार्थको ओसारपसार र सेवनमाथि नियञ्त्रण बनाउन, विद्यार्थीहरुले भोग्न परिरहेको ट्राफिक समस्याको समाधान गर्न लगायत शिक्षासँग सम्बन्धित अन्य समस्याहरुको निराकरणबारे चर्चा भएको थियो। क्षेत्रका विद्यार्थीवर्गको हित अनि शैक्षिक विकासको निम्ति बैठकमा उपस्थित सबै पक्षले आ आफ्नो प्रकारले पहल र सहयोग गर्ने कुरामा सहमति प्रदान गरेका छन। विद्यार्थीवर्गलाई नैतिक अनि सामाजिक दायित्वहरुप्रति सचेत र जागरुक बनाउन युवा मोर्चाले आगामी अप्रेल महिनाको पहिलो सप्ताहमा एउटा संगोष्ठीको पनि आयोजना गरिने बैठकमा तय भएको छ। बैठकमा आफ्नो विचार प्रकट गर्दै मिरिक कलेजका प्राचार्य डा आनन्द खड्काले युवा मोर्चाको यस पहललाई स्वागतयोग्य बताएका छन।
Related Posts:
Hill protest plan after party meet Delhi plea to call off strikesDarjeeling, March 5: Gorkha Janmukti Morcha leaders today said they had told Union home minister Sushil Kumar Shinde in Delhi that a decision to withdraw the statehood agitation would be taken only after a central committee m… Read More
Deb hits out at CongressSiliguri, March 5: Minister Gautam Deb today said the Congress was playing with fire for narrow political gains in the hills by hobnobbing with the Gorkha Janmukti Morcha. Deb’s jab at the Congress came on a day when Morcha … Read More
Trinamul plans hill meeting in protest season - Gurung to visit Delhi today to meet President and home ministerMarch 3: The Trinamul Congress has decided to hold a public meeting in the third week of March either in Mirik or Kalimpong at a time when the Gorkha Janmukti Morcha has announced a slew of strikes to boost its statehood move… Read More
Strike cloud on hill soccer meet Organisers cite unavailability of St Joseph’s grounds and playersDarjeeling, March 7: The All India Brigade of Gurkha Gold Cup, believed to be one of the popular soccer tournaments in north Bengal, has been postponed, the vice-president of the organising committee said here today citing th… Read More
कालेबुङमा पत्रकार सम्मेलन भवनकालेबुङ, ८ मार्च| कालेबुङका श्रमजीवि पत्रकार समुहको नयॉं कार्यालयको आज औपचारिक उद्घाटन गरियो| महकुमा अधिकारी एलएन शेर्पाको बाहुलीबाट कार्यलयको उद्घाटन गरिएको थियो| यस अवसरमा महकुमा अधिकारी एलएन शेर्पा प्रमुख अतिथि थिए भने गोर… Read More
0 comments:
Post a Comment