11 Mar 2013
बिग्रदो कानुन व्यवस्थालाई ध्यानमा राखेर पहाडमा सुरक्षा बल तैनाथ
प्रज्ज्वल छेत्री
कालेबुङ, 9 मार्च।
दार्जीलिङ पहाडमा अन्ततः सीआरपीएफ आउने नै भयो। तृणमूल नेतृत्वहरूमाथि भएको आक्रमणपछि पहाडमा कानून व्यवस्था ब्रिग्रिएर गएकोले सरकारले दुइ कम्पनी सीआरपीएफ पठाउने भएको कुरा आज जिल्ला प्रशासनलाई सूचित गरेको छ। कालेबुङ आइपुगेका दार्जीलिङ जिल्ला पुलिसका अधिक्षक कुनाल अग्रवालले यो जानकारी गराएका हुन्। उनले भने, पहाडमा दुइ कम्पनी सीआरपीएफ आउने कुरा सरकारले हामीलाई सूचित गरेको छ। एउटा कम्पनी आइतबार बेलुकी पहाड आइपुग्नेछ भने अर्को कम्पनी सोमबार बिहान आउनेछ। पश्चिम मिनदापूरबाट ब्रेभो 50 अनि इको 66 नामक दुइवटा कम्पनीलाई पहाडमा तैनाथ गरिने भएको छ। दुई कम्पनीमा 240 जना सीआरपीएफ जवानहरू सामेल रहनेछन्। उनीअनुसार, अघिबाटै पहाडको तीनवटै महकुमामा गरेर दुइ-दुइ प्लाटुन आइआरबी अनि र्याफ तैनाथ गरिएको छ। ‘पहाडको बिग्रदो कानुन व्यवस्थालाई ध्यानमा राखेर नै सुरक्षा बल तैनाथ गरिएको हो’-उनले भने, ‘सीआरपीएङ्गको तैनाथी जिल्ला पुलिसको मागमा नभएर पहाडको वर्तमान स्थितिको रिपोर्ट हेरेर केन्द्रले नै तैनाथ गरेको हो।’
तिनले तृणमूल नेता आक्रमणकाण्डमा आज थप एकजना आरोपीलाई पक्राउ गरिएको जानकारी पनि दिएका छन्। एफआईआरमा नाम दर्ता भएका चारजनामध्ये एक दिपेश दाहाललाई आज पुलिसले पक्राउ गरेको हो। यसबाहेक एफआइआरमा नाम दर्ता भएका अन्य आरोपीहरूको खोजी कार्य पुलिसले जारी राखेको उनले बताए। तृणमूल नेतृत्वहरूमाथि भएको हमलाकाण्डलाई केन्द्र गरेर आङ्गूहरूमाथि कुनै राजनैतिक दवाब नरहेको बताएपनि पहाडमा बढ्दो अगणतान्त्रिक क्रियाकलापको कारण शान्ति श्रृंखला बनाइराख्ने जिम्मावारी भने आफूहरूलाई रहेको उनले बताए। यसरी नै, आज दार्जीलिङ रेञ्जका डीआइजी दमयन्ती सेन पनि कालेबुङ आइपुगेकी थिइन्। उनले यहॉंको 8 माइलस्थित पुलिस गेष्ट हाउसमा पुलिस अधिक्षक अनि स्थानीय पुलिस अधिकारीहरूसित प्रशासनिक स्तरीय बैठक गरे। ‘डीआइजी सेनले यहॉंको कानुन व्यवस्थाको जानकारी लिइन्। कलकत्ताबाट ङ्गर्किने क्रममा उनी कालेबुङ आएकी हुन्। दार्जीलिङ अनि खरसाङपछि आजको कालेबुङ भ्रमण उनको रुटिन भिजिट हो’-कुनाल अग्रवालले भने। पहाडमा शान्ति सुरक्षा बनाइराख्न आवश्यक परे कठोर कार्वाही गरिने पनि उनले बताएका छन्। वर्तमान पहाडमा अहिले कानुन व्यवस्थाप्रति मानिसहरूको गुनासो धेरै छ। यस सम्बन्धमा उनले भने, पहाडमा अहिले पुलिस अधिकारीहरूको संख्यामा कमि आएको छ। तर अहिले भिलेज पुलिस, महिला कन्सटेबल आदिको नियुक्ति पनि भइरहेको छ। यस कारणले चॉंडै कानुन व्यवस्थालाई सुदृढ़ बनाउन हामी भरसक प्रयास गरिरहेका छौं।
यसरी नै यहॉंको इष्टमेनरोडमा भएको हत्याकाण्डलाई अहिलेको परिस्थितिले ओझेलमा नपार्ने भन्दै यस हत्याकाण्डलाई टुङ्गो लगाउन पुलिस लागिपरेको उनको भनाइ छ। उनीअनुसार यस हत्याकाण्डका दोषीहरूलाई खोजी निकाल्न पुलिस प्रशासन प्रयासरत् छ। यसरी नै सुदुरवर्ती क्षेत्रहरूमा अपराधिक घटनाहरू दैनिक रुपमा बढिरहेकोले लाभा लोले गाउँमा चाडै पुलिस चौकी राखिन प्रस्ताव पठाइसकेको उनले जनाए। आवश्यक परे अन्य सुदुरवर्ती क्षेत्रहरूमा पनि पुलिस चौकी राखिने भएको छ।
Related Posts:
निराश छन् विधायक डा. छेत्री कालेबुङ, 26 फरवरी (प्रदीप लोहागुण)ः- केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एक… Read More
नेपाल भुकम्प पीडितको लागी सङ्गीत कालेबुङ, 23 जुन। (प्रदीप)ः- 78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलक… Read More
कालेबुङको भू-भाग 2007 सालको सन्धिले स्पष्ट पारेको छ, राष्ट्र विरोधीको विवाद आफ्नै जातीलाई दोषी बनाउनु मात्र हो - जेबी राई कालेबुङ, 31 जनवरी। गोर्खा जनमुक्ति मोर्चा एव जीटीए चिफ बिमल गुरूङले कालेबुङको भू-भाग भुटानको रहेको भन्दै भारत सरकारले यस प्रति पदक्षेप लिने अपिल गरेका थिए। गुरूङको यस प्रकारको बयान छापामा आउनसाथै दार्जीलिङ पहाड़लगायत राज… Read More
BHARATIYA GORKHA PARISANGH WRITES TO HOME MINISTRY TO STOP EVICTION OF GORKHAS BY ILP ACTIVISTS IN MANIPURSiliguri, August 25, 2015: Disturbed by reports that Gorkhas of Manipur were being forced to leave their homes by activists agitating for the implementation of the Inner Line Permit System in the state, the Bharatiya Gorkha … Read More
“पिरती आफै हुँदोर’छ” प्रेमको मूल्य स्थापित गर्ने हूक्यर्सको प्रयास" कालेबुङ, 14 फरवरी। समाजमा मनवीय प्रेमको मूल्य फर्काइल्याउन हूक्यर्सले भेलेनटाइन डेलाई आज विशेष प्रकारले पालन गरेको थियो। हुन त हूक्यर्सले प्रत्येक वर्ष नै प्रेम दिवस पालन गर्दै आइरहेको हो। तर, यस चोटी भने उक्त संस्थाले समाज… Read More
0 comments:
Post a Comment