15 Mar 2013
मोर्चा नेताहरुको नाममा वारन्ट
कालेबुङ, १४ मार्च|
गोजमुमोको आन्दोलनकालमा लागेको मुद्दाहरूमा हालै कालेबुङ कोर्टले १३५ जना मोर्चा कार्यकर्ताहरू विरूद्ध वारन्ट जारी गरेको छ| लामो समयदेखि कालेबुङ कोर्टमा चलिरहेको आन्दोलनकालका मुद्दाहरूका आरोपीहरूले उपस्थिति नजनाएपछि सो वारन्ट जारी गरिएको हो| कालेबुङको एडिशनल चिफ ज्यूडिसिल मेजिट्रेटले वर्ष २००९-१० का विभिन्न मामिलाहरूमा आरोपीहरूविरूद्ध वारन्ट जारी गरेको छ| यी विभिन्न मामिलाहरूमध्ये जीआर १२७/०९ मा नै धेरजसो अभियुक्तहरूको नाममा वारन्ट छ| आन्दोनकालमा भएको सरकारी अनि निजी सम्पतीहरूको आगजनी, तोडफोड र नोक्शान पुर्याएको अभियोगमा मोर्चाका कैयौं कार्यकर्ता र समर्थकहरूविरूद्ध मामिला दर्ता गरिएको थियो| सोही मामिला सम्बन्धी कालेबुङ अदालतमा चलिरहेको सुनुवाइको अवधीमा नियमित रुपले उपस्थित नहुने आरोपीहरूविरूद्ध गत सातादेखि वारन्ट जारी गर्ने काम शुरु भएको छ| मोर्चाका कूल १ सय ३५ जना आरोपीहरूमध्ये नेतृत्व पङ्क्तिका सभासद् निमा तामङ्ग, सभासद् डा. आरबी भूजेल, फुनुर शेर्पा, तोपदेन भोटिया, रुदेन लेप्चा, पासङ्ग तामाङ्ग, सञ्चबीर सुब्बा आदिको नाममा वारन्ट जारी गरिएको छ| स्मरण गराइन्छ, ४४ महिनासम्म गोजमुमोले गरेको आन्दोलनकालमा दलका नेतृत्वदेखि साधरण समर्थकहरूलाई विभिन्न मामिलाहरूमा मुद्दा लागेको छ| पछिबाट राज्य अनि केन्द्र सरकारसित भएको जीटीए सम्झौतामा पुलिसले गरेको जम्मै सरकारी मुद्दाहरू माफी गरिने कुरा उल्लेख छ| तरैपनि यी मुद्दाहरू माफी नभएपछि गोजमुमोले सरकारसित अस्तुष्टि जनाउँदै आइरहेको थियो| यस्तैमा अहिले राज्य सरकारसित सम्बन्ध बिग्रिएकै अवस्थामा पुराना मुद्दाहरूमा मोर्चाका सयौं कार्यकर्ताहरू विरूद्ध वारन्ट जारी गरिएको छ| वारन्टमा नाम हुने आरोपीहरूको खोजी अभियान पुलिसले जारी राखेको छ| अहिले सीआरपीएफको सहायता लिएर पुलिसले रेड गरिरहेको छ|
Related Posts:
Tripartite talks positive Darjeeling 21 Nov 2013 With the Gorkha Janmukti Morcha’s relations with the state government back to warm terms, things ahead are looking bright more so as today’s tripartite meeting in Kolkata concluded on a c… Read More
Civic society must for socio-political change: MP Lama PRADIP LOHAGUN KALIMPONG 20 Nov 2013 Noted academician Dr. Mahendra P Lama, who will contest the 2014 Lok Sabha polls as an independent candidate, says the hill society must step forward for political and… Read More
Teesta GP merger demand picks up pace KALIMPONG 21 Nov 2013 The demand for merging six Gram Panchayat areas to form a Block Development Office in Teesta by residents in and around the Teesta GP area has started picking up momentum. Several polit… Read More
Teesta residents form NKVGS to pursue block demand KALIMPONG 20 Nov 2013 Political parties in Teesta town and its surroundings have joined hands demanding the formation of a Block Development Office in town. Residents, along with party workers, have formed a… Read More
Leaders apathetic toward environment issues, says conservationist Darjeeling 21 Nov 2013 Noted academician, environmentalist crusader and writer Ajay Singh Rawat has lamented the apathy of politicians in including environmental concerns in their political manifesto while citi… Read More
0 comments:
Post a Comment