13 Mar 2013
पहाडमा सीआरपीफः पर्यटन व्यवसाय सितै जनजीवन प्रभावित
प्रज्ज्वल छेत्री
कालेबुङ, १२ मार्च|
पहाडमा सीआरपीफको तैनाथीलाई लिएर राजनैतिक माहोलसितै साजामिक परिवेश पनि गर्मिएको छ| दार्जीलिङ र कालेबुङ महकुमामा दुइ कम्पनी केन्द्रिय अर्धसैनिक बलको तैनाथीसितै पहाडका राजनैतिक एवं गैरराजनैतिक सङ्घ-संस्थाहरूले विभिन्न प्रतिक्रिया गर्न थालेका छन्| एकातिर, विभिन्न शैक्षिक संस्थानहरूको वोर्ड परीक्षा चलिरहेको छ भने अर्कोतिर हत्या, हिंशा र राजनैतिक तरलताको माहोल छ| राज्य सरकारसित पहाडको सत्तासिन दल गोर्खा जनमुक्ति मोर्चाको सम्बन्ध चिसिएपछि पहाडमा सीआरपीएफ भित्रिने सम्भावनाले बल पाएको हो| उक्त सम्भावनालाई तृणमूल कङ्ग्रेस कर्मीहरूमाथि भएको हमलाले थप टेवा पुग्यो| तृणमूल कर्मीहरूमाथि कोलेबुङमा भएको हमलाकाण्डको पॉंचौं दिन सीआरपीफ पहाड भित्रियो| सीआरपीफको तैनाथीसितै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले सुरक्षा बलकोे आड लिएर तृणमूलले आफ्नो दलीय विस्तारको रणनीति अघि ल्याएको भन्ने आरोप लगाएका छन् भने पहाडका सङ्घ-संस्था अनि मोर्चाकै भातृ सङ्गठनहरू पहाडमा वर्तमानमा सीआरपी ल्याउनुपर्ने स्थितिमा थिएन भन्ने पक्षमा छ| सीआरपीफ तैनाथीकै विषयलाई केन्द्र गरेर हिजो विद्यार्थी मोर्चा लगायत विभिन्न स्कूलका प्रमुखहरूले महकुमा अधिकरी लगायत अतिरिक्त पुलिस अधिक्षकसित भेट गरेका छन्| परीक्षाको समय रहेकोले विद्यार्थीहरूको अध्ययनमा प्रतिकूल प्रभाव पर्नसक्छ भन्दै विद्यालय प्रमुखहरूले सीआरपीफ परिचालन गर्दा संयमता अप्नाइदिने अनुरोध सम्बन्धित अधिकारीहरूसित गरेका छन्| यसरी नै विद्यार्थी मोर्चाले सीआरपीफ तैनाथीले परीक्षार्थीहरूमा नकरात्मक प्रभाव पर्ने भन्दै सरकारद्वारा गरिएको सीआरपीएफ तैनाथीको निर्णयलाई फिर्ता लिनुपर्ने माग गरेको छ| सीआरपीफ तैनाथीको समर्थनमा पहाड तृणूमूल, गोर्खालीग र पिपल्स फोरम उभिएको छ भने पहाडकै दोस्रो शक्तिशाली दल भनिने गरेको क्रामाकपाको मत भने अन्य दलहरू भन्दा भिन्न रहेको छ| क्रामाकपा नेतृत्वहरूको दावीअनुसार, पहाडमा वर्तमान समय गणतान्त्रिक माहोल छैन| कुनै पनि राजनैतिक एवं गैरराजनैतिक क्रियाकलापमा हस्तक्षेप हुने गरेकोले पहाडको शान्ति सुरक्षालाई सुदृढ गर्न जरुरी रहेको उनीहरूको मत छ| यद्यपि, पहाडको शान्ति सुरक्षा फर्काइल्याउन राज्यकै पुलिस प्रशासन सक्षम रहेको र पुलिस प्रशासनले आफ्नो कर्तव्य इमान्दारीपूर्वक निभाओस् भन्ने क्रामाकपा चाहन्छ| यसको निम्ति सीआरपीएफ तैनाथीको आवश्यकता छैन भन्ने क्रामाकपाको धारणा छ| यसरी राजनीति र गैर-राजनैतिक खेमाबाट विभिन्न आशय र आशंकाको अभिव्यक्तिहरू अघि आइरहे पनि सीआरपीफ तैनाथी भने पहाडमा भइसकेको छ| सीआरपीफ तैनाथीको पछि राज्य सरकारको नियत शान्ति सुरक्षा मात्र हो या अन्य केही यसको लेखाजोखा भविष्यले गर्ला तर सीआरपीफ तैनाथीसितै पहाडको जनजीवनमा भने आशंका र त्रासको माहोल बढेको छ| कालेबुङ शहरको मुख्य स्थानहरूमा सॉंझ नपर्दै मानिसहरूको भीड पात्लिन थालेको छ भने फुटपातमा राखिने रात्रीकालीन पसलहरूमा ग्राहकहरूको संख्या न्यून बन्दै गएको छ| मेनरोडमा अवस्थित कतिपय रेस्टुरेन्टहरूमा जहॉं रातको समयमा नै धेरै ग्राहकहरूको भीड देखिन्थ्यो भने ती रेस्टुरेन्टहरूमा पनि ग्राहक संख्या घटेको केही रेस्टुरेन्ट सञ्चालकहरूले बताएका छन्| अर्कोतिर, पहाड भित्रिने पर्यटकहरूमा पनि सीआरपीफ तैनाथीको प्रभाव देखिएको छ| सीआरपीफ तैनाथीको समाचार आम बनेलगत्तै समतल क्षेत्रबाट पहाड चड्ने पर्यटनकहरूको संख्यामा अचानक कमि आएको पर्यटन व्यसायहरूको भनाइ छ| एक समय राज्यकै मुख्यमन्त्री ममता व्यानर्जीले स्वीटजरल्याण्ड बनाउछु भनेर घोषणा गरेको दार्जीलिङमा शान्ति सुरक्षाको स्थिति अचानक खस्किँदा केन्द्रिय सुरक्षा बल तैनाथी गर्नुपर्ने स्थिति आएपछि दार्जीलिङको भविष्य कता जॉंदैछ यो नै अहिलेको गम्भिर प्रश्न बनेको छ|
Related Posts:
महिला हिंसाविरुद्ध र्याली र सङ्गोष्ठीकालेबुङ, 18 मई। अल इण्डिया वुमेन्स कनफेरेन्सको कालेबुङ शाखाले आज महिला हिंसाविरुद्ध विद्यमान कानूनी प्रावधानहरुबारे जानकारी प्रदान गर्न एक सङ्गोष्ठी साथै शहरमा एउटा सचेतना र्यालीको आयोजना गरेको थियो। विभिन्न शैक्षिक संस्थानक… Read More
छापामा आएको खबर असत्य-हिल तृणमूलकालेबुङ, १७ मई| बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई भेट्न नपाउँदा हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू निराश बनेका छन् भनेर कतिपय मिडियाले गलत प्रचार गरेको आरोप हिल तृणमूल महिला सङ्गठनका प्रमुख ननिता गौतमले लगाएकी छन्| आज … Read More
No-trust dare to TrinamulSiliguri, May 17: The Congress today challenged Trinamul to move a no-trust motion against Siliguri municipal corporation mayor Gangotri Datta if it was not satisfied with her work rather than preventing her from discharging … Read More
Career fairSiliguri, May 17: Several universities ad colleges from across the country will set up stalls at career fairs that will be organised in Gangtok, Darjeeling and Siliguri by SAPE Events and Media Private Limited in association … Read More
ग्राम पञ्चायत चुनाउः पहाडमा कहिले?प्रज्ज्वल छेत्री कालेबुङ, 18 मई। गोरामुमोले जस्तो दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गोर्खा जनमुक्ति मोर्चाले गराउन चहॉंदैन। मोर्चा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने पक्षमा छ, जो जीटीए सम्झौतामा पनि उल्लेख छ। गोर्खा जनमुक्ति म… Read More
0 comments:
Post a Comment