13 Mar 2013
कालेबुङ अनि खरसाङलाई अलग जिल्ला बनाउनुपर्ने गोरानिमोको माग
कालेबुङ 12 मार्च
कालेबुङ अनि खरसाङलाई अलग जिल्ला बनाउनुपर्ने मागमा आज पोस्टर टास्ने अनि पर्चा वितरण गर्ने कार्य गरेको छ|
गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले तराई-डुवर्सका क्षेत्रहरू अन्तर्भुक्त गरेर कालेबुङलाई अलग जिल्ला घोषणा गर्नुपर्ने अनि सिलगड़ीका केही स्थानहरूलाई गोभेर खरसाङलाई पनि अलग जिल्ला बनाउनुपर्ने माग गरेको छ| आज यसा मागमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले अपीलसितै पोस्टर टास्ने अनि पर्चा वितरण गर्ने कार्य गरेको छ| दार्जीलिङ जस्तो आधा जिल्लाभएको ठाउँलाई लिएर छुट्टै राज्यको गठन सम्भव नरहेको गाोनिमो ठान्छ| यसैले शहरमा पर्चा वितरण कार्यअवधी गोरानिमो अध्यक्ष दावा पाख्रिनले पत्रकारहरूसित कुराकानी गर्दै यसपल्टको आन्दोलन पनि दावी गरिएको भूभागमा जिल्लाको अभावको कारण नै लक्ष्यमा पुग्न नसकेको बताएका छन्| राज्य बनिनको निम्ति यतिवटा जिल्ला हुनुपर्छ भन्ने कुनै संवैधानिक प्रावधान नभएपनि केन्द्रमा अलग राज्यको कुरा गर्नपरे सँधै जिल्लाकै कुरा गर्ने गरेको उनलो बताए| साड़े ६ लाख जनसंख्या रहेको सिक्किममा ४ वटा जिल्ला अनि १० लाख जनसंख्या रहेको मिजोराममा ७ वटा जिल्ला बनाएकको उदाहरण दिँदै उनले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा तीनवटा थप दुइवटा नयॉं जिल्ला निर्माण हुनसके अलग राज्यको मागलाई थप टेवा पुग्ने बताएका छन्|
Related Posts:
Water supply resumes after fresh test decisionKalimpong, March 25: Suppliers who ferry water in town resumed their services today after the civic body decided to conduct a fresh round of tests on water from different sources.The decision was taken at a meeting last night… Read More
program on live stock management and poultry productionRANGPO-24TH MARCH12A day long program on live stock management and poultry production was organized at Darap Gram Prasaran Kendra on 23rd March 2012.The main objective behind the program was to make the people responsible t… Read More
पहाडमा मानव तस्करीको गतिविधिमा बृद्धि24 मार्च (कालेबुङ):- दार्जीलिङ पहाडमा मानव तस्करीको गतिविधिमा बृद्धि भएको घटनालाई केन्द्र गरी यसको रोकथामको दिशामा काम गर्ने सरकारी अनि गैर सरकारी संगठनका कार्यकर्ताहरुलाई चिन्तामा पारेको छ। केही दिन अघि दार्जीलिङमा देखा परेक… Read More
Plea to dissolve panelMarch 25: The Akhil Bharatiya Adivasi Vikas Parishad today said it would organise a movement from April 1, demanding immediate dissolution of the territory committee. It will also launch a “do-or-die” movement, if necessary, … Read More
जीटीएलाई विशेष आर्थिक प्याकेज दिनु पर्ने - अशोक भट्टाचार्य25 मार्च (कालेबुङ):- पश्चिम बंगालका पूर्व मंत्री अनि माकपा नेता अशोक भट्टाचार्यले जीटीएमा देखा परेको समस्यालाई हल गरी यसलाई अधिक क्षमतावान र विशेष आर्थिक प्याकेज दिएर चाढै अस्तित्वमा ल्याउनु पर्ने मन्तव्य जाहेर गरेका छन। दार्… Read More
0 comments:
Post a Comment