11 Jun 2013
रोङ्गो डिन्छेन पेमा छोइलिङ गुम्बा संरक्षणको अभावमा बन्दैछ बिरानो
कालेबुङ, 10 जून।
रोङ्गो आउने हरेक पर्यटक, बौद्ध धर्मवालम्बी एवं आगन्तुकहरूलाई यहॉंको देखाउनलायकको ठाउँ भनेको नै रोङ्गो गुम्बा हो। 1960 सालमा रोङ्गो घाप गाउँमा निर्मित यस सार्वजनिक डिन्छेन पेमा छोइलिङ गुम्पा क्षेत्रको एउटै मात्र मुख्य धार्मिक एवं पर्यटन स्थलको रुपमा परिचित छ। यहॉंको भौगोलिक अवस्थानको कारण पनि गुम्बा हेर्नलायकको बनेको हो। चारैतिरबाट उठेको पहाडको टुप्पोमा गुम्पा अवस्थित छ भने यहॉंबाट रोङ्गो, दलगाउँ, गैरिबास, झोलुङ, भूटानका मनोरम दृष्यहरू आकर्षक देखिन्छन्। हरेक वर्ष बौद्ध पूर्णीमाको दिन दलगाउँ, गैरिबास, झोलुङ, भूटान, सामसिङ, कुमाइ, तोदे, जलपाइगुडी आदि क्षेत्रबाट हजारौंका संख्यामा श्रद्धालुहरू यस गुम्बामा दर्शन गर्न आउने गरेका छन्। यस गुम्बा परिसर यति धेरै आकर्षक हुँदाहुदै पनि अहिले यस गुम्बा उचित संरक्षणको अभावमा आफ्नै ठाउँमा विरानो बन्दै गइरहेको छ। स्थानीय मानिसहरू अनुसार, घाप गाउँदेेखि गुम्बासम्म पुग्ने उकालो बाटो धेरै अपठ्यारो छ। यस गुम्बा वर्षमा एकचोटि हुने बुद्धजयन्तीसम्ममा मात्र सिमित हुनपुगेको छ। गुम्बाको भवन जीर्ण बनिसकेको छ भने शौचालय, बाहिरी सुन्दरीकरण जस्ता अनेक अभावहरूमा ध्यान दिन जरुरी रहेको उनीहरू ठान्छन्। यता गुम्बाको अवस्था दिनोदिन सोचनीय बनिरहेको देखेरे यसको संरक्षण गर्नुपर्ने वोध गर्दै हालमा गुम्बाको देखरेखको जिम्मेवारी स्थानीय युवाहरूले लिएका छन्। नवगठित कमिटीमा अध्यक्ष रिदम गुरुङ, सचिव विमान राई, कोशाध्यक्ष बाबुल मजुमदार, सह-कोशाध्यक्ष अनुप शेर्पा लगायत अन्य छऩ्। उनीहरूले गुम्पाको पुनरुद्दार गर्न जुरुरी रहेको एवं रोङ्गोको यस प्रमुख धरोहरलाई जोगाइराख्नुपर्ने दिशामा कार्य गर्ने बताएका छन्। कमिटीका अध्यक्ष रिदम गुरुङले भने, गुम्पामा दैनिक रुपमा कैयौं पर्यटक एवं आगन्तुकहरू आउने गरेका छन्। तर गुम्बाको अवस्था सोचनीय बनेको छ। यहॉं बिहान-बलुकी पूजा गर्ने लामासमेत राख्न सकिरहेका छैनौं। गुम्बाको देखरेखको निम्ति एकजना चोकिदार राख्नुपर्ने अवस्था छ। यसैले शुरुको दिनमा गम्बाको संरक्षणको निम्ति मानिसहरूबाट आर्थिक सङ्ग्रह जमा गरेर गुम्बाको अस्तित्व बचाइराख्ने आफूहरूको सोंच रहेको उनले बताए। यस गुम्बासितै धाप गाउँ मार्ग भएर जाने गोपी धामको पनि संरक्षण गर्नसके क्षेत्रमा पर्यटकहरूको संज्ञामा धेरै वृद्धि हुने कुरामा उनीहरू विश्वस्त छ।
Related Posts:
Votes apart, I need your hearts and minds: Mahendra Lama KALIMPONG 1 Nov 2013 Noted academician Dr. Mahendra P Lama, who has announced of contesting in the forthcoming Lok Sabha polls as an independent candidate, was today in Monsong for a meeting arranged by his fan… Read More
ACTIVIST ARREST ISSUE,GJM mulls meeting Narayanan Darjeeling 1 Nov 2013 The Gorkha Janmukti Morcha leadership is reportedly planning to meet Governor MK Narayanan who is currently on an 18-day visit to the Darjeeling hills. The leaders intend to seek his inter… Read More
BGP rejects People’s Forum candidate proposal KALIMPONG 2 Nov 2013 The Bharatiya Gorkha Parisangh has rejected a proposal by the People’s Forum of nominating five candidates for the forthcoming general elections. Terming the proposal “meaningless”, BGP nat… Read More
Morcha trio fail to meet Tamang Nov. 1: A Gorkha Janmukti Morcha delegation was today denied permission twice to call on arrested GTA Sabha member Binay Tamang in the Jalpaiguri district hospital. First, health officials disallowed three Morcha leader… Read More
Trinamul to speak for Sikkim in Parliament Gangtok, Nov. 1: Sikkim Trinamul Congress president P.T. Lucksum today said party MPs from Bengal would raise the issues affecting the Himalayan state in Parliament. The Sikkim unit of Trinamul was formed in September… Read More
0 comments:
Post a Comment