13 Jun 2013
पञ्चायत चुनाउ नै मौजा अन्तर्भुक्तिको मागमा निर्णायक
कालेबुङ, 12 जून।
यसचोटि हुन लागेको डुवर्सको पञ्चायत चुनाउको परिणामले नै जीटीएमा 396 वटा मौजा अन्तभुक्त गर्नुपर्ने मोर्चाको अडानलाई अन्तिम निर्णयमा पुर्याउनसक्छ। आज एक भेटमा मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीको भनाइबाट उपरोक्त आशय खुलिएको हो। डुवर्सको पञ्चायत चुनाउमा विजय भएको खण्डमा मोर्चालाई हुने राजनैतिक फाइदा अनि पराजय भएको खण्डमा भोग्नुपर्ने स्थितिबारे प्रश्न गर्दा उनले डुवर्सले पञ्चायत चुनाउमा मोर्चालाई भारी जनसमर्थन दिएको खण्डमा मौजा अन्तर्भुक्तिको मागमा धेरै फाइदा पुग्ने बताएका हुन्। उनले भने, मोर्चा डुवर्समा केवल राजनैतिक उद्देश्यले गएको होइन। डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्नको निम्ति हामी आन्दोलित थियौं। यसपल्टको पञ्चायत चुनाउमा डुवर्सकै मानिसहरूमा धेर जिम्मेवारी छ। हामी त केवल उनीहरूलाई सङ्गठित गर्ने काम गर्दैछौं। उनीहरूले मोर्चालाई समर्थन गरेर धेरभन्दा धेर मत दिनसके त्यसले 396 वटा मौजाको मागलाई सघाउ पुग्ने उनले बताए। तर डुवर्सको राजनैतिक समिकरणलाई हेर्दा मोर्चाको बिजय सजिलो नरहेको जानकारहरूको मत छ। 396 वटा मौजामा जोन बारलापन्थी झारखण्ड मुक्ति मोर्चासित मिलेर गोजमुमोले उम्मेदवार दिने हो अथवा आफ्नै उम्मेदवार दिने भन्ने सम्बन्धमा डा. छेत्रीलाई अझसम्म जानकारी छैन। ‘आदिवासी अनि मोर्चामाझ भएको बैठकमा म थिइनँ यसैले केही भन्न सक्दिन’-उनले भने। उनले अझ भनेअनुसार, डुवर्समा जातीय अस्तित्वको पनि प्रश्न भएकोले राजनीतिभन्दामाथि उठेर कार्य गर्नु जरुरी छ। जीटीएमा पस्ने कि नपस्ने भन्ने प्रश्न पनि छ। त्यस्तो अवस्थामा दावी गरिएको मौजाहरूमा मोर्चाले जीत हासिल गरे सरकारअघि फेरि डुवर्समा मोर्चाको जनाधार छर्लङ्ग हुने भनाइ उनको छ। पहिलेबाट नै डुवर्सलाई विधायक विल्सन चाम्प्रामारीलाई जिताएर जनाधार देखाइसकेको गोजमुमोले घरिघरि आफ्नो जनाधार देखाउनुपर्ने वाध्यताबारे प्रश्न गर्दा उनले भने, त्यो समयमा जिताएकै हौं। तर त्यसबेला श्यामल सेन कमिटीले बद्मासी गर्यो। हामी बहुसंख्यक भएको ठाउँमा अल्पसंख्यकमा देखाएको छ। कमिटीको रिपोर्ट अन्यायपूर्ण थियो। यसैलै फ्याक्ट भेरिफिकेशन कमिटीले जमिनी यथार्थ बुझेर भेरिभेकिसन गर्नुपर्ने माग हामीले गरेका छौं। जहॉं क्याइरेटिया पुग्छ त्यहॉं पनि उनीहरूले मौजा दिन मन गरेको छैन। किनभने बङ्गालले एउटै पनि जमिन जीटीएलाई दिन चाहँदैन। उनले अझ भेनअनुसार, बङ्गालले जम्मै प्रकारले षड्यनत्र लगाएर पनि डुवर्सको भूभाग आफैसँग राख्न चाहन्छ। त्यसैले उनीहरूले श्यामल सेनलाई छानेको अनि फ्याक्ट भेरिफिकेशन कमिटीले झनै कामै नगरेको परिस्थिति रहेको उनले बताए। अहिले तृणमूल कङ्ग्रेसले पनि डुवर्समा आदिवासीसित मिलेर चुनाउ लड्नुे रणनीतिलाई षड्यन्त्रपूर्ण भन्ने निमिल्ने भन्दै राजनीतिमा साम, दाम, दण्ड. भेद जम्मै लागु हुने बताए।
Related Posts:
Madan kill accused in GTA frayVIVEK CHHETRI Bimal Gurung, Dipen Ma… Read More
मोर्चाको प्रार्थीहरुको चयन प्रक्रिया शुरु3 जुलाई (कालेबुङ):- गोजमुमो अध्यक्ष बिमल गुरुङले जीटीए चुनाउको निम्ति आफ्नो दलका प्रार्थीहरुको चयन प्रक्रिया शुरु गरेका छन। गुरुङले सोमबार दार्जीलिङमा सम्पन्न पार्टी कार्यकर्ताहरुको भेलाबीच दलका युवा कार्यकर्ता दीपेन मालेला… Read More
Surprise in Sikkim House - Rebel SDF leader Golay in Assembly for the first time after 2009NIRMAL MANGAR Golay in the Assembly on Monday. Picture by Prabin Kh… Read More
Barla-Trinamul merger in air - Ruling party ‘best’ optionBIRESWAR BANERJEE AND AVIJIT SINHA John Barla… Read More
Gurung takes dig at TrinamulAVIJIT SINHA A view of the Darjeeling hills on a cloudy Monday from… Read More
0 comments:
Post a Comment