13 Jun 2013
सिक्किमको राजनीतिसित मोर्चालाई सरोकार छैन-डा. छेत्री
कालेबुङ, 13 जून।
सिक्किम विधानसभामा पारित भएको गोर्खाल्याण्को प्रस्ताव केन्द्र सरकारसम्म नपठाएको सन्दर्भमा भइरहेको विभिन्न टिका टिप्पणीहरूबीच आज मोर्चाका प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले प्रतिक्रिया जाहेर गरेका छन्। पत्रकारहरूको प्रश्नमा उनले अर्को राज्यको राजनीतिसँग आफूहरुलाई कुनै सरोकार नरहेको बताउँदै राजनीतिमा कुनै पनि बयानको सोझो अर्थ निकालेर टिप्पणी गर्नु ठीक नहुने बताए। उनले भने, सिक्किम सरकारले गोर्खाल्याण्ड गठनको प्रस्ताव पारित गर्यो। यसमा हामी खुशी छौं। एकाअर्काको भावनात्मक सम्बन्धलाई ध्यानमा राखेर सिक्किम सरकारले हामीलाई सघाएको हो। त्यसभन्दा उता सिक्किमले सघाएर पनि हाम्रो आन्दोलन अघि बढ्ने होइन। यो हामीले नै गर्नुपर्ने आन्दोलन हो। उनले अझ भनेअनुसार, सिक्किम सरकारलले गोर्खाल्याण्डको प्रस्ताव केन्द्र सरकारसमक्ष पठाएको छ छैन आफूलाई सत्यता थाहा नभएकोले टिप्पणी गर्न नमिल्ने बताए। ‘यो कुरा समाचार पत्रहरुमा छापामा आए पनि कति सत्य छ भन्ने मलाई थाह छैन’-पत्रकारहरूले सोधेको प्रश्नको जबाब दिँदै उनले भने। सिक्किम सरकारले गोर्खाल्याण्डको प्रस्ताव पारित गरेको थाहा पाएपछि आफूहरु खुशी भएको बताउँदै उक्त सघाव केवाल भावानात्मक सम्बन्धै कारण हो भनि जनाए। सिक्किमले नसघाएको खण्डमा पनि गोर्खाल्याण्ड गठन हुँदैन भन्ने कुरामा आफूलाई विश्वास नरहेको उनले बताए। अलग राज्य गोर्खाल्याण्ड गठनको निम्ति मोर्चाले अन्य राज्यहरुमा पनि गोर्खाल्याण्डको प्रस्ताव पारित गर्नुपर्छ भनेर विभिन्न राज्यका नेताहरुलाई भेट्ने कार्य गरेको थियो। यस सन्दर्भमा उनले उक्त कार्य केवल विभिन्न राज्यहरुमा छरिएर बसेका गोर्खाहरुलाई सङ्गठित पार्ने कार्य मात्र गरको जनाए। अहिलेघरी आफूहरु जनतालाई देखाएको सपना पुरा गर्नको निम्ति व्यस्त रहेको समयमा अन्य कुराहरुमा भुलिने फुर्सद नरहेको पनि उनले बताएका छन।
Related Posts:
Mamata to tap Morcha for RS pollsMamata, BimalMarch 21: Mamata Banerjee today invited Gorkha Janmukti Morcha president Bimal Gurung to meet her in Calcutta on March 24 apparently to seek his party’s support for the March 30 Rajya Sabha polls.Trinamul leaders… Read More
fake domicileRANGPO-20THMARCH12 Out of 31180 fake certificate of identifications holders official statement of land revenue department some years ago the department is in position to furnish only 212 names only is a same full for the… Read More
Darjeeling lawyers on two-day strikeDarjeeling, March 19: The Darjeeling Bar Association here has called a two-day “cease-work” in the district court from tomorrow to press for the relocation of the special CBI court to the hill town.This means, no advocate, ex… Read More
PM pledges hill solution - Darjeeling MP seeks funds for GTA regionManmohan Singh and Jaswant Singh in the Lok Sabhaon Monday. (PTI)New Delhi, March 19: Manmohan Singh today promised in Parliament that a “practical and viable solution” to the situation in the Darjeeling hills would be found … Read More
Morcha rails at CM for hill ‘neglect’MamataSiliguri, March 20: The Gorkha Janmukti Morcha today said Mamata Banerjee was “too occupied” with the railway ministry and appealed to people to decide if the new government had solved the Darjeeling issue as claimed by… Read More
0 comments:
Post a Comment