11 Jun 2013
कालेबुङमा फस्टिँदैछ पर्यटन व्यवसाय यसवर्ष देशी पर्यटकहरूको उत्साहजनक उपस्थिति
कालेबुङ, 10 जून।
विगत वर्षहरूको तुलनामा यसवर्ष कालेबुङमा देशी पर्टटकहरूको उपस्थिति उत्साहजन रहेको छ। सम्बन्धित पक्षका मानिसहरूसितको कुराकानीले खुलाएअनुसार यस बर्षको जनवरी महिनादेखि नै शुरु भएको पर्यटकहरूको संख्या अप्रेलको पहिलो सातादेखि धेर बढ्न शुरु भएको हो। होटल एण्ड रेष्टुरेन्ट एसोसिएशन अफ कालिम्पोङ (होर्याक)-की अध्यक्ष संजोगिता सुब्बाअनुसार पनि कालेबुङ भेकमा यसचोटि देशी-विदेशी पर्यटकहरूको आगमनमा निक्कै वृद्धि भएको छ। देशी-विदोशी पर्यटकहरूले कालेबुङ घुम्न मन पराउने गरेको तिनको भनाइ छ। कालेबुङको नातिशितोष्ण जलवायु अनि अन्य शहरहरूको तुलनामा भीडभाड र सॉंघुरोपन कम भएकोले पनि पर्यटकहरू यता आउन मन पराउने गरेको उनको भनाइ छ। यद्यपि, कालेबुङमा पर्याप्त पर्यटनस्थलहरु छैन। सरकारी निकायद्वारा स्थापित पर्यटनस्थलहरूको कमी रहेकोले यस दिशामा सरकारी संस्थानले धेरै पूर्वाधार निर्माण गर्नु पर्ने अवश्यकता रहेको तिनको भनाइ छ। यसबाहेक क्षेत्रिय प्रशासनले बेमौसममा पर्यटन उत्सवहरूको आयोजना गर्नको साटो पर्यटन मौसमकै छेक पारेर यस्ता उत्सवहरूको आयोजना गर्ने गरे पर्यटकहरू झनै आकर्षित हुने तिनको विचार छ। पहाडको पर्यटनमौसमलाई ध्यानमा राखेर बर्षभरि नै पुष्प उत्सव. सुन्तला उत्सव, ग्रामिण अनि हस्तकला प्रदर्शनीहरुको आयोजना गर्न सकिने होर्याककी अध्यक्ष संजोगिता सुब्बाले सुझाउ दिएकी छन। यता डेलो टुरिष्ट लजकी कर्मचारी रिङ्कू भोटिया अनुसार पनि यो बर्ष देशी पर्यटकहरूको संख्यामा निकै बृद्धि भएको छ। डेलो टुरिष्ट लजमा मात्र दैनिक अढाइदेखि तीन सय पर्यटकहरूले भ्रमण गरिरहेको उनको भनाइ छ। यसरी नै, यहॉंको शहरी अनि ग्रामीण क्षेत्रका पर्यटनस्थलहरूमा पनि यसपल्ट पर्यटनहरुको अप्रत्यासित आगमन भएको तथ्याङ्क अघि आएको छ। यहॉंका एकना गाइडअनुसार, कालेबुङ शहरी क्षेत्रमा डेलो, दुर्पिन, मोर्गेन हाउस, हनुमान मन्दीर साइन्स सेंटर, पाइनभ्यु क्याक्टस नर्सरी, पार्क, सिंहवाहिनी मन्दीर, रेली आदि प्रमख पर्यटनस्थल हुन्। यी पर्यटनस्थलहरू अझ वृृद्धि हुनसके कालेबुङमा पर्यटन व्यवसाय धेरै फस्टाउनसक्ने भनाइ उनरको छ।यसरी नै, ग्रामिण क्षेत्रहरूमा लाभा, लोलेगॉंउ, रिसाप, कफेर, रेशी, सिल्लरीबस्तीजस्ता क्षेत्रहरूमा विस्तार भइरहेको इकोटुरिजमले घरेलु पर्यटकहरूलाई आकर्षित पारिरहेको छ।
Related Posts:
Darjeeling stares at showdown - Morcha and rival GNLF line up programmes in Mirik and Garidhura todayDarjeeling, April 4: The Gorkha Janmukti Morcha is racing to organise events at Garidhura and Mirik where its rival, the GNLF, has already scheduled its foundation day celebrations tomorrow.The synchronisation of the two part… Read More
Summons for ‘health’ TC to student - Boy dismissed with ‘unfit’ tagGangtok, April 4: The Sikkim State Commission for the Protection of Child Rights today asked the principal of a school to appear before it after a transfer certificate was issued to an 11-year-old boy on health grounds within… Read More
Cong trade union seeks freeze on GTA launchSiliguri, April 4: The Intuc today asked the Bengal government to put on hold the formation of the Gorkhaland Territorial Administration till a decision was reached on the territorial jurisdiction of the hill body.The trade u… Read More
Fast off after Partha wordDarjeeling, April 4: Seven workers of a shut garden here suspended their hunger strike today, reportedly after assurances from industries minister Partha Chatterjee and following “positive” results on their demand that the le… Read More
Body handed to US friendsGangtok, April 4: The body of Tshering Rinzing Bhutia, who was among the seven shot dead in a California college on Monday, has been handed over to his friends there, his relatives have said.Bhutia’s relatives at his hometown… Read More
0 comments:
Post a Comment