Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

16 Apr 2014

गोर्खा भारती विचार मञ्चको चुनाउ आयोगमा आपत्ती

कालेबुङ, 16  अप्रेल।
एकातिर भारतवर्षलाई विश्वको सबैभन्दा महानतम् गणतान्त्रिक राष्ट्र भनेर देशवासीहरूले नाक घोक्र्याउँछन् अनि गणतन्त्रको सबैभन्दा ठुलो पर्वको रुपमा चुनाउलाई मान्छन्।
लोकतन्त्रको मूलाधार नै चुनाउ हुनाले सम-सामयिक रुपमा सम्पन्न हुने मतदानहरूलाई सफलतापूर्वक अनि सार्थकतासित सञ्चालित गराउन चुनाउ आयोगले अर्बौँ रुपियाँ खर्चेर देशवासीहरूलाई मताधिकारको प्रयोग गर्ने विषयमा जागरुक गराउँछ भने अर्कोतिर कतिपय यस्ता व्यक्तिहरू जसलाई युवाहरूले आफ्नो आदर्श ठान्ने गर्छन् उनीहरू देशबाहिर गएर मनोरञ्जनात्मक कार्यक्रमहरूमा भाग लिइरहेका हुन्छन्। यसै विषयलाई मध्यनजर गरेर गोर्खा भारती विचार मञ्चले आज १६ अप्रेलका दिन भारतको चुनाउ आयोगसमक्ष आपत्ती जाहेर गर्दै पत्राचार गरेको छ। गोभाविम-ले चुनाउ आयोगलाई पठाएको इ-गुनासोमा आजदेखि शारजाहमा सम्पन्न भइरहेको इन्डियन प्रिमियर लिग क्रिकेटप्रति ध्यानाकर्षण गरेको छ। आईपीएल महत्त्वपूर्ण हो कि राष्ट्रिय चुनाउ भन्ने शिर्षकमा गोभाविम-का चिन्तक सी.के. श्रेष्ठले प्रश्न तेर्स्याउँदै भनेका छन्, प्रत्येक राष्ट्रिय चुनाउले हामीलाई विश्वको सबैभन्दा महान् अनि शक्तिशाली गणतान्त्रिक देशको नागरिक हुन पाएकोमा गर्व गराउँदछ। चुनाउको माध्यमद्वारा नागरिकहरूले राष्ट्रिय प्रशासनमा सहभागी हुन पाउँछन्। यसपालि पनि चुनाउ आयोगले विभिन्न सरकारी अनि गैर-सरकारी सङ्गठनहरूसित मिलेर संयुक्त रुपमा देशको प्रत्येक नागरिकले मतदानमा अधिकभन्दा अधिक भाग लिएको सुनिश्चित गर्न भरमग्दुर प्रयास गरिरहेको छ। यसपालिको चुनाउमा अधिकाधिक युवा मतदाताहरूले अंशग्रहण गर्ने सम्भावना पनि देखा परेको छ। तर अर्कातिर एउटा पीड़ादायक स्थिति के छ भने देशका विभिन्न आदर्श मानिएका युवाहरू विवादग्रस्त आईपीएल खेलको कारण अनुपस्थित रहनेछन्। गोभाविम-को सोचमा यो देशको त्यस विचारधाराको विरोधाभास हो जुन विचारधाराले युवाहरूको चुनाउमा अंशग्रहणलाई बढ़ाउने दिशामा कार्य गरिरहेको छ। यति मात्रै होइन यी युवा खेलाड़ीहरू समयसमयमा भारतका मतदाताहरूलाई अधिकाधिक मतदान गर्ने अपिल गर्दै आफै विज्ञापनमा अनुहार देखाइरहेका हुन्छन्। के आईपीएल भारतको चुनाउभन्दा अधिक महत्त्वपूर्ण अवसर हो? तर यस विषयमा भारतका मिडिया हाउसहरू पनि चुप बसेका छन्। गोभाविम-को विचारमा राष्ट्रिय चुनाउ बर्सेनी पालन गरिने चाड़बाड़ होइन। पाँच वर्षमा सम्पन्न हुने यस गणतान्त्रिक अभ्यास अनि आईपीएल जस्ता म्याचहरूका तालिकालाई सबैको सुबिधालाई मध्यनजरमा गरेर प्रबन्धन गर्न सकिन्थ्यो कि? किन चाहिँ ती भारतीय क्रिकेट खेलाड़ीहरू जो यस देशका राष्ट्रिय पुरस्कार प्रापकहरू पनि हुन् उनीहरूलाई अनि क्रिकेट टोलीसित विदेश पुग्नुपर्ने तकनिकी सहायकहरू, प्रबन्धकहरू, प्रशंसकहरू, दर्शकहरू, पत्रकारहरूलाई उनीहरूको मतदानको अधिकारबाट वञ्चित गराउनु? गोभाविम चुनाउ आयोगलाई हार्दिकतासित अनुरोध गर्दै यसबारे उचित ध्यान दिएर सम्बन्धित पक्षसित वार्तालाप गरेर निकट भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि पदक्षेप ग्रहण गर्ने आग्रह गर्दछ। यसो गरेर आयोगले देशको राष्ट्रिय हितलाई केवल एक मनोरञ्जनसित साट्ने छैन भनी गोर्खा भारती विचार मञ्च विश्वास राख्दछ। विचार मञ्चले प्रेषित गरेको उक्त गुनासोलाई चुनाउ आयोगले आफ्नो आपत्ती सङ्ख्या डब्ल्यूबी ३/२२/२८८०७५ दिनाङ्क १६ अप्रेलमा दर्ता गरेको छ अनि आगामी १५ दिनभित्र यसबारे उचित प्रत्युत्तर पठाउने प्रतिश्रुति दिएको छ।

29 Mar 2014

धमिलो सम्बन्धमा मोर्चा

कालेबुङ 28 मार्च। (प्रदीप)ः गत लोकसभा चुनाउको तितो अनुभवहरू पचाएर मोर्चाले यसपालि फेरि भाजपालाई समर्थन गर्ने जोखिम त उठाएको छ तर कथङ्काल केन्द्रमा भाजपा सरकार आउन सकेन भने राज्यको तृणमूल सरकारले धूलो काट्छ भन्ने चिन्ताले यतिबेला मोर्चा नेतृत्वलाई गाँजेको छ। केही दिनदेखि मीडियासँग टाँडिएर बसेका मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले आज यहाँका पत्रकारहरूलाई यस आशयको बयान दिएर दलभित्र मच्चिरहेको हुण्डरीको छनक दिएका छन।
यसपालि केन्द्रमा भाजपाको सरकार आउँछ भन्ने कुरामा मोर्चा नेताहरू आश्वस्त देखिएका छन। यति आत्मविश्वासकै कारण मोर्चा नेतृत्वले एकपल्ट राम्रो खप्की खाइसकेको राज्यकी मुख्यमञ्त्री ममता व्यानर्जीको ईच्छाविरुद्ध गएर भाजपालाई समर्थन गर्ने निर्णय लिएको छ। तर केन्द्रमा भाजपा आउन सकेन अनि दार्जीलिङ लोकसभा समष्टिमा पनि तृणमूल उम्मेद्वारले जीते भने आफ्नो गति के होला भन्ने मनोवैज्ञानिक दबाउ पनि मोर्चा नेताहरूले झेलिरहेका छन। ‘यदि केन्द्रमा भाजपाको सरकार गठन भएन अनि यता पहाडमा पनि भाजपा प्रार्थी पराजित भए पहाडवासीले राज्य सरकारको कठोर प्रताडनाको सामना गर्न पर्नेछ। त्योबेला राज्यले कुनै राजनैतिक दललाई छोड्दैन’ बिधायक डा हर्क बहादुर छेत्रीले भने। उनले यहाँको गोजमुमो पार्टी कार्यलयमा पत्रकारहरुसँग कुराकानी गर्दै भारतीय जनता पार्टी सानो राज्य गठनको पक्षमा रहेको कारण मोर्चाले समर्थन गरेको स्पष्टिकरण दिदै यदि भाजपा प्रार्थी पराजय भए गोर्खाहरुलाई राज्य सरकारले प्रताडना दिन सक्ने संकेत दिएका छन। भारतीय जनता पार्टी स सानो राज्य गठनको पक्षमा हुनको साथै भाजपाले राष्ट्रिय चुनाव घोषणा पत्रमा दार्जीलिङको समस्यालाई सहानुभूतिपूर्वक हेरिने भनि उल्लेख गर्ने पनि डा छेत्रीले बताएका छन। “पहाडवासीले सकारात्मक राजनीति गर्नुपर्छ। बिगतका दिनहरुमा जसले सरकार गठन गर्योड त्यस दलका प्रार्थी हामीले चुनेर पठाउँन सकेनौ। यो हाम्रो निम्ति दुर्भाग्य हो। तर यसपल्ट गोर्खाल्याण्ड दिने सरकार केन्द्रमा बनिने छाँट हुँदा हामी पछि पर्न हुँदैन” तिनले अझ भने। आजसम्म पहाडवासीले गलत प्रार्थी चुनेर संसदमा पठाएकै कारण यहाँको समस्या समाधान हुन नसकेको पनि तिनले बताए। यस सिलसिलामा तिनले भाजपा सांसद जसवन्त सिहको पनि आलोचना गरे। जहिले पनि जसवन्त सिहको जयजयकार गर्ने डा छेत्रीले आज तिनको आलोचना गर्दै सांसद सिहले गोर्खाल्याण्डको मुद्दालाई अखिल्यै गम्भिरतापूर्वक नलिएको आरोप थोपे। “हामी दिल्ली जाँदा तिनलाई झक्झकाउँदा मात्र अहिक तातिने गर्थे। वास्तवमा तिनले कहिल्यै गोर्खाहरुको समस्यालाई गम्भिरता पूर्वक लिएनन। यदि लिने हो भने भाजपामा राम्रो स्थान भएका संसदले तेलेंगना गठन हुँदा यसबारे चर्चा गर्न सक्ने थिए” डा छेत्रीले भने। अर्कोतर्फ भारतीय जनता पार्टीको राज्य शाखाले गोर्खाल्याण्डको बिरोध गरिरहेको सन्दर्भमा प्रश्न गर्दा राज्य भाजपालाई गोर्खाल्याण्डको बिरोध गर्नु आफ्नो राजनैतिक विवशता हो भनि प्रष्ट पारेका छन। तिनले आगमी लोकसभालाई लिएर मोर्चाले भाजपाको केन्द्रीय नेतृत्वसंग बैठक गरी गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन सम्झौता गरेको बताउँदै यदि भाजपाको सरकार गठन हुन नसके अझ पनि गोर्खाहरुको निम्ति दुर्भाग्य नै हुने पनि तिनले बताएका छन। यसको साथै डा छेत्रीले कुराकानीकै क्रममा लोकसभा चुनावबारे मौनता साँचेर बसेको गोरामुमो बारे प्रश्न गर्दा गोरामुमोले तृणमूललाई नै समर्थन गर्ना सक्ने सम्भावना व्यक्त गरे। “गोरामुमोकाहरु पहाड कसरी आए ? तिनीहरुलाई कसले ल्याए ? ¬चुनाव पछि उनीहरुको सुरक्षाको राज्य सरकारले गर्न सक्छ। यसकारण पनि गोरामुमोले तृणमूललाई समर्थन गर्न सक्छ” डा छेत्रीले भने।

घोटलाकाण्डका आरोपी कालिकोटेमाथि उपभोक्ता प्रेसर

कालेबुङ , 28 मार्च। इनरट्रिप रेयुकाई घोटालाकाण्डका अभियुक्त गौतम कालिकोटे आज न्यायालको पेशीअवधि पनि सञ्जोले बस्न पाएनन्। जब उनी आज कालेबुङ न्यायालय पुगे तब निवेशकहरूको एउटा ठूलै झुण्ड कोर्ट परिसरमा बसेका थिए। यसअवधि अभियुक्तलाई निवेशकहरूले चाँडै पैसा फिर्ता गर्नुपर्ने माग गर्दा निक्कैबेर कोर्ट परिसरमा तर्का-तर्की भएको थियो। गौतम कालिकोटेले इनरट्रिप रेयुकाईको नाममा मोठ 52 वटा स्वनिर्भर दल गठन गरेका थिए। प्रत्येल दलबाट 7 हजार पाँच सय रूपियाँ उनले संग्रह गरेका थिए। स्वनिर्भर दलहरूबाट संग्रहित राशी मोठ 11 लाख रुपिँया लिएर उनी चम्पट कसेको आरोप छ। यसपछि निवेशकहरूले प्राथमिकी दर्ता गरेपछि कालिकोटेको घर कुर्की गरिएको थियो। यसपछि कालिकोटेसित निवेशकहरूको पैसा फिर्ता गर्ने सम्झौता भएको थियो। यद्यपि सम्झौता भएको महिनौदिन बितिसक्दा समेत पैसा फिर्ता नगरेपछि आज न्यायालय आइपगुका कालिकोटेलाई निवेशकहरूले घेरेर पैसा फिर्ता गर्ने माग गरेको पीडितहरूले जनाएका छन्।

मोर्चाको बैठक

कालेबुङ, 28 मार्च। लोकसभा चुनाउलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा महकुमा समिति कार्यालयमा दलीय कर्मी सभा सम्पन्न भयो। मोर्चा महकुमा समितिका संयोजक नोर्देन लामाको अध्यक्षतामा सम्पन्न सभामा मोर्चा प्रवक्ता एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री, सभासद् डा. आरबी भुजेल, सुनिल प्रधान, दावा लेप्चा लगायत केन्द्रीय समितिका सदस्य तारा लोहार लेप्चा, नगरपालिका अध्यक्ष गङ्गामाया गुरुङ, उपाध्यक्ष जायन लेप्चा, महकुमा समितिका सचिव कुमार चामलिङ, नगरपार्षदगण एवं अन्य पदाधिकारीहरू उपस्थित थिए। सभामा आगामी लोकसभा चुनाउलाई ध्यानमा राख्दै विभिन्न रणनीतिहरू तयार गरियो। यसका साथै वर्तमान पहाडको राजनैतिक परिस्थितिमाथि पनि चर्चा-परिचर्चा गरियो।