Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Jul 2013

यसो भन्छन् भूतपूर्व गोरामुमो नेता एवम् डीजीएचसी काउन्सिलर के. एन. सुब्बा

सुभाष घिसिङ्गले छैटौं अनुसूचीको कुरा गरेर मान्छे ढाटिरहेको छ अनि गोजमुमोले 396 मौजाको अन्तर्भुक्ति लिएर मान्छे नै ढाट्ने काम गरिरहेको छ। धरती उलट-पुलट होस् तर 396 मौजा जीटीएमा गाभिँदैन अनि सुभाष घिसिङको छैटौँ अनुसूची मुद्दाको मियाद सिद्धिए सकिएको छ। मियाद सिद्धिएको छैटौं अनुसूचीले संवैधानिक थुप्रै पर्खाल नाघ्नु पर्छ जो असम्भव जत्तिकै छ। अनि यता गोर्खाल्याण्ड मरिगए हुँदैन।
गोरामुमो पहाड़मा अलिक फस्टायो भने के. एन. सुब्बा फेरि फर्किन्छ भनेर हावा चलिरहेको छ भन्छ। तर म मरिगएँ पनि गोरामुमोमा जादिनँ। 396 मौजा अन्तर्भुक्त हुँदैन, छैटौं अनुसूची बनिँदैन, गोर्खाल्याण्ड हुँदै हुँदैन। अब पहाड़मा जुन अराजकता फैलिरहेको छ त्यसको रोकथाम तृणमूलले मात्र गर्नसक्छ। त्यसैले म तृणमूलमा छु। तृणमूलले भविष्यमा पहाड़मा राज गर्छ। सुभाष घिसिङलाई पर्खेर धेरै बेरसम्म बसेकाहरूले तृणमूलको सहारा लिए। यति दिनसम्म गोर्खाल्याण्डको नाममा आन्दोलन चलाइरहेका, गोर्खाल्याण्ड आन्दोलनलाई नियालिरहेकाहरू अब गोर्खाल्याण्ड हुँदैन भन्नतिर लाग्दा केही शंका हुन्छ नै। प्रथमत: गोर्खाल्याण्ड मुद्दाको गाम्भीर्यता अनि अड़चन दुवै राम्रोसित जान्दछन् उनीहरू। दोस्रो, अहिलेसम्म आन्दोलनलाई लिएर गरिएका भुलहरू संशोधन नहोला कि? अराजकता हटाउने, विकास ल्याउने मुहिमले गोर्खाल्याण्ड मुद्दा साँच्चै विलीन भएर जाने खतरा सर्वत्र छ अहिले। अहिलेकाले खोजिरहेको विकास भनेको ठूल्ठूला कङ्क्रिट बिल्डिङ्गहरूको घारी, विशाल गुम्बजहरू बाहेक अरू केही होइन। तर विकासको सही अर्थमा त्यहाँ लाग्दैन। अराजकताविरुद्ध कुनै पार्टीले लड्छ जस्तो पनि लाग्दैन। सत्तामा आएपछि जुनै पार्टीले पनि उस्तै नीति र सिद्धान्त ग्रहण गरेको हुन्छ। त्यसकारण अराजकताविरुद्ध कोही लड्नसक्छ भने उ जागरुक अनि सचेत जनता हो। अबको जातीय, राजनैतिक, चिह्नारीको लड़ाइँमा डुवर्सको भूमिका झन अहम बन्नेछ।(Dooars Time)

0 comments: