Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Jul 2013

वालमजदूर बालिका उद्दार

कालेबुङ, १८ जुलाई|
पुलिसको सहयोगमा कालेबुङ चाइल्डलाइनका कार्यकर्ताहरूले बुधबार सॉंझ उद्धार अभियान चलाएर एउटी बालमजदूर वालिकालाई आफ्नो नियञ्त्रणमा लिएका छन्| दार्जीलिङ चाइल्डलाइनको कालेबुङ उपकेन्द्रले अभियान चलाएर १२ बर्षीय बालिका सुनिदी लेप्चा (काल्पनिक नाम)-लाई स्थानीय बीएल दीक्षित रोड निवासी श्रीमती सोना डोमा लामाको घरबाट उद्धार गरिएको हो|
गोप्य सूचनाको आधारमा यो अभियान चलाएर उद्धार गरेपछि बलिकालाई कालेबुङ थाना ल्याइएको थियो| तिनको शरीरमा देखा परेको चोटका निशानीलाई केन्द्र गरी थानाप्रभारीले शारिरीक जॉंच गर्ने आदेश दिएका थिए्| कुटपिटकै कारण यी चोटका निशान देखा परेको महकुमा अस्पतालका डाक्टरले पुष्टि पनि गरेको थापाको भनाइ छ्| आरोपी महिलाविरुद्ध चाइल्ड लेबर एक्ट १९८६ अनि जुभिनाइल जस्टिश एक्ट २०००का धाराअन्तर्गत कालेबुङ थानामा मामिला दर्ता गरिएको छ| घटनाबारे जिल्लाको बाल कल्याण समितिलाई सूचित गरिएको छ्| समितिले बीएसएलाई नानीको अस्थायी आश्रयको व्यवस्था गर्ने निर्देश दिएकोको तेजकुमार थापाले बताएका छन्| बाल अधिकार र सुरक्षाको निम्ति काम गर्ने गैरसरकारी संगठन बाल सुरक्षा अभियान(बीएसए)-का चाइल्ड रिलिज अफिसर तेज कुमारले दिएको जानकारी अनुसार श्रीमती लामा एउटा सरकारी शैक्षिक संस्थानकी शिक्षिका हुन्| बालिकाले दिएको बयानलाई उत्द्धृत गर्दै थापाले थप जनाएअनुसार उक्त बालिकालाई महकुमाको ग्रामिण क्षेत्र पेमलिङबाट पॉंच बर्षको उमेरमा त्यहॉं ल्याइएको थियो| बालिकालाई शिक्षाको व्यवस्था पनि गर्ने वचन दिएर श्रीमती लामाले घरमा ल्याएकी थिइन| नानीले स्कूलको पठनपाठनसँगै घरको काम पनि प्रशस्त गर्नु पर्थ्यो| बालिकाले आफूसँग गाली गलौच र कूटपिट पनि गरिने गरेको बयान चाइल्डलाइन कर्मीहरूलाई दिएको उनले बताए| ’नानीको हात र अनुहारमा कुटपिटका निशानी पनि छ्| हामीले सोधपूछ गर्दा स्कूलमा पनि उसको उपस्थिति धेरै कम देखियो अनि अरु नानीहरूको तुलनामा पढाइमा पनि खासै प्रगति देखिएन’ थापाले भने| थापाले चाइल्ड लाइनका आफ्ना सहकर्मी अनि कालेबुङ पुलिसका अधिकारी बब्लु रोयको सहयोगमा बुधबार सॉंझ छापामारी अभियान चलाएर नानीलाई उद्धार गरेको थियो|

0 comments: