Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

18 Jul 2013

युवा अनि विद्यार्थी मोर्चाले गर्‍यो जीटीएको विरोध



कालेबुङ, १८ जुलाई|
अचानक टिस्टा नदी उकालो बगेको जस्तै गरी गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन विद्यार्थी मोर्चा अनि युवा मोर्चाले आज स्पष्टरुपमा जीटीएको आलोचना गर्दै गोर्खाल्याण्डकै वकालत गर्नपुग्यो|
जीटीए सम्झौता भएको आज ठीक दुइ वर्ष पुगेको अवसरमा दुवै भातृ सङ्गठनले संयुक्त रुपमा शहरमा निकालेको जुलूसमा जीटीए गो व्याक, ह्वुइ वानट् गोर्खाल्याण्ड’-जस्ता नराहरू लगाएको थियो| जीटीए व्यवस्थाले गोर्खाहरूको आकांशा पूर्ण गर्न नसक्ने भन्दै अब पुनः छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्नुपर्ने मागमा विद्यार्थी मोर्चा अनि युवा मोर्चाले लिइसकेको प्रस्ताव दलका अध्यक्ष विमल गुरुङसमक्ष पठाइने भएको छ| यहॉंको मल्ली रोडमा अवस्थित पार्टी कार्यालयबाट निकालिएको जुलूसमा क्षेत्रका विद्यार्थी लगयात युवा कार्यकर्ताहरूको उपस्थिति थियो| जुलूसले शहर परिक्रमा गर्दै थानाअघि पनि व्यापक नाराबाजी गरेपछि अन्तमा डम्बरचोकमा आएर पथसभामा परिणत भयो| पथसभालाई सम्बोधन गर्दै विद्यार्थी मोर्चाका केन्द्रिय उपाध्यक्ष दीप थापा अनि कालेबुङका युवा मोचाका प्रचार प्रसार सचिव वालकृष्ण थापाले सङ्गठनले लिएको छुट्टै राज्यको पक्षको प्रस्ताव अध्यक्षलाई पठाइने बताएका हुन्| ‘हाम्रो मूल माग गोर्खाल्याण्ड हो| सरकारले जब्बरजस्ती थोपेको जीटीए व्यवस्थालाई सरकारले नै चल्न दिएको छैन| यसैले अब जीटीए छोडेर गोर्खाल्याण्ड नै हुनुपर्छ भनेर हामीले प्रस्ताव ग्रहण ग्रहण गरिसकेका छौं अनि उक्त प्रस्ताव अध्यक्षलाई पठाउनेछौं’-जीटीए व्यवस्थाको कटु आलोचना गर्दै विद्यार्थी मोर्चाको पक्षमा दीप थापाले भने-खोक्रो जीटीए हामीलाई चाहिँदैन|’ उनले अझ भनेअनुसार, जीटीए व्यवस्था जब्बरजस्ती सरकारले थोपेको हो| अध्यक्ष गुरुङले पहाड, तराई-डुवर्सको परामर्ष लिएर नै व्यवस्था ग्रहण गरेका हुन्| तर सरकारको नीतिले जीटीएलाई अघि बढ्न नदिएको आरोप लगाउँदै तेलङ्गना राज्य गठन हुने आजको स्थितिमा विद्यार्थीहरू सुत्नुनहुने आह्वान उनले गरे| तेलङ्गना विद्यार्थीहरूले आत्मादाह गरिरहेको प्रसङ्ग झिक्दै उनले यहॉंका विद्यार्थीहरूमा पनि छुट्टै राज्यप्रति समर्पणको भावना हुनुपर्ने दिशामा जोड दिएका छन्| यदि मोर्चा अध्यक्षले फेरि गोर्खाल्याण्डको आन्दोलन गरे विद्यार्थीहरूले निष्पक्षसित सिपाहीसरह साथ दिने पनि उनले बताएका छन्| अर्कोतिर, विद्यार्थी मोर्चा महकुमा समितिका सचिव समिर सुन्दासले पनि आफ्नो वक्तव्यमा जीटीएलाई धमिराले खाइसकेको रुखसित तुलना गरे| युवा मोर्चाको पक्षमा वालकृष्ण शर्माले भने, हामीलाई विकास होइन गोर्खाल्याण्ड चाहिन्छ| आजदेखि नै जीटीएलाई फर्काएर युवा मोर्चाले गोर्खाल्याण्ड आदोलन गर्ने मनशाय बनाइसकेको अनि विमल गुरुङलाई पनि यस दिशामा आग्रह गर्ने बताए|

0 comments: