Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

18 Jul 2013

तकलिङमा गुरु पद्मसम्भवको जन्म जयन्ती पालन


कालेबुङ, १८ जुलाई|
तकदाह खण्ड विकास अन्तगर्त पर्ने अप्पर तकलिङमा अवस्थित डुपखाङ छ्योइखोर्लिङ गुम्बामा आज गुरु पद्मसम्भवको जन्म जयन्ती(ठुङकर दुइछेन) पालन गरियो| यस धार्मिक अनुष्ठानको अवसरमा गुम्बा सञ्चालन समिति अधिनस्थ ज्याप्मेयाङ बुद्धिष्ट स्टुडेन्ट वेलफेयर एसोसिएसनले संस्थाका दुइजना मेघावी विद्यार्थीहरुलाई पनि सम्बर्द्धना जनायो|
चेग्रा निवासी रिगछेन तामाङ अनि बडामंगवा निवासी प्रणिम मोक्तानलाई उत्कृष्ट अंक प्राप्त गरी दशौं श्रेणीको परिक्षामा सफल भएकोमा सम्बर्द्धना जनाएको हो| यी दुइ विद्यार्थी धर्मगुरुहरुको बाहुलीबाट प्रशस्ती पत्र अनि स्मृति चिन्ह प्रदान गरियो| गत १७ जुलाईदेखि शुरु भएको गुरु पद्मसम्भवको जन्म जयन्ती(ठुङकर दुइछेन) पालन गर्न गुम्बा सञ्चालन समितिले दुइ दिनव्यापी विविध धार्मीक अनुष्ठानको आयोजना गरेको थियो| कार्यक्रमको आज अन्तिम दिन समितिले क्षेत्रका बौद्ध धर्माव्लम्बीहरु अनि विद्यार्थीहरूकोे निम्ति धार्मीक संगोष्ठीको आयोजना गरेको थियो| संगोष्ठीमा दुर्वीन गुम्बाका रिम्पोर्छे सिह्ङडुप टुल्कू, मिरिकबाटा आएक खेन्पो छ्योइङ हेङडोल अनि गुम्बाका संस्थापक धर्मगुरु लामा पालदेन साङ्गे उपस्थित थिए्| संगोष्ठीलाई सम्बोधन गर्दै धर्मगुरु लामा पाल्देन साङ्गेले गुम्बाको स्थापनाकालदेखि नै प्रत्येक वर्ष गुरु पद्मसम्भवको जन्म जयन्तीको अवसरमा बौद्ध धर्म परम्परा अनुसार ठुङकर दुइछेन पालन गर्दै आइरहेको जनाए्| अप्पर तकलिङमा अवस्थित उक्त गुम्बा हाल निर्माणाधिन अवस्थामा छ| समितिले प्रत्येक धार्मिक कार्यक्रमहरु गर्दै आइरहेको अनि विगत वर्षदेखि क्षेत्रका विद्यार्थीहरुलाई शिक्षाको दिशामा थप प्रोत्साहन प्रदान गर्न हेतु गुम्बाले विद्यार्थीहरुको संस्था गठन गरी विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आइरहेको उनले उपस्थित धर्मवलम्बीहरुलाई अवगत गराए| शिक्षा नभए संसार अन्धकार रहेको बताउँदै लामा पाल्देन साङ्गेले हालैको बौद्धगयामा भएको आतंंकी हमलाको प्रसंग लिएर अब धार्मिक संघ-संस्थाहरुले श्रद्धालुहरुमा शिक्षाको प्रचार गरेर आतंकवाद मेटाउनु पर्ने आह्वान गरेका छन्| यस धार्मिक संगोष्ठीलाई सम्बोधन गर्दै मिरिकबाट आएका खेन्पो छ्योइङ हेङडोलले सैद्धान्तिक अनि व्यवहारिक शिक्षामा भिन्नता रहेको बताउँदै विद्यार्थी अनि अविभावक दुवैले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए्| उनले मानिसले शिक्षालाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताएका छन्| केवल सैद्धान्तिक शिक्षा मात्र अध्ययन गर्नाले मानिसलाई भ्रष्टचारी बनाउनसक्ने मत उनको छ| गुम्बामा आज धार्मिक संगोष्ठीको आयोजना गरेको भए पनि धर्मगुरुहरुले भने मानिसको नैतिक आचरण असल हुनुपर्ने बिषयमा नै धेर मात्रमा प्रवचन दिएका थिए्| यता गुम्बा अधिनस्थ रहेको ज्याप्मेयाङ बुद्धिष्ट स्टुडेन्ट वेलफेयर एसोसिएसनका अध्यक्ष इन्द्र गोलेले उपस्थित विद्यार्थीहरुलाई सम्बोधन गर्दै एसोसिएसनको कार्यप्रणाली अनि उद्धश्यबारे अवगत गराएका थिए| वर्तमान विद्यार्थीहरुमा देखापरेको विसंगती अनि विकृतिहरुमा सुधार ल्याउनु नै एसोसिएसनको प्रमुख लक्ष्य रहेको उनले बताए्| अन्तमा दुर्वीन गुम्बाका रिम्पोर्छे सिह्ङडुप टुल्कूको बाहुलीबाटा वाङ अभिषेक सम्पन्न भयो| उक्त धार्मिक अनुष्ठानमा तकलिङ, वडामंगवा, छोटामंगवा, सोरेङ, च्याग्रा, कोलबुङ आदि संलग्न क्षेत्रबाट बौद्ध धर्मवालम्बीहरु भेला भएका थिए|

0 comments: