Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Jul 2013

मोर्चालाई तेलङ्गासितै गोर्खाल्याण्ड हुनुपर्छ भन्नु कुनै अधिकार छैन-क्रामाकपा

प्रज्ज्वल छेत्री
कालेबुङ, २० जुलाई|
देशमा छुट्टै तेलङ्गना राज्य गठन हुनसक्ने परिस्थितिले फेरि मोर्चालाई एकचोटि गोर्खाल्याण्ड भन्न वाध्य गराएको समय मोर्चाको इमान्दारितामाथि क्रामाकपाले शंका गरेको छ| छुट्टै राज्यको मूद्दामा मोर्चा इमान्दार नरहेको आशय पोख्दै तेलङ्गना राज्य गठन हुँदा गोर्खाल्याण्ड राज्य पनि सँगै हुनुपर्छ भनेर मोर्चाले भन्न नमिल्ने वयान क्रामाकपाले दिएको छ|
यहॉंको पार्टी कार्यालयमा आज बसेको दलको बैठकबारे जानकारी दिने क्रममा आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले उपरोक्त मन्तव्य दिएका हुन्| उनका अनुसार, शुरुदेखि नै तेलङ्गनाका आन्दोलनकारीहरू आफ्नो मागदेखि पछि हटेनन्| उनीहरूले कुनै व्यवस्थामा सम्झौता गरेनन्| त्यहॉंका सांसद, विधायकहरू आफ्नो पदबाट राजीनामा गर्नसमेत पछि हटेनन्| आत्मादाह गरेर विद्यार्थीहरूले आन्दोलनलाई अझ सशक्त बनाए| तर तेलङ्गनाको तुलनामा आमाको कसम खाएर गोर्खाल्याण्ड ल्याउँछु भन्नेहरूले अर्को व्यवस्थामा सम्झौता गरे| गोर्खाल्याण्डको नाममा भोट जितेर जाने विधायकहरूले केही गरेनन्| यसैले अहिले आएर गोजमुमोले तेलङ्गनासितै छुट्टै राज्य गोर्खाल्याण्ड हनुपर्छ भन्दा तेलङ्गनालाई आघात पुग्ने उनले बताए|
‘तेलङ्गनाका आन्दोलनकारीहरूले आफ्नो मागलाई निरन्तरता दिए| तर यहॉं त्यस्तो भएन| तेलङ्गनाको पछि बसेर ‘सँगसँगै’ भन्न मिल्दैन’-प्रधानले भने, ‘तेलङ्गासितै गोर्खाल्याण्ड दिनुपर्छ भनेर मोर्चाले भन्नु त तेलङ्गना राज्य दिनुहुँदैन भनेजस्तो बुझिन्छ|’
यथास्थितिलाई हर्दा तेलङ्गनासितै गोर्खाल्यण्ड हुने परिस्थिति छैन| तरपनि तेलङ्गना राज्यको गठनसितै गोर्खाल्याण्ड गठनको प्रक्रिया पनि अघि बढ्नुपर्छ भन्ने आशय प्रधानको हो| यसचोटिको मनसून सत्रमा तेलङ्गना राज्य गठन हुनसक्ने अवस्था भएकोले मनसून सत्र लगयात अन्य दिनहरूमा क्रामाकपाको बौद्धिक एवं सडक आन्दोलन जारी रहने प्रधानले जानकारी गराएका छन्| ८६ को गोरामुमोको आन्दोलन अनि त्यसपछिको गोजमुमोको आन्दोलन गर्ने दुवैवटै दलले आफ्नो इमान्दारिता अनि तर्क सरकारसमक्ष सठीक ढङ्गमा राख्न नसक्दा नै स-साना व्यवस्थाहरूमा जान परेको आरोप पनि उनको छ| आजको परिस्थितिमा गोजमुमोले जीटीए त्यागेको खण्डमा मात्र एउटै मञ्चमा आएर आन्दोलन गर्न सकिने मत पनि उनले प्रकट गरेका छन्|
अर्कोतिर, मोर्चाकै भातृ सङ्गठनहरूले जीटीए रद्द गर्नुपर्ने अनि गोर्खाल्याण्डको मागलाई अघि बढाउनुपर्छ भन्ने आजको ताजा परिस्थिबारे पनि क्रामाकपाले प्रतिक्रिया जहेर गरेको छ|
‘तेलङ्गना गठन हुँदा अन्य दलले गोर्खाल्याण्डको मागलाई अघि बढाएको खण्डमा जनसमर्थन गुम्ने डरले मोर्चाले भातृ सङ्गठनलाई अघि लगाएर गोर्खाल्याण्ड भन्ने लगाएको मात्र हो’-आञ्चलिक सचिव मोहन पौड्यालले भने|
‘जीटीएलाई अझ सहुलियतहरू दिएर क्षमतावान बनाउनुपर्छ भन्ने वार्गेनिङ मात्र हो’-ग्रक्रायुमोका अरुण घतानीले थपे|
क्रामाकपाको आजको बैठकमा, सुदन प्रधान, श्याम गुरुङ आदि पनि मुख्य रुपले उपस्थित थिए| बैठकमा साङ्गठनिक गतिविधि एव वर्तमान राजनैतिक परिस्थतिबारे चर्चा भयो| गोरुबथान, रोङ्गो, कालेबुङ शहर खण्ड १, २, आदि क्षेत्रमा भइरहेको दलको साङ्गठनिक विस्तारलाई द्रुत गतिमा अघि लान आजको बैठकमा नै निर्दिष्ट व्यक्तिहरूलाई जिम्मेवारी सुम्पिएको छ|

0 comments: