Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Jul 2013

१८ जुलाईःगोटाफोले कालो दिवसको रुपमा पालन गर्ने

प्रज्ज्वल छेत्री
कालेबुङ, १६ जुलाई|
गोर्खा जनमुक्ति मोर्चा, केन्द्र अनि राज्य सरकारमाझ वर्ष २०११ मा भएको ऐतिहासिक जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिन्सट्रेसन) सम्झौतालाई ‘महाधोका’- बताउदै यसवर्ष पनि गोटाफो (गोर्खाल्याण्ड टास्क फोर्स)-ले १८ जुलाईका दिनलाई कालो दिवसको रुपमा पालन गर्ने भएको छ| ‘यस दिन हामी गोर्खाल्याण्ड माग्नेहरूसित भएको महाधोका भएको हो| जीटीएले गर्दा नै आज हामीले गोर्खाल्याण्ड माग्न सकिरहेका छैनौं-गोटाफोका राष्ट्रिय सचिव मुनिष तमाङ्गले भने, ‘यसैले १८ जुलाईका दिनलाई हामीले कालो दिवसको रुपमा मनाउऩे निधो गरेका छौं अनि जनतालाई पनि त्यही आह्वान गर्छौं|’
गोटाफोले अहिले
सामाजिक सञ्चालमार्फत पनि कालो दिवस मनाउनुपर्ने सन्देश लिएर व्यापक प्रचार-प्रसार गरिरहेको छ| उनले अझ भनेअनुसार, आज गोर्खाल्याण्डको माग राष्ट्रिय विमर्षबाट नै लोप भएको छ| अलग राज्यको माग प्रभावित नहुने गरी यो व्यवस्था ग्रहण गरिएको छ भन्ने मोर्चाको दाबीप्रति गोटाफो सहमत छैन| उनले मोर्चाको कथनी र करनीमा ठूलो फरक देखा परेको विचार व्यक्त गरेका छन| जीटीए ग्रहण गरेपछि सत्तासिन दलले गोर्खाल्यण्डको माग त परको कुरा उच्चारणसम्म गरेको आफूहरूलाई जानकारी नरहेकोे आरोप पनि उनले लगाएका छन्| गोटाफोको जानकारी अनुसार अधिकांश जनता जीटीएसित सन्तुष्ट नरहेको आरोप उनको छ| जीटीएसित गठनकालदेखि नै असन्तुष्ट व्यक्त गरिरहेको गोटाफोले जनता जीटीएको विरोधमा अघि आएमात्र गोर्खाल्याण्ड राज्य गठन सम्भव हुने आशय पोखेको छ| ‘आजको प्रमुख आवश्यकता भनेको जीटीएलाई खारेज गर्नु हो’-तामाङ्ले भने, ‘अनि गोर्खाल्याण्डको निम्ति सक्षम इमान्दार समाहिक नेतृत्व ऋंखलाको श्रृष्टि गर्नुपर्छ| यद्यपि, यसदिन गोटाफोेले गर्ने ठोस् कार्यक्रम भने उनले सार्वजनिक गरेनन्| १८ जुलाई २०११ मा भएको त्रिपक्षीय जीटीए सम्झौतालाई सम्पूर्ण गोर्खाहरूको निम्ति महाधोखा भएको दिन भन्दै गोर्खाल्याण्ड टाक्स फोर्सले कालेबुङमा पोहोर साल शहरको विभिन्न स्थानहरूमा पर्चा वितरणसंगै व्यापक पोस्टरिङ गरेको थियो| जीटीए नै पछि गएर गोर्खाल्याण्ड हुन्छ भन्नु भाले मुंग्रो बढ़ेर डाइनोसर हुन्छ भन्नु जस्तै झूटो प्रचार मात्र रहेको पोस्टरमा उल्लेख थियो| स्मरण गराइन्छ, तीन वर्षसम्म गोर्खाल्याण्डको नाममा आन्दोलन गरेपछि अन्ततः १८ जुलाई २०११ का दिन राज्य अनि केन्द्र सरकारसित गोजमुमोले सिलगढीको पिन्टोल भिलेजमा जीटीएमा सम्झोता गरेको थियो|

0 comments: