Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Jul 2013

कवि केवलचन्द्र लामालाई भाइचन्द स्मृति पुरस्कार

कालेबुङ, १४ जुलाई्| यसवर्षको भाइचन्द स्मृति पुरस्कार कवि केवलचन्द्र लामालाई प्रदान गरियो| नेपाली साहित्य अध्ययन समितिद्वारा यहॉंको रामकृष्ण रङ्गमञ्चमा आयोजित दुइदिने भानु जयन्ती कार्यक्रमको आज दोस्रो दिनमा लामालाई यो पुरस्कार प्रदान गरिएको हो| मुख्य अतिथिको रुपमा उपस्थित कवि मोहन ठकुरीको बाहुलीबाट कवि केवलचन्द्र लामालाई यो पुरस्कार प्रदान गरिएको थियो| पुरस्कारको रुपमा तिनलाई अंगवस्त्र ओडाएर प्रशस्तीपत्र, स्मृतिचिन्ह अनि नगद राशि प्रदान गरिएको थियो| लामालाई यो पुरस्कार आखेँझरी कविताकृतिको निम्ति प्रदान गरिएको हो| पुरस्कार अलंकरण समारोहमा विशिष्ट अतिथिहरूमा विधायक डा हर्कबहादुर छेत्री, पुरस्कारदात्री साहित्यकार सानुमति राई आदि विशिष्ट उपस्थित थिए| पुरस्कार ग्रहण गरेपछि कवि केवलचन्द्र लामाले आफू कृतार्थ बनेको प्रतिक्रिया व्यक्त गरे| तिनले अझ गम्भीर र दायित्वशील बनेर साहित्य सृजनातिर लाग्न पुरस्कारले हौसला थपेको बताए्| यसअवधी उनले पुरस्कृत सङ्ग्रहबाट दुइवटा कविता सुनाएर आफ्ना श्रोता र शुभचिन्तकहरूलाई मुग्घ पारेका थिए्| कवि लामाको परिचय सुधीर छेत्रीले प्रस्तुत गरेका थिए भने भाइचन्द प्रधानको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रा जोग चामलिङले प्रकाश पारेका थिए्|

0 comments: