Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Aug 2013

पक्रा परेका माइनोरेटी नेता जमानतमा रिहा

कालेबुङ 24 अगष्ट:
गत 11 अगष्टको दिन कालेबुङमा नानीहरुलिएर में बच्चो अलग राज्य गोर्खाल्याण्डको मांगमा प्रशासनिक अनुमति बिनानै जुलूश निकालेको आरोपमा आज पुलिसले जनमुक्ति माइनरेटी फोरमका कोषाध्यक्ष सुबाश गुप्तालाई पक्राउ गरेको छ। गुप्तालाई सुक्रबार राती नै पुलिसले मेन रोड स्तिथ तिनको नीजि आवसबाट केरकारको निम्ति थाना ल्याएको थियो भने यसै अवधि तिनलाई पक्राउ गरेको थाना शुत्रमार्फत थाह लागेको छ। आरोपी गुप्ता विरुध पुलिसले भारतीय दण्ड संहिता की  धारा १४३,१८६,३३६ एवं  ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ भने तिनलाई आय कालेबुङ कोर्टमा प्रस्तुत गरेको थियो। तिनी विरुध धारा १४३ अन्तर्गत प्रशासनिक अनुमति बिना जुलूस निकालेको , धारा १८६ अन्तगर्त पुलिस कार्वाहीमा बाधा दिएको, धारा ३३६ अनुसार नानीहरुलाई जुलूशमा सामेल गराएको अनि धारा ५०६ अन्तर्गत धम्की दिएको आरोपहरु लागेको। सबै आरोपहरुलाई केन्द्र गरि न्यायलयले तिनलाई पाँस सय रुपीयाको जरीमाना तिर्न लगाएर जमानतमा रिहा गरेको छ। तर, आगमी 30 अगष्टको दिन गुप्तले कालेबुङ कोर्टमा आफ्नो उपस्थिति दिनु पर्ने छ न्यायलयको आदेश छ।

0 comments: