Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

26 Aug 2013

लेप्चा विकास परिषर्दले पैसा पाउँला ? विधायक ड़ा छेत्रीको प्रश्न

कालेबुङ 25 अगष्ट:
छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा आन्दोलित बनेको दार्जीलिङ पहाड़ तग 20 दिन अघिदेखि अचल अवस्थामा रहेको छ। यहाँको समस्यालाई शान्त पार्न हाल राज्य सरकारले कुनै प्रकारको राजनीतिक चासो दिइरहेको छैन भने अर्कोतिर केन्द्र सरकारले पनि पहाड़को आन्दोलनलाई मुखदर्शक बनेर हेरिरहेको छ। मानौ राज्य अनि केन्द्र दुवै सरकारले छुट्टै राज्यको मांगमा पहाड़मा चर्किरहेको आन्दोलन प्रति खासै चासो देखाइरहेको छैन। सम्पूर्ण पहाड़ गत 20 दिनदेखि अचल अवस्थामा छ। तरै पनि छुट्टै राज्यको संघर्षबाट निकास पाउने उद्देश्य लिएर अलग राज्यको मांगमा पहाड़का जनता सड़कहरुमा उत्रीरहेका छन्। दलका प्रतिनिधिहरु अनि सरकारका पक्षमाझ पहाड़मा चलिरहेको आन्दोलनलाई लिएर हाल सम्म कुनै प्रकारको डायलोग ओपन नभए तापनि यहाँ समर्थकहरुले नै आन्दोलनलाई अघि बढ़ाई रहेका छन्। यता कालेबुङ शहरमा पनि बन्द आवधि मोर्चा समर्थकहरुले क्रमिकरुपमा जुलूश अनि जनसभाहरुको आयोजना गर्दै आइरहेका छन्। यसै क्रममा आज शहरमा क्षेत्रका शिक्षक-शिक्षिकाहरुका विभिन्न संगठनहरुले संयुक्त रुपमा एउटा जुलूश निकालेका थिए। डम्बरचोकबाट आज शुरु भएको जुलूशमा जनमुक्ति सेकेन्डेरी टिचर्स अर्गनाइजेशन, जनमुक्ति प्रथमिक शिक्षक संगठन, जनमुक्ति शिशु शिक्षक संगठन आदिका सदस्याहरुलगायत कालेबुङका विभिन्न स्थानहरुबाट आएका मोर्चा समर्थकहरु सामेल थिए। जुलूश अनि नाराबाजीको कार्यक्रम पछि डम्बरचोकमा नै जनसभा पनि सम्पन्न भएको थियो। जनसभाको मञ्चमा गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधान, अपाध्यक्ष जेबी राई, गोटाफो संयोजक आर. मोक्तान, मोर्चा प्रवक्ता ड़ा. हर्कबहादुर छेत्री, हिल्स कंग्रेस नेता पीबी घतानी, क्रामाकपा नेता किशोर प्रधान, जनमुक्ति सेकेन्डेरी टिचर्स अर्गनाइजेशनका प्रतिनिधि विजय प्रधान आदि उपस्थित थिए। आजको जनसभालाई मोर्चा प्रवक्ता ड़ा. हर्कबहादुर छेत्री, क्रामाकपा नेता किशोर प्रधान अनि जेएसटीओका प्रतिनिधि विजय प्रधानले सम्बोधन गरेका थिए।
जनसभालाई सम्बोधन गर्दै प्रवक्ता छेत्रीले चाडैनै गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिसंग बैठक गरेर आन्दोलनको नयाँ रणनीति तयार गर्ने बताए। जनसभाबाट नै आज विधायक ड़ा छेत्रीले यसचोटीको विधानसभा शत्रमा पहाड़का तिनै जना विधायकहरुले भाग नलिने निर्णय लिएको बताएका छन्। विधायकहरुको विधानसभा शत्र वहिष्कारले आन्दोलनलाई सहयोग पुग्ने बताउँदै तिनले यसो गर्नाले सरकारलाई धेर असुविधा हुने तिनको भनाई छ। अहिले नै राज्य बनिन नसकिने कुरालाई जनता अघि राख्दै तिनले छुट्टै राज्यको निम्ति दिर्घकालिन संघर्षको आवश्यक्त रहेका बताए। राज्य अनि केन्द्र सरकार दुवैले गोर्खाल्याण्डको मांगलाई दवाउन खोजेको होइन तिनले भने यी दुवैले 2014मा सम्पन्न हुने लोकसभा चुनाउको गोटी खेल्दैछ। सुरक्षाबलको आड़मा राज्यकी मुख्यमन्त्रीले आन्दोलनलाई शान्त पार्ने प्रयास गरेर केन्द्रसंग चुनाउको निम्ति वकलत गर्न कुरा डा. छेत्रीलो आजको जनसभामा खुलासा गरेका छन्। मुख्यमन्त्रीको पहाड़ भ्रमण अवधि लेप्चा समुदायका प्रतिनिधिहरु संग हुने बैठकको आलोचना गर्दै तिनले राज्यकोमा विकाश कोष नरहेको कारण लेप्चा विकास परिषर्दको गठन बेकार हुन बताए। राज्यले जीटीएलाई त कोष प्रधान गर्न सकेन तिनले भने अब लेप्चा डेपलभमेन्ट काउसिलले पैसा पाउँला?’ अन्तमा तिनले आफ्नो सम्बोधनमा आन्दोलित पहाड़को भ्रमण गरेर मुख्यमन्त्रीले केन्द्र सरकारलाई चुनौती दिन चाहेको आरोप लगाएका छन्।
क्रामाकपा नेता किशोर प्रधानले आजको जनसभालाई सम्बोधन गर्दै  छुट्टै राज्य गोर्खाल्याण्डको मांग शहिदहरुको सपना रहेको कारण केवल छुट्टै राज्यले मात्र शहिदहरुको सो सपना साकार हुने बताए। पहाड़मा हाल लगातार शान्तिमय ढ़ंगमा जुलूश र जनसभाहरु भइरहेको बताउँदै तिनले गोर्खाहरुले देशको संविधान अनुरुप शान्तिमय ढ़ंगमा गनातान्त्रीक आन्दोलन पनि गर्न सक्ने कुरालाई प्रमाणीत गरेको बताए। छुट्टै राज्यको मांगमा पहाड़मा चलिरहेको हालको गणातान्त्रीक आन्दोलन देशको इतिहासमा लेखिने छ तिनले भने। आफ्नो सम्बोधनमा तिनले पहाड़को शान्तिप्रिय आन्दोलनमा सुरक्षा बलको कुनै प्रकारको आवश्यक्ता नरहेको बताए। यस आन्दोलनलाई हामीले धर्यसाथ शान्तीमय ढ़ंगमा गैर-सम्प्रादायिक बनाएर अघि बढ़ाइनु पर्छ तिनले भने। यता जनमुक्ति सेकेन्डेरी टिचर्स आर्गनाइजेशनका प्रतिनिधि विजय प्रधानले आफ्नो सम्बोधनमा जन-एकता अघि राज्यको दमननीतिको हार हुने कुरा अधि राख्दै सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको निर्माण प्रक्रिया अघि ल्याउनु पर्ने माग गरेका छन्। जुलूश अनि जनसभा कार्यक्रम पछि कालेबुङ शहर पुन: शुनशास रह्यो। बन्दोक कारण शहरको सम्पूर्ण दोकान-पाटहरु ठप्प रहेको छ भने यहाँका शैक्षिक संस्थानहरु लगायत अधिकांश सरकारी कार्यलयहरु समेत बन्द रहेको छ।

0 comments: