Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Aug 2013

बन्दले दिक्क बनेपछि लाग्दैछन् समतल

कालेबुङ 24 अगष्ट:
पहाड़ बन्दले दिक्क बनेपछि आज कालेबुङबाट सयौ जनसाधरण समतल झरेका छन्। बन्दले आज आठह्रा दिन पुरा गरिसकेको छ। छुट्टै राज्यको मांगमा आन्दोलित पहाड़ हाल अचल रहेकोले गर्दा बन्दबाट राहत लिन मानिसहरु समतल तिर प्रस्थान हुन थालेका छन्। कालेबुङबाट आज दुइवटा उत्तर बंगाल परिवहान निगमको बसमा सयौ मानिसहरु सिलगढ़ी प्रस्थान भएका छन्। यहाँको थाना डाँड़ा परिसरमा आज सिलगढ़ी जाने यात्रीहरुको निकै भिड जमेको थियो। बन्दको कारण पहाड़ भरिनै हाल नीजि वहानहरुको चलाचल ठप्प बनेको छ। यस्तो अवस्थामा सरकारले प्रशासनिक सुरक्षा दिएर कालेबुङमा दुइवटा बस पठाउँदा आज थाना डाँड़ा परिसरमा यात्रीहरुको भाग-दौड़ मच्चिएको थियो। सिट रोक्न यात्रीहरु बसको मुल ढोकबाट होइन खिडकीबाट छिरिरहेका थिए। गत केही दिन अघि उत्तरबंगाल विकास मनत्री गौतम देव कालेबुङ आएर बन्दको अवधि खाध्य सामाग्रीहरु विरतण गर्ने अनि यातायात सुविधाको निम्ति परिवहानको बसहरु कालेबुङ पठाउने घोषणा गरेका थिए। यसैले मन्त्री देवको दोस्रो घोषणा आज कालेबुङमा पुरा भएको छ। मन्त्री देवको घोषणा अनुरुप खाध्य सामाग्रीहरु लिन कालेबुङका जनसाधरण पुलिस थानाहरुमा त गएनन् तर, उसै मन्त्रीले गरिदिएको यातायात व्यवस्थाको भने जनसाधरणले हर्ष साथ उपभोग गरिरहेका छन्। के कारणले सिलगढ़ी जान हुँदैछ भन्ने प्रश्ना गर्दा बसमा सवार भएका यात्रीहरुले राजनीतिक समस्याबाट पन्सिन खोज्दै आफूलाई मौन राखे। शहर पुर्णरुपले बन्द रहेता पनि बन्दको अवधि कालेबुङबाट सिलगढ़ी जाने यात्रीहरुको संख्या भने दिन प्रतिदिन बृद्धी भइरहेको छ। यात्रीहरुलाई सुरक्षासाथ सिलगढ़ी पुर्याउन प्रशासनले यात्रा अवधि सुरक्षाकर्मीहरु खटाएको छ। यसैले सुरक्षा बलको आडमा गर्व अनुभाव गर्दै आज कालेबुङबाट सयौ मानिसहरु समतल प्रस्थान भए।

0 comments: