Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Aug 2013

फेसबुकले गलत प्रचार गर्दैछ ड़ा छेत्री

कालेबुङ 29 अगष्ट:
गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिको आज सम्पन्न भएको तेस्रो दिनको जनसभालाई मोर्चा प्रवक्ता एवम क्षेत्रीय विधायक ड़ा. हर्कबहादुर छेत्रीले सम्बोधन गरेका थिए। जनसभामा उपस्थित सयौ विध्यार्थीहरुलाई सम्बोधन गर्दै प्रवक्ता छेत्रीले अब आन्दोलनलाई अघि बढ़ाउन विध्यार्थीहरुमा भरपुर क्षमता रहेको बताए। आफ्नो सम्बोधनमा तिनले सामाजिक सञ्जाल फेसबुकको आलोचना गर्दै तिनले फेसबुक प्रयोगकर्ताहरुले गलत सूचनाहरु दिइरहेको आरोप लगाए। म दार्जीलिङ गएको थिए तिनले भने तर रोशन गीरिसंग दिल्ली गयो भनेर फेसबुकमा गलत प्रचार भयो फेसबुकले जनमत संग्रह गर्न सक्दैन तिनले किटान गरेर भनेका छन्। जनसभामा उपस्थित विध्यार्थीहरुलाई सम्बोधन गर्दै तिनले आन्दोलनमा विध्यार्थीहरुको सक्रिय भूमिका रहेको कारण नै आज देशमा तेलङ्गना राज्य निर्माण हुन लागेको बताउँदै तिनले अब विध्यार्थीहरुले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा इतिहास लेख्नु पर्ने बताएका छन्। राज्य नदिए देशको संविधान नै संसोधन गर्नु पर्ने ड़ा. छेत्रीले आजको जनसभामा बताएका छन्। आज संविधान र राष्ट्र विरोधी कुरा सरकारले नै गर्दैछ तिनले आरोप लगाए। आन्दोलनसंग-संगै विध्यार्थीहरुले आफ्नो शिक्षालाई पनि अघि बढ़ाउनु पर्ने बताउँदै तिनले शिक्षक संगठनहरुसंग बैठक गरि विध्यार्थीहरुको पढ़ाईको निम्ति व्यवस्था मिलाउने बताएका छन्। सरकारलाई केवल शिक्षाले मात्र जितन सक्ने तिनको भनाइ छ। विध्यार्थीहरुमा शिक्षा अनि राजनीतिक चेतना आउनु पर्ने बताउँदै विधायक छेत्रीले आफ्नो सम्बोधनमा  विध्यार्थीहरुको कार्यक्रमले सरकारलाई निक्कै प्रभाव पारेको बताए। राज्यको गुप्तचर विभागको आलोचना गर्दै तिनले सही सूचना नदिए देश नै संकटमा पर्न सक्ने आशंक व्यक्त गरेका छन्। दलका सबै भातृसंगठनहरु हाल छुट्टै राज्यको मांगमा सड़कमा उत्रेको जनाउँदै तिनले अब सरकारले यस आन्दोलनलाई जन-आन्दोलनको दर्जा दिइनु पर्ने माग गरेका छन्। जन-आन्दोलनले पाउनु पर्ने सम्मान देउ तिनले भने। दार्जीलिङ पहाड़को समस्यालाई अब बंगाल सरकारले केन्द्र सरकार समक्ष राख्नु पर्ने मोर्चा प्रवक्ता ड़ा छेत्रीको भनाइ । कालेबुङको डम्बरचोक परिसरमा आजसम्पन्न भएको विध्यार्थी मोर्चाको जनसभालाई विध्यार्थीहरु मनोहर भुजेल अनि दिवीया छेत्रीले पनि सम्बोधन गरेका थिए। जनसभा शुरुहुन अघि आज पनि विध्यार्थीहरुले शहरमा जुलूश निकालेका थिए। छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा विध्यार्थीहरुले निकालेका उक्त जुलूशमा अविभावकहरु पनि समेल थिए। जुलूशले विभिन्न प्रकारको नारा-बाजी गर्दै शहर परिक्रमा गरेको थियो। मोर्चाको निर्देश अनिसार शहरमा जूलुश अनि जनसभाहरु क्रमिकरुपमा सम्पन्न भए तापनि बन्दको कारण यहाँको दोकान-पाट, शैक्षिक संस्थानहरु, यातायात सेवा लगायत अधिकांश सरकारी कार्यलयहरु ठप्प बनेको छ।

0 comments: