Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

31 Aug 2013

छुट्टै राज्यको मुद्दा प्रति नेताहरु गम्भीर छन् के ?

कालेबुङ 30 अगष्ट :
छुट्टै राज्यको मांगमा चलिरहेको आन्दोलनले गर्दा हाल सम्पूर्ण पहाड़ नै अचल रहेको छ। निर्णायक आन्दोलनको घोषणा गरेर नेतृत्वहरुले यो अन्तिम आन्दोलनले पहाड़वासीको दिर्घकालिन समस्या पुरा हुने दावी गरेका थिए। जस्को कारण जनसाधरणले पनि पूर्ण समर्थन दिँदै बन्द पालन गरेको गलभग एक महिना पुग्न लागेको छ। यो निर्णायक आन्दोलनलाई अझ प्रभावशाली बनाउन सबैदलहरुलाई एउटै मञ्चमा ल्याएर गोर्खाल्याण्ड संयुक्त कार्वाही मञ्च गठन गरिनुमा पनि जनताको ठूलो भूमिका रहेको छ। पहाड़का सबै दलहरु एउटै मञ्चमा आए अब आन्दोलन टुङ्गोमा पुग्न सकिन्छ भन्ने विश्वास पालेका जनसाधरणलाई हाल गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिमा देखा परिरहेको विचारको अनेकता अनि निशक्रिय रणनीतिहरुले निराश बनाइ रहेका छन्। आन्दोलनको रणनीतिहरु तयार पार्न संयुक्त कार्वाही समितिको अत्यन्तै आवश्यक त थियो। तर, समिति गठन भएपनि दिर्घकालिन संघर्षको निम्ति समितिले प्रभावशाली रणनीति भने तयार पार्न सकेन। जस्को कारण हाल संयुक्त कार्वाही समितिबाट पहाड़का दलहरुले खुट्टा जिक्ने काम भइरहेको छ। समिति गठन भएको एक हप्ता नबित्दै अखिल भारतीय गोर्खा लिगले मोर्चाको अड़ान प्रति प्रश्न उठाउँदै समितिमा नबस्ने निर्णय लिएको थियो भने। आज गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले पनि सोही कुरो दोरयाउँदै समितिलाई नैतिक समर्थन मात्र दिने निर्णय लिएको छ। आज दार्जीलिङमा गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको एउटा बैठक थियो भने गोरानिमो अध्यक्ष दावा पाखरीङले मोर्चाको अड़न प्रति प्रश्न उठाउँदै समितिबाट बाहिरिने छनक दिएका छन्। तिनले आज कालेबुङका पत्रकारहरुसंग कुराकानी गर्दै भने मोर्चाले गोर्खाल्याण्ड नमाग्ने भनिसक्यो पछि बैठकमा जान मिल्दैन। हुन त यस अघि सम्पन्न भएको समितिको बैठक अनि कार्यक्रमहरुमा पनि गोरानिमो अध्यक्ष दावा पाखरीङ उपस्थित थिएनन्। तर आज तिनले गोर्खाल्याण्डको मांग गर्दिन भन्ने  मोर्चा अध्यक्ष विमल गुरुङको व्यानलाई समितिबाट बाहिरिने बाटो बनाएका छन्। एक समय सामूहिर नेतृत्वको कुरा गर्ने नेताहरुले नै आज विचारको अनेकता देखाएर साझा मञ्चको अवधारणालाई विफल बनाइ रहेका छन्। मोर्चाले जीटीए खारेज नगरेको विषय लिएर नै समितिबाट गोर्खा लिग अनि गोरानिमोले खुट्टा जिकेका हुन्। आज पाखरीङले पत्रकारहरुलाई सम्बोधन गर्दै मोर्चाले जीटीए खारेज गरि हालेको छैन भन्ने वयान दिएर आफूलाई सच्चा गोर्खाल्याण्ड प्रेमी नेताको रुपमा प्रमाण गर्ने प्रयास गरेका छन्। तर, छुट्टै राज्य प्रति आफू गम्भीर रहने नेताले संयुक्त कार्वाही समितिको आजको बैठकमा आफ्नो दलको अड़ान स्पष्ट पार्नु पर्ने हो। यस अघि गोर्खा लिगले पनि सो काम गरेन। दुइवटा बैठकमा उपस्थिति दिइसकेका गोर्खा लिग नेताले आचनाक पत्रकारसम्मेलनबाट समिति त्याग्ने निर्णय दिएर समितिलाई मात्र होइन पहाड़का जनतालाई पनि निराश पारेका छन्। जुन काम आज गोरानिमोबाट पनि भएको छ। पाखरीङले आज आफू छुट्टै राज्यको निम्ति देशव्यापी कार्यक्रममा व्यस्त रहेको बताए। राष्ट्रीय स्तरमा प्रभाव भएका नेताले किन गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिलाई प्रभावशील बनाउने प्रयास गर्दैनन्? सायद नेतृत्वहरु छुट्टै राज्यको मुद्दा प्रति उती गम्भीर नरहेको कारण नै हाल समितिमा विसंगती र विकृतीहरु देखापरिरहेको छ। सबै दलहरुका विचारलाई एक गरि समितिले निर्णय लिन सकिरहेको छैन।  एकातिर दलहरु बाहिरिने काम भइरहेको छ भने अर्कोतिर समितिले पनि केवल मोर्चाले घोषणा गरेको कार्यक्रमहरुलाई समर्थन मात्र गरेर यो निर्णायक आन्दोलनलाई जहिको त्यही पुर्याएको छ। मोर्चाको प्रभाव अघि समितिको क्षमता देखेर पनि दलहरुले खुट्टा जिकेको हुन सक्ने अनुमान लगाउन सकिन्छ। बैठकमा कुरा बुझ्ने धरकार छैनयसरी पाखरीङले चर्चमा भाग नलिने संकेत दिँदै आफ्नो लिडरसिप क्वालेटी पनि छर्लङ्ग पारेका छन्।

0 comments: