Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

26 Aug 2013

मानिसहरु सिलगढ़ी प्रस्थान हुदा विधायकले दुखाए मन

कालेबुङ 25 अगष्ट:
बन्द अवधि कालेबुङबाट सिलगढ़ी प्रस्थान हुने मानिसहरुको संख्या दिन प्रतिदिन बढ़दै गइरहेको छ भने आज मोर्चा प्रवक्ता ड़ा हर्कबहादुर छेत्रीले यसले आन्दोलनमा नकारात्मक प्रभाव पार्ने कुरा गरेका छन्। आज डम्बरचोकमा सम्पन्न भएको जनसभालाई सम्बोधन गर्दै ड़ा छेत्रीले आन्दोलन अवधि आफ्नै मान्छेहरु यसरी समतल झरेको देख्दा आफूलाई नराम्रो अनुभाव भएको बताए। ओह्रालो आउँदै गर्दा मैले थाना डाँड़ामा बस देखे, बसमा को रै छ भनेर हेर्न जाँदा हाम्रा धेरै मान्छेहरु रहेछन्; मन पनि दुख्यो तिनले भने कति बुढ़ा-बुढ़ी, नानीहरु यस्तो घाममा पनि जुलूशमा आइरहेका छन्। तर, बंगालको आत्यचार भुलेर पहाड़कै मान्छेहरु समतल झर्दा सरकारले यसलाई आन्दोलनलाई शान्त पार्ने हतियारको रुपमा प्रयोग गर्ने तिनको भनाई रहेको छ। कालेबुङमा बस पठाएर पहाड़मा चलिरहेको छुट्टै राज्यको आन्दोलनलाई दवाउन उत्तर बंगाल विकास मन्त्री गौतम देवले सो षड़यन्त्र गरिरहेको उनले आरोप लगाएका छन्। सरकारले पहाड़मा चामल बाड़ेको छुट्टो प्रचार गरिरहेको समय यसरी कालेबुङवासीहरु सरकारी वहानमा नै समलत झर्दा सरकारलाई नै छुट्टो प्रचार गर्नमा सहयोग पुग्ने तिनले बताएका छन्। आज कालेबुङबाट उत्तर बंगाल परिवहान नगमको कुल तिनवटा बस यात्रीहरुलिएर सिलगढ़ी प्रस्थान भएको छ।

0 comments: