Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Aug 2013

संसदलाई नानीहरुको घोषणा पत्र

कालेबुङ 28 अगष्ट:
स-साना नानीहरुको हक, हित र सुरक्षाको मांग गर्दै आज कालेबुङ बाल सुरक्षा अभियानका नानीहरुले दार्जीलिङका संसाद जसवान्त सिंगसंग भेट गरि एउटा ज्ञ्यापन पत्र पेस गरेका छन्। दिल्लीमा सम्पन्न हुने नानीहरुको राष्ट्रीय स्तरको कार्यशाला राष्ट्रीय बाल सुनवाइमा भाग लिन कालेबुङ बाल सुरक्षा अभियानका नानीहरु हाल दिल्लीमा छन्। यसै अवधि बीएसएको एउटा टोलीले दिल्लीको 15औ त्रृमूर्ती पथमा अवस्थित दार्जीलिङका संसद जसवन्त सिंगको कार्यलयमा पुगेर संसद सिंगलाई एउटा ज्ञ्यापन पत्र पेस गरेको छ। आज संसाद सिंगसंग भेट गरि चढ़ाएको नानीहरुको ज्ञ्यापन पत्रमा पहाड़का नानीहरुले बाल-सुरक्षा, शिक्षा अनि स्वस्थ्य-प्रणाली साथै यातायात सेवाहरुमा देखा परिरहेको समस्याहरु उल्लेख गरेको छ। संसद सिंगसंग भेट गर्ने उक्त टोलीमा बीएसएका नानीहरु नयन शार्की, लामित लेप्चा, संतोषी राईलगायत अभियानका अधिकारीहरु तोज कुमार थापा, रोमा राई, कार्यशालाका संयोजक अविनभ रावत साथै दिल्लीका मोर्चा नेताहरु मनोज शंकर अनि रुष्तम छेत्री सामेल थिए। पश्चिम बंगाललाई प्रतिनिधित्व गर्दै दिल्ली पुगेका अभियानका कार्यकर्ता अनि नानीहरुले नाइन इस माइनले आयोजना गरेको छ दिन व्यापी कार्यशालामा भाग लिने छन्। विश्व स्वस्थ्य संस्था अनि युनिशकोले तयार पारेको माप-डण्डको आधारमा संसारभरिका नानीहरुले सरकारलाई 6% शिक्षा अनि 5% स्वस्थ्यको मांग गरिरहेका छन्। कार्यशालामा उपस्थित बनेका नानीहरुलाई छ दिनसम्म बाल अधिकारमाथि जानकारी प्रधान गरिने अभियानका कार्यकर्ता तेजकुमार थापाले एउटा प्रेस विज्ञ्याप्ती मार्फत जनाएका छन्। विभिन्न राज्यबाट आएका नानीहरुले कार्यशाला अवधि बाल-हितको निम्ति एउटा घोषणा पत्र तयार पारि आ-आफ्ना क्षेत्रका संसदहरुलाई पेस गर्ने तिनले विज्ञ्याप्तीमा उल्लेख गरेका छन्

0 comments: