Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Sept 2013

लेप्चाहरुले जनता कर्फ्यु पालन गरौ - विमो

कालेबुङ 31 अगष्ट :
छुट्टै राज्यको मांगमा विध्यार्थी मोर्चाले शुरु गरेको पाँच दिन व्यापी जुलूश अनि पथसभा कार्यक्रम आज आएर समापन भएको छ। जुलूश अनि घरना कार्यक्रमको आज अन्तिम दिन पनि कालेबुङ शहरमा विध्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। छुट्टै राज्यको मांगमा पहाड़को जातीय एकता देखाउन आज विध्यार्थीहरुले शहरमा संस्कृतिक जुलूश निकालेका थिए। यहाँको डम्बरचोकबाट शुरु भएको विध्यार्थी मोर्चाको जुलूशले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा विभिन्न प्रकारको नारा-बाजी गर्दा शहर परिक्रमा गरेको थियो। जुलूश अनि नारावाजीको कार्यक्रम पछि डम्बरचोकमा नै विमोको जनसभा सम्पन्न भएको थियो। पथसभालाई विध्यार्थी मनोहर भुजेल, विमो नेता भूषण तामाङ अनि सभासद दावा लेप्चाले सम्बोधन गरेका थिए। पथसभालाई सम्बोधन गर्दै कमल ज्योती विधालयमा अध्यनरत विध्यार्थी मनोहर भुजेलले लेप्चा विकाश परिषर्दलाई लिएर हाल मुख्यमन्त्रीले पहाड़मा डिभाइड एण्ड रुलको राजनीति गरिरहेको आरोप लगाएका छन्। तिनले आफ्नो सम्बोधनमा गोर्खासंग नंग र मासुको सम्बन्ध रहेको बताउँने लेप्चाहरुले छुट्टै राज्यको आन्दोलनमा आफ्नो सहभागिता देखाएर पहाड़को जातिय एकतालाई दह्रो पार्नु पर्ने अपिल गरेका छन्। मुख्यमन्त्री कालेबुङ आउँदा लेप्चाहरुले जनता कर्फ्यु पालन गरेर देखाउनु पर्छ तिनले भने। शिक्षालाई भुलेर हाल विध्यार्थीहरु छुट्टै राज्यको आन्दोलनमा लागी परेको बताउँदै तिनले गोर्खाल्याण्ड वाहेक अरु कुनै पनि व्यवस्थाहरु विध्यार्थीहरुलाई मान्य नहुने घोषणा गरेका छन्। आन्दोलन अवधि मोर्चा नेताहरुको पक्राउलाई प्रशासनको अत्याचार रहेको ठहर गर्दै तिनले पुलिस प्रशासनले अब विध्यार्थीहरुलाई पनि पक्राउ गरेर देखाउनु पर्ने चुनौती दिएका छन्। यता सभामा उपस्थित विध्यार्थीहरुलाई सम्बोधन गर्दै विमो नेता भूषण तामाङले सिक्किमको लेप्चा समुदायले एलडीबीलाई लिएर पहाड़मा राजनीति गरिरहेको आरोप लगाएका छन्। यदी पहाड़मा जातीय हिंसा फैलिए सिक्किम अनि बंगाल सरकार दायी हुने तिनले आरोप लगाएका छन्। सिक्किमका लेप्चाहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा हस्तक्षेप गर्नु हुँदैन तिनले भने। यसै पथसभालाई सम्बोधन गर्दै सभासद दावा लेप्चाले पनि लेप्चा समुदायको वर्तमान कार्यक्रमलाई राजनीतिक चलखेलको संज्ञ्य दिएका छन्।
अर्कोतिर लामो समयको बन्दबाट एक दिनको छुट पाउँदा आज शहरमा मानिसहरुको निकै भिड़ जमेको थियो। मानिसहरुको भिड़ बिच नै आज विमोको पथसभा भएको कारण शहरमा पटक-पटक ट्राफिक समस्या पनि उत्पन्न भइरहेको थियो।

0 comments: