Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Sept 2013

‘स्पेसल कालेबुङ जनता’ को पोष्टरमा मोर्चालाई चेतावनी

कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): स्पेसल कालेबुङ जनताको नाममा आज शहरमा देखा परेको एउटा पोष्टरले मोर्चा अनि गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिले तय गरेको रणनीतिहरुको कड़ा प्रकारले खण्डन गरेको छ। हुन त कालेबुङ शहरमा जनता नामको किर्ते पोष्टरहरु टास्ने एउटा फेशन नै स्थापित भइसकेको छ। अझ यसचोटीको लामो बन्द अवधि शहरमा जनता नामको पोष्टरहरु लछेप्रै देखिएको छ। मोर्चा वा गोजोएक-ले घोषणा गरेको आन्दोलनको भावी रणनीतिहरुलाई जनता नामको पोष्टर मार्फत नै समर्थन गरिएको देखिन्छ भने शहरमा टासिएको कतिपय पोष्टरहरु मार्फत भने राजनीतिक दल अनि नेतृत्वहरुको समेत आलोचना गरिएको देखिन्छ। यसरी नै आज यहाँको सीके चोक परिसरमा स्पेसल कालेबुङ जनता को नाममा टासिएको एउटा पोष्टरमा मोर्चा अध्यक्ष विमल गुरुङले पाठशालाहरु खोल्ने विषयमा लिएको निर्णयको विरोध जनाएको छ। मोर्चा अध्यक्ष विमल गुरुङको निर्णयको खण्डन गर्दै उक्त पोष्टरमा आगमी 15 देखि 31 सेप्टम्बरसम्म कालेबुङका जनताले नै बन्द पालन गर्ने घोषणा गरेको छ। यदी कसैले पनि बन्दको उलङ्घन गर्दै दोकान-पाट खोले तोड़फोड़समेत गर्ने उक्त पोष्टरमा चेतावनी दिएको छ। शहरमा पटक-पटक जनता नामको पोष्टरहरु टासे तापनि आज सम्म पोष्टर टासनेहरुको कुनै प्रकारको जानकारी पाइएको छैन।

0 comments: