Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

2 Sept 2013

फेरि पहाड़ बन्द , जन-जीवन प्रभावित

कालेबुङ 1 सेप्टम्बर:
31 अगष्टको दिन दार्जीलिङमा सम्पन्न भएको गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको बैठकले छुट्टै राज्यको मांगमा बन्द गर्ने निर्णय लियो पछि आज सम्पूर्ण पहाड़ नै बन्द रह्यो। समितिको घोषणा अनुरुप यता कालेबुङ शहर पनि बन्द रहेको थियो। बन्द अवधि गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिले शहरमा जुलूस अनि जनसभा गर्ने घोषणा गरेको भएपनि सो आज सम्पन्न भएन। आज विहान यहाँको डम्बरचोकमा मोर्चा नेता अनि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने पार्टीले कार्यक्रममा फेरबदल गरेपछि शहरमा जुलूस अनि जनसभा हुन सकेन। अर्कोतिर बन्दको कारण आज कालेबुङ शहर पुर्णरुपले ठप्प रह्यो। समितिले लिएको निर्णयलाई समर्थन गर्दै शहरवासीले दोकान-पाटहरु बन्द गरे भने केवल औषधी विक्रेता दोकनहरुमात्र आज खुल्ला रहेको थियो। पहाड़ बन्दको कारण आज यहाँको यातायात सेवा पनि अचल रहेकोछ। कालेबुङबाट आज कुनै पनि यात्रीवाहक वहानहरु गुडेको देखिएन। शहरको मुल मार्गहरुमा केवल सेना अनि पुलिसको वहानहरु मात्र देखा परेको थियो। बन्दको कारण यातायात सेवा प्रभावित हुँदा आज धेरैजान लेप्चा समुदायका मानिसहरु विभिन्न क्षेत्रहरुबाट पैदल हिड़ेर नै कालेबुङ शहर आइपुगेका थिए। यस भन्द अघिको बन्दले नै ठप्प बनेको यहाँका शैक्षिक संस्थानहरु आजसम्म पनि अचल अवस्थामा रहेको छ। बन्दको चपेटमा परेर यहाँका ब्यांक, डाक-घर लगायत अधिकांश सरकारी कार्यलयहरु अचल रहेको छ। शान्तिमय ढंगमा आज समितिले ड़ाकेको एकदिवसीय पहाड़ बन्द सफल भएको छ भने अवधि कुनै प्रकारको अप्रिय घटनाहरु घटेन। शहरमा शान्ति श्रंखला बनाइ राख्न पुलिस अनि सीआरपीएफका जवानहरु शहरको विभिन्न स्थानहरुमा तैनाथ रहेका थिए। अर्कोतिर मुख्यमन्त्री ममता व्येनरजीको कालेबुङ भ्रमणलाई केन्द्र गर्दै आज प्रशासनका उच्च अधिकारीहरुले शहरको निरिक्षण गरे। मुख्यमन्त्रीको भ्रमणलाई लिएर प्रशासनले शहरमा कड़ा सुरक्षा व्यवस्था मिलाएको छ।

0 comments: