Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Sept 2013

मुख्यमन्त्रीलाई ज्ञ्यापन चढ़ाउँदा संघबाट सचिव निष्कासित

कालेबुङ 4 सेप्टम्बर :
मुख्यमन्त्री ममता ब्येनरजीसंग भेट गरि संधको अनुमती बिनानै तामाङ समुदायको पक्षबाट ज्ञ्यापन पत्र चढ़ाएकोमा आज अखिल भारतीय तामाङ बौद्ध संघ कालेबुङ शाखाले संघका सचिव संजय मोक्तानलाई पदसाथै साधरण सदस्यताबाट पनि निष्कासित गरेको छ। संघका कालेबुङ शाखाका सचिव संजय मोक्तानले यहाँको मेला ग्राउण्डमा सम्पन्न लेप्चा समुदायको कार्यक्रम अवधि मुख्यमन्त्री ब्येनरजीसंग भेट गरि ज्ञ्यापन पत्र चढ़ाएका थिए। मोक्तानको उक्त कार्यले पहाड़को राजनीतिक माहौल तातिए पछि आज अखिल भारतीय तामाङ बौद्ध संघ कालेबुङ शाखाले एउटा सभाको आयोजना गरि मोक्तानलाई संघबाट निष्कासित गर्ने निर्णय लिएको हो। संघका कालेबुङ शाखा अद्यक्ष विमल जिम्बाको सभापतित्वमा सम्पन्न भएको आजको सभाले हालको राजनीतिक परिस्थितिलाई केन्द्र गर्दै विभिन्न प्रकारको प्रस्तावहरु पनि पारित गरेको छ। संघको आजको बैठकले दिर्घदिन देखि चलिरहेको छुट्टै राज्यको आन्दोलनलाई सहयोग पुर्याउने अनि संघका सचिव संजय मोक्तानले मुख्यमन्त्रीसंग भेट गरि ज्ञ्यापन पत्र चढ़ाएकोमा खेद प्रकट गर्दै तिनलाई संघबाट निष्कासित गर्ने निर्णय निएको एउटा विज्ञ्याप्ती मार्फत जारी गरेको छ।

0 comments: