Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Sept 2013

जेएसटीओ अनि विमोको बैठक पछि स्कूल शुरु हुने सम्भावना

कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): पार्टी प्रमुख विमल गुरुङले आगमी 13 सेप्टम्बरदेखि शैक्षिक संस्थानहरुलाई बन्दबाट छुटदिने निर्णय लिए पछि विद्यार्थी मोर्चाले शिक्षक संगठनहरुसंग बैठक गरि विध्यार्थीहरुको सुविधाको निम्ति पहल गर्ने भएको छ। विद्यार्थी मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष दिपेन थापा अनि सचिव समिर सुन्दासले आज एउटा पत्रकारसम्मेलनको आयोजना गरि संगठनको उक्त निर्णय बारे जानकारी गराएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै विमो नेता दिपेन थापाले बन्द अवधि शैक्षिक संस्थानहरुमात्र खुल्ला रहने हुनाले शिक्षकहरुले नै विध्यार्थीहरुको रहन-सहनको जिम्मेवार लिनु पर्ने बताएका छन्। तिनले अझ भने पार्टीले ड़ाकेको बन्दलाई थप प्रभावशाली बनाउन अब विध्यार्थी अनि युवा मोर्चा कार्यकर्ताहरु पिकेटीङको निम्ति सड़कमा निसक्ने जनाए। शैक्षिक संस्थानहरु खुल्ला रहे तापनि विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरुको वहानहरु भने सड़कमा गुड़न नपाउने तिनको भनाइ छ। यता , सचिव समिर सुन्दासले पनि यही कुरा दोह्राएका छन्। तिनले पनि बन्द अवधि वहानहरुको चल-चल पुर्णरुपले ठप्प हुने बताए। यातायात सेवा अनि दोकान-पाट बन्द गरि शैक्षिक संस्थानहरुमात्र  खुल्ला राख्दा विध्यार्थीहरुलाई नै समस्या पर्ने कुरा जनाउँदा विमो नेताहरुले यो विषय लिएर शिक्षक संगठनहरु संग बैठक गर्ने जनाएका छन्।

0 comments: